समाचार

शिव शक्ति क्याम्पसमा टुवराज अध्यक्ष

पोखरा, ३० कात्तिक । शिव शक्ति क्याम्पस, फूलबारीको शनिबार १७ औं क्याम्पस सभा तथा सातौं अधिवेशनबाट सञ्चालक समिति अध्यक्षमा टुवराज बास्तोला ‘विशाल’ निर्वाचित भएका छन् । समाजसेवी, शिक्षासेवी एवं पूर्व बैंकर हुन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । १५ सदस्यीय सञ्चालक समिति सदस्यमा रवीन्द्रनाथ बास्तोला, विश्वराज बास्तोला, रमेशराज बास्तोला, सरस्वती भण्डारी, डा. तुलसी प्रभास खनाल र गणेशबहादुर कार्की छन् । सदस्यसचिवमा क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मी, प्राध्यापकतर्फबाट सदस्यमा लीलावती पनेरु र सूर्यप्रसाद घिमिरे चयन भए । पदेनसदस्यमा वडाध्यक्ष… पुरा पढौ

कांग्रेस गण्डकीले भन्याे : नियमित महाधिवेसन नहुने हाे भने मंंसिर भित्रै विशेष महाधिवेसन

काठमाडौँ — स्थानीयदेखि केन्द्रीय तहसम्मको पदावधि सकिन लागेका बेला नेपाली कांग्रेसले नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने विषयमा महिनौंदेखि निर्णय गर्न नसक्दा पार्टीभित्र निराशा र अलमल बढेको कार्यकर्ताहरूले बताएका छन्। करिब एक महिनादेखि जारी केन्द्रीय कार्यसमितिको बैठक निष्कर्षविहीन बन्दै जाँदा संगठन तल्लो तहसम्म प्रभावित भएको नेपाली कांग्रेस गण्डकीले निश्कर्ष निकालेकाे छ । कांग्भेरेस गण्डकीकाे आजकने भेलामा सहभागीहरूले कांग्रेसले अब ढिलाइ र अलमलबाट बाहिरिनुपर्ने, स्पष्ट दृष्टिकोणसहित निर्भीक रूपमा अगाडि बढ्नुपर्ने र संगठनलाई नयाँ ऊर्जा दिएर आगामी आमनिर्वाचनतर्फ अघि धपाउनुपर्ने आवश्यकता जोड… पुरा पढौ

सयपत्री सहकारीको १६ औं वार्षिकोत्सव

सयपत्री सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं वार्षिकोत्सव मनाएको छ । विभिन्न सामाजिक उत्तरदायित्व पूरा गर्दै आएको सहकारीले उत्कृष्ठ कारोबार गर्ने, एसईइमा उत्कृष्ठ अंक ल्याउने सेयर सदस्यका छोराछोरीलाई सम्मान तथा सहकारी प्रशिक्षण दिँदै नियमित वार्षिकोत्सव सम्पन्न गरेको सहकारीले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले सयपत्री सहकारीले सामाजिक कार्यमा देखाएको अग्रसरता सकारात्मक भएको बताएका थिए । उनले संस्थागत गतिशीलताको प्रशंसा गर्दै सहकारी क्षेत्रको विकासमा रचनात्मक गतिविधिले प्रेरणादायी भूमिका खेल्ने बताए । उनले… पुरा पढौ

दशनामी समाज कास्कीको साधारण सभा सम्पन्न

पोखरा, कात्तिक २९ नेपाल दशनामी समाज जिल्ला कार्यसमिति कास्कीले १२ औँ वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।साधारण सभाको उद्घाटन नेपाल दशनामी समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा गिरीले गरे । उनले साधारण सभाको उद्घाटनपछि बोल्दै दशनामी समाजको हकहितका लागि सबै एकताबद्ध भएर अगाडी बढनुपर्नेमा जोड दिए । उनले दशनामी समाजका लागि हुने सकरात्मक कार्यलाई सबैले साथ दिनुपर्ने बताउदै अब हुने केन्द्रीय महाधिवेशनबाट कास्कीले नेतृत्व लिनका पहल गर्नुपर्नेमा जोड दिए । उनले महाधिवेशन पोखरामा गर्न कास्कीले निर्णय गर्नसके नेतृत्वका… पुरा पढौ

यथास्थितिमा चुनाव भए मतदान स्थल युद्द मैदान बन्छ : अधिकारी

सन्देश श्रेष्ठपोखरा, कात्तिक २९ नेकपा एमालेका नेता खगराज अधिकारीले फागुन २१ मा चुनाव हुन्छ भन्ने भ्रममा आफ्नो पार्टी नरहेको बताएका छन् । जिल्ला कमिटी कास्कीले शनिबार पोखरामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले फागुन २१ मा चुनाव नहुने बताए । चुनाव कसरी हुन्छ ? भन्ने प्रश्न गर्दै उनले भने,‘जेनजी आन्दोलनका बेला पुलिसका लुटिएका हतियार फिर्ता भएका छैनन् । विभिन्न अपराधमा जेलमा रहेका कैदीबन्दीहरु फरार छन् । यस्तो अवस्थामा कसरी चुनाव हुन्छ ? । नेता अधिकारीले यथास्थितिमा चुनाव गरे मतदान स्थल… पुरा पढौ

ओम सहकारीको साधारण सभा सम्पन्न

पोखरा महानगरपालिका वडा नं. २ मिरुवामा रहेको ओेम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाका अवसरमा सहकारीले जेष्ठ नागरिक लक्ष्मीदेवी पराजुली, दशजोड दुईमा उत्कृष्ट ग्रेड ल्याउने फिरोज पहारी, भुमिका अधिकारी र उत्कृष्ट कारोवारी होमलाल विकलाई प्रमुख अतिथि सहकारीका पुर्व अध्यक्ष विष्णुप्रसाद अधिकारी र अध्यक्ष रामविक्रम राणाले सम्मान गरे । सभाको उद्घाटन गर्दै सहकारीका पुर्व अध्यक्ष अधिकारीले पोखराको पुरानो सहकारीले आफ्नो गरिमालाई थप उचो बनाई सेवा बिस्तारमा लाग्नु पर्ने बताए ।… पुरा पढौ

न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम

लायन्स क्लब अफ पोखरा सिमलचौतारीद्वारा आयोजित वार्षिक पिस पोस्टर प्रतियोगितामा न्यु मोडेल सेकेन्डरी स्कुल, नागढुंगाकी छात्रा सुसम रानाभाटले प्रथम स्थान हासिल गरेकी छन् । विश्वव्यापी शान्ति र सहअस्तित्वको सन्देश फैलाउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा पोखराका १५ वटा विद्यालयका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । आयोजकका अनुसार, विद्यार्थीहरूले शान्तिका विभिन्न आयामहरूलाई आआफ्नो सृजनात्मक शैलीमा प्रस्तुत गरेका थिए । लायन्स क्लब अफ पोखरा सिमलचौतारीका अध्यक्ष तथा विद्यालयका सहप्राचार्य पदम वस्ताकोटीले यस वर्षको शान्ति पोस्टर प्रतियोगिता ‘सँगसँगै मिलेर एक हौँ’ भन्ने मूल… पुरा पढौ

लोक साहित्य परिषदद्वारा अमात्य र बज्राचार्य पोखरामा सम्मानित

लोक साहित्य परिषद ललितपुरले पोखराका अग्रज पत्रकार उदय बहादुर अमात्यलाई सम्मान गरेको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले स्थापना गरेका परिषदले भाषा, कला, साहित्य र संस्कृतिमा पत्रकारीताको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै अग्रज पत्रकार अमात्यलाई सम्मान गरेको हो । परिषदले शनिबार पोखरामा आयोजना गरेको सम्मान तथा साहित्य सम्मेलनमा प्रमुख अतिथि नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले अमात्यलाई सम्मानपत्र सहित दोसल्लाले सम्मान गरेका हुन् । सोहि कार्यक्रममा संस्कृतिविद् डा चन्द्रा बज्राचार्यलाई पनि सम्मान गरिएको छ ।भाषा, कला, साहित्य तथा संस्कृतिको… पुरा पढौ

एभरेस्ट एफएमको रक्तदान मंसिर ६ गते, सचेतना अभियान जारी

पोखरा, कात्तिक २९ पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा यहि मंसिर ६ गते रक्तदान कार्यक्रम आयोजना हुँदैछ । रक्तदान कार्यक्रम एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा हुनेछ । सो दिन विहान ७ बजेदेखि १२ बजेसम्म रक्तदान कार्यक्रम हुने जनाइएको छ । हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गर्दै आएको रक्तदान कार्यक्रम अन्तर्गत ‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ… पुरा पढौ

देशको मुहार फेर्न युवा पुस्ताको हस्तक्षेप आवश्यक ः मन्त्री पुन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पुराना राजनीतिक दलका नेताहरूले नै भ्रष्टाचार र घुसखोरीतन्त्रलाई मलजल गरेको आरोप लगाएका छन् । गणतन्त्र स्थापनापछि पनि भ्रष्टाचार र घुसखोरी अन्त्य नहुनुमा पुराना दलहरुको हात रहेको बताउँदै, उनले देशलाई समृद्धशाली बनाउनका लागि नयाँ पुस्ताका नेताहरू राजनीतिमा आउनुपर्नेमा जोड दिए। मन्त्री पुनले आज सामाजिक सञ्जालमा लेखेका छन्, पुराना पुस्ताका नेताहरूले गणतन्त्रमा भ्रष्टचारतन्त्र र घुसखोरीतन्त्र घुसाएर नेपाललाई आर्थिक रूपमा समृद्धशाली देश बनाउने ढंग पटक्कै ल्याएनन्।’ उनले देशको मुहार फेर्न युवा पुस्ताको हस्तक्षेप अपरिहार्य रहेको भन्दै… पुरा पढौ