समाचार

कोभिडबाट कास्की र नवलपुरका थप ३ जनाको मृत्यु

कार्तिक १६ पोखरा । गण्डकी प्रदेशका दुई जिल्लाका तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।संक्रमणका कारण नवलपरासी वर्दघाट सुस्ता पुर्वका २ जना र कास्कीका एक जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ । निर्देशनालयका अनुसार नवलपुरमा होम आइसोलेसनमा बसेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा कावासोती–६, का ६७ वर्षीय पुरुष र सोही जिल्लाको गैडाकोट–२ की ७७ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले विज्ञप्ती मार्फत जनाएको छ । यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका–३ का ४७… पुरा पढौ

कास्कीमा मात्रै एक सय भन्दा बढी कोरोना संक्रमित थपिए

कास्कीमा मात्रै आइतबार एक सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको छुट्टाछुट्टै पाँचवटा प्रेस विज्ञप्तिमार्फत कास्कीको एक सय एक जनामा कोरोना पुष्टि भएको जनाएको हो । स्वास्थ्य निर्देशनलायले आइतबार बिहान ७ बजे जारी गरेको विज्ञप्तिमा ६ जना, सवा ७ बजेको विज्ञप्तिमा ३१ जना, साढे सात बजेको विज्ञप्तिमा २९ जना र पौने ८ बजेको विज्ञप्तिमा १४ जना र ८ बजेको विज्ञप्तिमा १ जनामा कोरोना पुष्टि भएको उल्लेख गरेको छ । पुरा पढौ

कोभिड–१९ का कारण कास्कीमा थप १ जनाको मृत्यु

कोभिड–१९ का कारण कास्की जिल्लामा थप एक जनाको मृत्यु भएको छ। कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नं ३ का ४७ वर्षीय पुरुषको शनिबार राति साढे ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको उपचार केन्द्रमा मृत्यु भएको अस्पतालका सहप्राध्यापक डा अर्जुन आचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। कार्तिकको गत ४ गते उनमा कोभिड–१९ पुष्टि भएपछि उनलाई उपचार केन्द्रको आइसीयुमा भर्ना गरिएको थियो। उनमा कोभिड–१९ र निमोनिया लगायतको स्वास्थ्य समस्या रहेको विज्ञप्तिमा जनाइएको छ। प्रतिष्ठानको उपचार केन्द्रमा कोभिड–१९ कारण मृत्यु… पुरा पढौ

यो साता विदेशमा ९ सय ६३ नेपालीमा कोरोना संक्रमण

कोरोना भाइरसले विश्वव्यापी दोस्रो दोस्रो पटक महामारीको रुप लिएपछि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९ सय ६३ नेपालीलाई कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये ४ सय ५० जना रोमानियामा रहेका नेपाली छन्। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका हुन्। यद्यपि, यो साता विदेशमा कुनैपनि नेपालीले कोरोना भाइरसका कारण… पुरा पढौ

तनहुँमा कौडा खेल्ने १६ जुवाडेहरु पक्राउ

तनहुँको भानु नगरपालिका–१० चोकमैदान हानहटियाबाट कौडा खेल्ने १६ जना जुवाडेहरु पक्राउ परेका छन् । कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले शनिबार १६ जना जुवाडेहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय अर्जुन उप्रेती, रामबहादुर परियार, सुनिल तामाङ, रमेश लौडारी, कमल तामाङ, शिवजी श्रेष्ठ, रामकुमार श्रेष्ठ, भरत लौडारी, मखनकुमार श्रेष्ठ, सञ्जय श्रेष्ठ, हेमराज लौडारी, सूर्यकुमार श्रेष्ठ, शंकर पाण्डे, शिव पन्त, उद्धव उप्रेती, गजेन्द्र लौडारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । प्रहरीले जुवा खालबाट ४८… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ५ सय ४ पुग्यो

गण्डकी प्रदेशमा ७ हजार ५ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान आठ बजे जारी गरेको विज्ञप्तिमा यस प्रदेशमा थप नयाँ २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । प्रदेशको नवपरासी (ब.सु.पू.) मा १५, कास्कीमा १, लमजुङमा १, गोरखामा ५, तनहुँमा ३ जनामा कोरोना पुष्टि भएको हो। यसअघि, स्वास्थ्य निर्देशनालयले विहान पौने आठ बजे जारी गरेको विज्ञप्तिमा प्रदेशमा ५२ जना कोरोना संक्रमित थपिएको जनाएको थियो । अघिल्लो विज्ञप्तिमा जनाइए अनुसार क्षयरोग उपचार… पुरा पढौ

कर्णालीका मुख्यमन्त्री शाहीले ओली पक्षलाई हटाएर नया मन्त्री थप्दै

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्री परिषद हेरफेर गर्ने तयारी गरेका छन् । आफूबिरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि रुष्ट रहेका उनले ओली पक्षका २ मन्त्रीलाई हटाएर ३ मन्त्री थप्ने तयारी गरेको श्रोतले बताएको छ । नेकपा भित्रको शक्ति संघर्ष र कर्णाली प्रदेशमा देखिएको विवाद उत्कर्षतर्फ जाँदै गर्दा शाहीले ओली पक्षीय मन्त्रीलाई हटाएर नेपाल पक्षका मन्त्री थप्ने तयारी गरेका हुन् । सम्भवतः आज नै उनले मन्त्री परिषद पुर्नगठन गर्नेछन् । मुख्यमन्त्री शाहीले ओली पक्षीका सामाजिक विकास मन्त्री दल रावल र उद्योग,… पुरा पढौ

कोरोनाका कारण गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु

कोरोनाका कारण गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले पछिल्लो समय जारी गरेको विज्ञप्तिमा जनाएअनुसार मृत्यु हुने दुबै जना नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुन् । मृत्यु हुनेमा कावासोती–६, का ६७ वर्षीय पुरुष र सोही जिल्लाको गैडाकोट–२ की ७७ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको पछिल्लो समयको अध्यावधिक सहितको विज्ञप्तिमा जनाइएको छ । निजहरुको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानिमा घर–परिवारले नै दाहसंस्कार गरेको जानकारी स्वास्थ्य कार्यालय प्रमुखबाट जानकारी प्राप्त भएको छ। यससँगै गण्डकी प्रदेशमा… पुरा पढौ

कोभिड–१९ का कारण पोखराकी एक महिलाको मृत्यु

कोभिड–१९ का कारण पोखरामा थप एक जनाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सहप्राध्यापक डा अर्जुन आचार्यले जारी गरेको विज्ञप्तिमा पोखरा–९ की ६२ वर्षीया महिलाको शनिबार मृत्यु भएको हो। उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ को उपचार केन्द्रमा मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ। उनलाई कोभिड–१९ को विरामी भई उनलाई बिहीबार अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो । उनमा कोभिड–१९, निमोनिया र मधुमेह लगायतको स्वास्थ्य समस्या रहेको विज्ञप्तिमा जनाइएको छ । पुरा पढौ

पोखरामा प्याराग्लाइडिङ बिस्थापित भए पर्यटन क्षेत्रमा असर पर्छ : सांसद बराल

कार्तिक १५ पोखरा । गण्डकी प्रदेशका सांसद रामजी प्रसाद बराल (जीवन) ले पोखराबाट सहासिक खेल प्याराग्लाईडिङ विस्थापित भए पोखरा क्षेत्रको पर्यटन व्यवसायमा ठुलो असर पर्ने बताएका छन् । शनिबार पोखरामा प्याराग्लाईडिङ गरे पश्चात सांसद बरालले प्याराग्लाईडिङ पोखरा क्षेत्रको ब्राण्ड नै भएको र पर्यटकहरुको पहिलो रोजाईको सहासिक खेल प्याराग्लाईडिङ भएकोले यसलाई बचाई राख्न नसके यसबाट पोखरा र पोखरा आसपासको पर्यटन क्षेत्रमा ठुलो असर पर्ने बताएका हुन् । पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माण भएसंगै प्याराग्लाइडिङ व्यवसाय विस्थापित हुने भनिएकोले गर्दा धेरै जना… पुरा पढौ