समाचार

तपाँई कुवेतमा हुनुहुन्छ ? त्यहाँको सरकारले भिसासम्बन्धी नयाँ नियम ल्यायो

कुवेत सरकारले भिसासम्बन्धी नयाँ नियम जारी गरेको छ। कुवेतको मन्त्रीमण्डलको निर्णयअनुसार त्यहाँको आन्तरिक मन्त्रालयले भिसासम्बन्धी नयाँ नियममा जारी गरेको हो। मन्त्रालयले जारी गरेको नयाँ नियममा आवासीय र प्रवेश भिसासम्बन्धी नयाँ नियम तोकेको हो। जारी नयाँ नियमअनुसार आवासीय भिसा भएकाहरुको हकमा भिसा सकिएकाले नोभेम्बर ३१ भित्र नविकरण गर्नुपर्ने र भिसा नविकरण नगरे कुवेत छाड्नुपर्ने हुन्छ। आवासीय भिसा पाएर कुवेत पुगेका श्रमिकहरुले आफ्नो भिसा नवीकरण गर्न सक्ने त्यहाँको नयाँ नियममा उल्लेख छ । ३१ नोभेम्बरभित्र आवासीय भिसा नविकरण नगरिए स्वदेश फर्कनुपर्ने हुन्छ।… पुरा पढौ

नेपालले मार्च र जुनमा विश्वकप छनोट अन्तर्गतको बाँकी खेल खेल्नेछ – एएफसी

नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरण अन्तर्गतका बाँकी खेलहरु सन् २०२१ को जुन महिनाभित्र सक्नेछ। एसियन फुटबल कन्फेडेरेसन एएफसीले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सकिने जनाएको हो। एएफसीको प्रतियोगिता समितिको भर्चुअल बैठकले विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेल जुन १५ भित्र सक्ने निर्णय गरेको हो। कोरोना भाइरसको महामारीको कारण यसअघि अक्टोबर र नोभेम्बरमा तय गरिएका छनोटका खेलहरु स्थगित गरिएको थियो। छनोट अन्तर्गत बाँकी रहेको खेल मार्च र… पुरा पढौ

कोभिड उपचारमा ४ महिनामा ७ अर्ब खर्च

पछिल्लो ४ महिनामा मात्र कोरोना संक्रमणको जोखिम न्यूनिकरण तथा उपचार व्यवस्थापनमा करिब ७ अर्ब खर्च भएको समाचार छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको पछिल्ला ४ महिनामा ६ अर्ब ८१ करोड ५९ लाख रुपैयाँ खर्च भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यवस्थापन कन्ट्याक्ट ट्रेसिङ, जोखिम भत्ताका लागि १ अर्ब १४ करोड २९ लाख ६ हजार निकासा भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्। उनले सरकारले कोरोनाको परीक्षण र उपचार निशुल्क गर्ने निणर्य गरेको… पुरा पढौ

विश्वमै कोरोना भाइरसबाट सबैभन्दा बढि अमेरिका प्रभावित

कोरोना भाइरसको संक्रमणबाट विश्वमै सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा दैनिक संक्रमण पनि सबैभन्दा बढी छ। विगत केहि साता अघिदेखि अमेरिकामा संक्रमण विगतको तुलनामा व्यापक रुपमा बढेको छ।अमेरिकामा एकैदिनमा करिब १ लाख भन्दा बढिको संख्यामा कोरोना भाइरसका नयाँ संक्रमित थपिने गरेका छन्। बुधबार मात्रै अमेरिकामा एकैदिन १ लाख २६ हजार भन्दा बढिलाई कोरोना संक्रमण भएको समाचार छ। अमेरिकामा भएको राष्ट्रपति निर्वाचनको दौरान भएका प्रचार प्रसार लगायतका सार्वजनिक कार्यक्रमहरुले पनि संक्रमण बढाएको अनुमान गरिएको छ। अमेरिकामा हालसम्म संक्रमित हुनेको संख्या १ करोड… पुरा पढौ

ट्रकसंग ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

कार्तिक २७ काठमाण्डौ । काठमाण्डौंको कलंकीमा आज बिहान भएको दुर्घटनमा तीन जनाको मृत्यु भएको छ । कलंकीस्थित मकालु पेट्रोल पम्प नजिकै पार्किङमा राखिएको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिँदा सवार तीन जनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रक तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । पुरा पढौ

गण्डकी प्रदेश उप–सभामुख शर्मालाई कोरोना संक्रमण

गण्डकी प्रदेश उपसभामुख सिर्जना शर्मालाई कोरोना संक्रमण भएको छ । शर्मालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार स्वाब दिएकी उनको बुधबार कोरोना पोजिटिभ रिपोर्ट आएको शर्माको सचिवालयले जनाएको छ । शर्मा हाल होम आईसोलेसनमा रहेकी छन् । स्वास्थ्य अवस्था सामान्य रहेको शर्माको सचिवालयले बताएको छ । पुरा पढौ

कांग्रेस केन्द्रिय कार्यसमिति बैठक फेरि स्थगित

कार्तिक २६ काठमाण्डौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकोको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भोली बस्ने भनिएको बैठक एक दिन पर सरेको छ । यसअघि बिहीबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक शुक्रबार १ बजे बस्ने गरि स्थगित भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । पार्टीभित्रको आन्तरिक विवादका कारण डेढ महिनादेखि कांग्रेसको केन्द्रीय कार्यसमिति पटक–पटक स्थगित हुँदै आएको छ । आइतबार विवाद समाधानका लागि पदाधिकारी र पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठकले सहमति जुटाए पनि केन्द्रीय… पुरा पढौ

पूर्वराज्यमन्त्री गौचनको निधन

कार्तिक २६ बागलुङ । पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको बुधबार निधन भएको छ । पूर्व स्वास्थ्य राज्यमन्त्री गौचनको ८५ वर्षको उमेरमा निधन भएको पारीवारिक स्रोतले जानकारी दिएको छ । वि.सं १९९२ मा बागलुङ नगरपालिका–३ नारायणचोकमा जन्मिएका गौचनको राजधानीस्थित दीर्घायु अस्पतालमा बुधबार निधन भएको हो । वि.सं २०२४ मा बागलुङ जिल्लाबाट राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएका उनले २०४३ मा स्वास्थ्य राज्यमन्त्री जिम्मेवारी सम्हालेका थिए । यस्तै उनी वि.सं २०४८ को चुनावमा नेपाली काङ्ग्रेसका तर्फबाट बागलुङ क्षेत्र नं ३ को सांसदमा निर्वाचित भएका थिए… पुरा पढौ

विकास आयोजना हेर्दै ,जनता भेट्दै सांसद विद्या भट्टराई

प्रतिनिधिसभा सदस्य बिद्या भट्टराईको कास्की निर्बाचन क्षेत्र-२ मा संचालित विभिन्न बिकास आयोजनाहरुको निरीक्षण कार्य जारी रहेको छ । भट्टराईले आफ्नो निर्बाचान क्षेत्रमा संघीय ,प्रदेश तथा स्थानिय सरकारबाट संचालित आयोजनाको अनुगमन गरेकी हुन । सो क्रममा भट्टराईले संचालित योजनाका कार्यप्रगति र गुणस्तरको अनुगमन गर्दै स्थानिय अगुवा ,समाजसेवि ,उपभोक्ता र जनताहरुसंग साक्षात्कार समेत गरेकी छ्न। यसैबिच उनले बुधबार पोखरा ३३ भरत पोखरि पुगेर निर्माणाधीन चिसापानी, सिँगारेबास, टक्सार सडकको अबलोकन गरेकी छन। उक्त सडक अन्तर्गत गैह्रागाउ जामुनावोट सडक खण्ड संघिय सरकारको दुइ करोडको… पुरा पढौ

विवाद भएपनि पार्टी फुट्दैन : प्रधानमन्त्री ओली

कात्तिक २६ सङ्खुवासभा । पार्टीमा विवाद भएपनि पार्टी नफुट्ने प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेका छन् । आज सङ्खुवासभाको किमाथाङ्का नाका, सीमा सुरक्षा पोस्ट (बीओपी) र बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको निरीक्षणका क्रममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । नेकपाका अध्यक्ष समेत रहेका ओलीले पार्टी साना–साना टुक्रा मिलेर बनेकाले तत्काल नफुट्ने दावी गरे । उनले नागरिकको जनमतद्वारा आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री भएकाले कसैले रहर गर्दैमा प्रधानमन्त्री र सरकार परिवर्तन नहुने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले सडक… पुरा पढौ