समाचार

२० जनाले लिए वैवाहिक अङ्गीकृत नागरिकता

नयाँ संविधान जारी भएदेखि जिल्लामा हालसम्म २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट भारतीय महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरिएको हो ।सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारका अनुसार आर्थिक वर्ष २०७२÷२०७३ देखि २०७६÷२०७७ अङ्गीकृत नागरिकता दिइएको हो । वैवाहिक अङ्गीकृत नागरिकता लिनेमा आव २०७६÷२०७७ मा पाँच, २०७५÷२०७६ मा ६, २०७४÷२०७५ मा तीन, २०७३÷२०७४ दुई र २०७२÷२०७३ मा चार जना रहेको जिप्रकाले जनाएको छ ।संविधानमा वैवाहिक अङ्गीकृत र अङ्गीकृत गरी दुई प्रकारका अङ्गीकृत नागरिकता छ । एक… पुरा पढौ

असिनापीडित किसानलाई राहत

बागलुङको काठेखोला गाउँपालिकाले असिनापानीले अन्नबालीमा क्षति पुगेका किसानलाई विभिन्न सङ्घसंस्थाको सहयोगमा राहत उपलब्ध गराएको छ । गत वैशाख ८ गतेको भीषण असिनाबाट पीडित १६५ परिवारका लागि दशैँको समयमा राहत दिइएको हो । काठेखोला गाउँपालिका–२ भीमापोखराका किसानले बारीमा लगाएको मैकै, आलु, तरकारीलगायतका अन्नबाली असिनाले नष्ट गरेको थियो । गाउँपालिकाका अध्यक्ष अमर थापाले गाउँपालिका, भीमापोखरा वडा कार्यालय, बिबाइसी, सिम्रिक कृषि सहकारी, प्रगति बहुद्देश्यीय सहकारी तथा स्थानीयवासीको आर्थिक सहयोगमा दुई लाख ५० हजार ४५५ रुपैया बराबरको खाद्यान्न राहत उपलव्ध गराइएको बताउनुभयो । किसानलाई… पुरा पढौ

दशैँ मान्न आउनेमा कोरोना, जोखिममा गाउँ

दशैँ मनाउन भारतबाट आएका युवामा कोरोना सङ्क्रमण देखिएपछि बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा पर्यटकीय गाउँ पाँच दिनका लागि पालिकाको प्रवेश नाका बन्द गरिएको छ । समूहमा टीका लगाएका ती युवाले दशैंँको टीकाको केही दिन पहिला नै परीक्षणका लागि नमूना दिएका थिए । गाउँभरिका वृद्धवृद्धासमेत जम्मा भएर उनीलगायत सबै गाउँका युवालाई टीका लगाइदिएका थिए । स्वाब दिएर होम क्वारेन्टाइनमा बसेका ती युवा रिपोर्ट नआउँदै वडा कार्यालयलाई कुनै जानकारी नदिई आएकाले गाउँ नै सङ्क्रमणको जोखिममा परेको निष्कर्षसहित बन्द गरिएको धम्जाका वडाध्यक्ष यामबहादुर श्रीसले… पुरा पढौ

पोखरामा ७९सहित गण्डकीमा ९८ जना कोरोना संक्रमित थपिए

पोखरामा ७९ जनासहित गण्डकी प्रदेशमा आज ९८ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार गरिएको कोरोना परीक्षण पिसीआर टेस्टमा पोखरामा ७९ जना तथा नवलपुर, गोरखा र तनहुँमा १९ गरि कुल ९८ जना कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ११ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज दिउँसो १२ः१५ बजे सार्वजनिक गरेको विवरण अनुसार पोखरा १ मा… पुरा पढौ

अलपत्र किशोरीको उद्दार

म्याग्दीको धौवलागिरि गाउँपालिका–२ लुलाङमा अलपत्र अवस्थामा भेटिएकी एक किशोरीको उद्दार गरेर परिवारको जिम्मा लगाइएको छ । पाँच महिनादेखि सम्पर्कबिहीन मालिका गाउँपालिका–५ जुग्जाकी १४ वर्षीया जयन्ती गिरीलाई स्थानीय युवा क्लबले सोमबार लुलाङबाट उद्दार गरेर परिवारको जिम्मा लगाएका हुन् । गत असार महिनामा घरबाट निस्किएकी गिरी लुलाङमा अलपत्र अवस्थामा भएको सूचना पाएपछि देवीस्थान घरिथोकको सूर्यमुखी युवा क्लब र धवलागिरि गाउँपालिका–७ काफलडाँडाको देवीदेउराली युवा क्लबको टोलीले उद्दार गरेको हो । आमाको मृत्यु भएपछि परिवारमा बस्ने र पढ्ने वातावरण नभएका कारण विरक्तिएर घरबाट निस्किएकी… पुरा पढौ

शौचालयको अभावमा १७ वर्षीया किशोरी वलात्कृत

एकातिर शहर र राजमार्गमा सार्वजनिक शौचालय नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नुपरेको छ भने अर्कातिर ग्रामीण भेगमा किशोरीहरू बलात्कृत भइरहेका छन् ।सप्तरीमा शौच गर्न गएकी एक दलित किशोरी शनिबार राति बलात्कृत भएकी छिन् भने अर्की एक किशोरीमाथि बलात्कारको प्रयास भएको छ । घर नजिकैको बाँसघारीमा शौच गर्न गएकी दुवै किशोरीलाई तिरहुत गाउँपालिका–३ का दुई युवकले घरभन्दा करिब ४०० मिटर टाढा लगेर दुष्कार्य गरेको पीडितहरू बताएका छन् । दुईमध्ये १७ वर्षीया किशोरी बलात्कारबाट पीडित भएको र १९ वर्षीया किशोरीमाथि बलात्कार… पुरा पढौ

सोयाबिन उद्योगमा आगलागी

कैलालीको टीकापुर नगरपालिका–३ शंकरपुरस्थित सोयाबिन उद्योगमा आज बिहान आगलागी भएको छ । बलायर सोयाबिन उद्योगमा भएको आगलागीबाट करीब रु चार करोड क्षति भएको छ । बिहान करीब ४ बजेतिर विद्युत् चुहिई आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार गत वर्ष स्थापित उद्योगमा आगलागी हुँदा कारखानाका संरचना र गोदाममा क्षति पुगेको सञ्चालक मनीष बलायरले जानकारी दिनुभयो । आज बिहान ६ बजेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र टीकापुर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले… पुरा पढौ

पूर्व प्रमुखसचिव खनालको निधन

तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मङ्गलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिनुभयो ।मधुमेह र दमको बिरामी रहनुभएका खनाल घरमै उपचाररत हुनुहुन्थ्यो ।मदन पुरस्कारसमेत प्राप्त दिवंगत खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानूनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेख्नुभएको छ ।तनहुँमा… पुरा पढौ

१० करोडमा डुडुवा गाउँपालिकाको भवन बन्दै

बाँकेको डुडुवा गाउँपालिकाको कार्यालय भवन निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । गाउँपालिका केन्द्र रहेको वडा नं। ३ बनकट्टीस्थित २० कठ्ठा जग्गामा रु। १० करोड २२ लाख १६ हजारको लागतमा अत्याधुनिक कार्यालय भवन निर्माण भईरहेको छ । चार तल्ले भवनमा चार सय जना क्षमता भएको बहुउद्देश्यीय सभाहल, सानो सभाकक्ष, ३२ वटा कोठा, स्टोर कोठा, शौचालय, ठूला तथा साना सवारीका लागि पार्किङ्ग, खेल मैदान, सेवाग्राहीका लागि प्रतिक्षालय र लिफ्टसहितको भवन निर्माण भईरहेको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । उहाँका… पुरा पढौ

वडा भवन निर्माणमा तीव्रता

जिल्ला समन्वय समिति कास्कीको मौज्दात कोषबाट कास्कीका तीन गाउँपालिकाका १५ वटा वडा कार्यालय भवन धमाधम निर्माण भइरहेका छन् । समन्वय समिति र गाउँपालिकाकाको लागत साझेदारीमा मादी, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा वडाका भवन केही निर्माण सम्पन्न भएका छन् भने केही निर्माणाधीन रहेको जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “भवन नभएको ठाउँमा वडा भवन हाम्रो पहिलो प्राथमिकता हो । जिल्ला समन्वय समितिको मौज्दात कोषको रकमबाट गाउँपालिकासँग लागत साझेदारी गरेर जिल्लाभर १५ वटा वडा कार्यालयहरु निर्माण हुँदै गर्दा… पुरा पढौ