समाचार

लौसिवोट समाज युके, लौसिवोट समाज हङकङ र चेलीवेटीद्धारा लौसिवोटमा राहत वितरण

लौसिवोट समाज युके लौसिवोट समाज हङकङ र चेलीवेटीद्धारा पर्वतको मोदी गाउपालिका १ लौसीबोटका अति विपन्न ८८ घर परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण लौसिवोट गाउमा रहि दैनिक ज्याला मजदुरी गर्ने अतिविपन्न परिवारलाई लौसिबोट समाज युके, लौसिवोट समाज हङकङ र चेलीबेटीद्धारा आर्थिक सहयोग जुटाइ लौसिवोटमा राहत स्वरुप हालै राहत वितरण गरिएको हो । लौसिवोट समाज युकेका संयोजक मेजर खुसिमान गुरुङ र लौसिवोट समाज हङकङका संयोजक लोकमान गुरुङ र चेलिवेटीबाट सङकलित राहत सामाजिक काममा अग्रणी… पुरा पढौ

यस वर्ष ‘हिले दशै’ हुने सम्भावना छैन – मौषमविद्

कार्तिक ८ पोखरा । मौषमविद्ले यस वर्ष विजया दशमीको दिन मौसम सफा हुने बताएका छन् । नेपालको पश्चिमी भागको आकास पुरै छ्याङ हुने हुँदा यस वर्षको हिले दशै हुने सम्भावना नरेको मौषमविद् शान्ति कँडेलले बताएकी हुन् । उनका अनुसार देशभर मौषम ‘डिस्टर्ब’ नरहेका कारण पानी पर्ने सम्भावना छैन् ।टिकाको दिन पूर्वी भागको आकाशमा अलिअलि बादल लाग्ने सम्भावना रहेको छ । प्रदेश १ को पहाडी भूभागमा क्षणिकरुपमा छिटफुट वर्षाको सम्भावना भए पनि त्यसले केही असर नपर्ने मौसमविदको पूर्वानुमान छ । यस्तै… पुरा पढौ

कर्णाली प्रदेशमा पनि कोरोना सङ्क्रमितको निःशुल्क उपचार हुने

कार्तिक ८ सुर्खेत । कोरोना भाइरस (कोभिड– १९) का लक्षण सहितका बिरामीको कर्णाली प्रदेश सरकारले निःशूल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।सङ्घीय सरकारले कोरोना सङ्क्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरिरहेका बेला शनिबार बसेको प्रदेश सरकारको बैठकले यस्तो निर्णय गरेको हो ।मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को बसेको बैठकले प्रदेशमा लक्षण सहितका सबै बिरामीको परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय भएको जनाइएको छ । पुरा पढौ

‘एस्ट्रोनोमी’ एण्ड ‘एस्ट्रोफिजिक्स’ मा नेपाललाई दुई अन्तर्राष्ट्रिय पदक

कार्तिक ८ पोखरा । हालै सम्पन्न ‘ग्लोबल ई–कम्पिटिशन अन ‘एस्ट्रोनोमी’ एण्ड ‘एस्ट्रोफिजिक्स’ मा नेपालले दुई वटा ‘अनरेबल मेन्सन अवार्ड’ जितेको छ ।व्यक्तिगत तथा सामूहिक विधामा सञ्चालित प्रतियोगितामा नेपालले व्यक्तिगततर्फ दुई अवार्ड हात पारेको हो । प्रतियोगितामा नेपाललगायत ४० देशका व्यक्तिगततर्फ २७९ तथा सामूहिकतर्फ १५४ बढीले भाग लिएका थिए ।सातौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडबाट छनोट भएका १४ विद्यार्थीलाई नेपालबाट प्रतियोगितामा सहभागी गराइएको थियो ।प्रतियोगितामा नेपालका लागि सेन्ट जेभियर्स कलेज माइतीघरका राहुल रञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर कोटेश्वरका अंशुराज सेढाईले… पुरा पढौ

ढिस्कोले पुरिएर २ जनाको मृत्यु

कार्तिक ८ जाजरकोट । जाजरकोटमा सुख्खा पहिरो जाँदा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।जिल्लाको छेडागाड नगरपालिका–३ को दशेरा जाजरकोट अस्पताल डाँडामा खसेको सुख्खा पहिरोका कारण ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु भएको हो । घट्नामा दुई जना घाइते भएका छन् ।घटनामा ज्यान गुमाउनेमा छेडागाड ३ चुवाकी ३० वर्षीया शितला जैसी, १६ वर्षिया आरती दाहाल रहेका छन् । त्यस्तै घटनामा घाइते हुनेमा २४ वर्षीया सरिता जैसी र छेडागाड ४ जेवाकी धनसरी चनारा रहेका छन् । पुरा पढौ

दुई हजार २२५ मा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा दुई हजार २२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तेह्र हजार ८४६ नमूना परीक्षण गर्दा एक हजार ४४६ पुरुष र ७७९ महिलामा सङ्क्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ६८१ पुरुष र ४२९ महिला गरी एक हजार ११० सङ्क्रमित थपिएका छन् । प्रदेश नं १ मा २२२, प्रदेश नं २ मा ८४, वाग्मतीमा एक हजार २१७, गण्डकीमा १४५, लुम्बिनीमा ३७३, कर्णालीमा ४२ र सुदूरपश्चिममा १४२ नयाँ सङ्क्रमित फेला परेका छन् । यससँगै… पुरा पढौ

मन्त्री भुसाल

उद्योग ब्यापार सङ्गठन रुपन्देहीको भवन शिलान्यास कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल । तस्बिर ः नरेश केसी÷रासस पुरा पढौ

गण्डकीमा छ हजार ४५९ सङ्क्रमित

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४५९ पुगेको छ । अद्यावधिक विवरण अनुसार आज मात्रै प्रदेशमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५९ जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४७७ पुगेको छ । प्रदेशमा तीन हजार ८१५ जना कोरोना सङ्क्रमित निको भएको निर्देशनालयले जनाएको छ । रासस पुरा पढौ

बलात्कार प्रयासका अभियुक्त पक्राउ

बलात्कार प्रयास गरेका आरोपमा महदेवा गाउँपालिका–३ बलिया बथनाहाका दुई जना पक्राउ परेका छन् । अभियुक्तमा ५२ वर्षीय र ४८ वर्षीय छन् ।इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार आरोपितले एक्लै देखेर पछाडिबाट समाती गत असोज ३० गते बिहान बलात्कार प्रयास गरेको आरोप लगाउँदै पीडितले मङ्गलबार इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजूरी दिएकी थिइन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार नै स्वास्थ्य परीक्षण भएको छ ।प्रातःभ्रमणमा निस्किएका बेला घरदेखि तीन सय मिटर उत्तर परालको टाल भएको बारीमा… पुरा पढौ

दशैंमा पनि ब्यापार खस्किएपछि पोखरेली ब्यबसायी निराश

पोखरा पन्थी गल्लीमा फेन्सीको होलसेल ब्यापार गर्ने जीवन सिग्देलले अघिल्लो वर्षका दशैं नजिकका दिनहरुमा दैनिक ३ लाख भन्दा बढीको ब्यापार गर्थे । प्रत्येक दिन विहान ७ बजेदेखि राती ८ बजेसम्म कपडा किन्नेको भीड हुन्थ्यो । त्यसबेला समान देखाउन र किनेका सामान प्याकिङ गर्न उनलाई भ्याईनभ्याई हुन्थ्यो । त्यहि भएर उनले दशैंको बेलामा थप काम गर्ने कामदार थप्थे । तर उनलाई यस वर्ष अघिल्ला वर्षका दिनहरुमा झैं भ्याईनभ्याई छैन । पसल त अघिल्ला वर्षहरुमा झैं विहानदेखि नै खोल्छन् । तर ग्राहक… पुरा पढौ