समाचार

कान्छी–२ को छायाङ्कन सम्पन्न

पोखरा, कात्तिक २१ पोखरेली गायक रोहनजंग कार्कीको ‘कान्छी २’ गीतको छायाङ्कन सकिएको छ । विराज गौतमको रचना, कम्पोज र एरेञ्ज तथा गायक कार्कीको स्वरमा रहेको सो गीतको छायाङ्कन पोखरा–२२ को पुम्दीभुम्दीस्थित कालाबाङ घरेडी, पुम्दीकोट लगायतका ठाउँमा गरिएको हो । गीतमा जीवन वाग्ले र स्नेहा पैंगी लामाले अभिनय गरेको गायक कार्कीले जानकारी दिए । विजय लोहारको परिकल्पना र निर्देशन रहेको भिडियोको सिनेमाटोग्राफीमा नवीन थापा, स्पट व्यवस्थापनमा राहुल बज्राचार्य, ड्रोनमा अभि, मेकअपमा विनिता गुरुङ र लाइटमा हरि पौडेलले साथ दिएको उनले बताए… पुरा पढौ

कांग्रेस महाधिवेशन बारे कास्की सभापती बराल भन्छन् : महाधिवेशन कहिले भन्दा पनि कांग्रेसले के नया दिनसक्छ ? मन्थन गरौं

सन्देश श्रेष्ठपोखरा, कात्तिक २१ नेपाली कांग्रेस कास्कीका सभापती किशोरदत्त बरालले महाधिवेशनको गलफत्ती भन्दा नीति तथा कार्यक्रममा केन्द्रीत हुन नेतृत्वलाई सुझाव दिएका छन् । कांग्रेसमा संस्थापन पक्ष नियमित महाधिवेशन हुनुपर्ने र त्यो महाधिवेशन चुनाव पछि गनुपर्नेमा उभिएको छ भने ईतर पक्ष चुनाव अघि नै विशेष महाधिवेशन गर्नुपर्ने आवाज उठाईरहेको छ । संस्थापन र ईतर पक्ष आ–आफ्नै अडानमा रहिरहेका बेला देशभरका कार्यकर्ता पनि विभाजित छन् । यसैबीच कांग्रेस कास्कीका सभापती बरालले पनि मुख खोलेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै… पुरा पढौ

चापाकोट आधारभुत विद्यालयमा न्यानो कपडा र स्टेशनरी सामाग्री प्रदान

शिशिर उजाडपोखरा पोखरा २३ चापाकोटमा रहेको चापाकोट आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहित स्टेशनरी र खे्लकुदका सामाग्री प्रदान गरिएको छ । पोखरामा सुनचाँदी व्यवसायमा संलग्न युवा उद्यमीको संस्था सुनौलो युवा उद्यमी संस्थाले तिहारमा देउँसी भैलो खेलेर संकलन गरेको रकमबाट त्यस विद्यालयका २७ जना विद्यार्थीलाई जाडोका लागि न्यानो कपडा सहित आवश्यक स्टेशनरी र खेलकुदका सामाग्री हस्तान्तरण गरिएको हो । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रमम वडाध्यक्ष रामकाजी गुरुङ, नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकीका अध्यक्ष चन्द्रकिशोर गौतम, नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीका अध्यक्ष भविन्द्र… पुरा पढौ

लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु

लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग१ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही पालिका–१ बागलुङपानीमा कृति तामाङको छोरी दुई वर्षीय नेरिमा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र क्षेत्रीले भने, “सो जिपको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि बेंसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल बेँसीसहरमा ल्याएको र उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको हो ।” प्रहरीले जिप चालक बेँसीसहर–९ का… पुरा पढौ

विन्ध्येश्वरी आदर्शमा अङ्ग्रेजी स्कील टेष्ट सम्पन्न

पोखराको मोहोरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा अङ्ग्रेजी स्कील टेष्ट कार्यक्रम सम्पन्न भएको छ । मावि तहका विद्यार्थी सहभागि कार्यक्रममा हरियो सदनबाट कक्षा १० मा अध्ययनरत छात्र श्रीष बुद्धाचार्य, कक्षा ९ मा अध्ययनरत छात्रा प्रिस्किला तामाङ र कक्षा ८ मा अध्ययनरत छात्रा मेहुली मन्ना प्रथम र रातो सदनबाट कक्षा १० मा अध्ययनरत छात्रा प्रशंशा कार्की, कक्षा ९ मा अध्ययनरत छात्र दिवस घिमिरे र कक्षा ८ मा अध्ययनरत छात्र विनायक गिरी द्वितीय भएका छन् ।उत्कृष्ट विद्यार्थीलाई विद्यालयका सह–प्राचार्य नीलकण्ठ पौडेलले पुरस्कार… पुरा पढौ

परिवार नियोजन संघको अभियान विन्ध्यवासिनी माविमा

नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । संघले किशोर किशोरी तथा युवालाई लक्षित गरी विद्यालय र कलेजमा अभियान संचालन गर्ने योजना अनुसार कार्यक्रम जारी राखेको सभापति नवीन सिग्देलले जानकारी दिए । कार्यक्रम पोखरा महानगरपालिका वडा नं २ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष प्रधानाङ्गले सम्वदेनशील उमेर समूह छनोट गरी कार्यक्रम संचालन गरिनु प्रशंसनीय भएको बताए… पुरा पढौ

सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु

सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्स आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट छपाइ शुभारम्भ गरे । सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइ सुरु गरिएको बताए । उनले भने,“वर्षांैदेखि सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेसिन यत्तिकै थन्किएका थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे थिए ।… पुरा पढौ

हुलाक सेवा विभागको द्रुत डाँक सेवा ४५ जिल्लामा, जेनजी आन्दोलनका क्रममा पोखरा निर्देशनालयमा करिब ६ करोडको क्षति

शिशिर उजाडपोखरा हुलाक सेवा विभागले देशका ४५ जिल्लामा द्रुत डाँक सेवा संचालन गरेको छ ।कास्की सहित ४५ जिल्लामा बिस्तार भएको सेवा विदेशमा भने ३९ वटा देशसँग मात्रै सम्झौंता गरी संचालनमा आएको छ । दु्रत डाँक सेवा संचालनका विषयमा हुलाक सेवा विभागले आज पोखरामा गरेको आयोजना गरेका अन्र्तक्रिया कार्यक्रममा सेवालाई थप विस्तार गरी प्रभावकारी बनाईने बताईएको छ । विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले जेनजी आन्दोलनका कारण सेवा प्रवाहमा केही समस्या भएको बताईन् । उनले हुलाक सेवाका कामलाई जन उत्तरदायी बनाउने योजनामा… पुरा पढौ

पोखरामा नव निर्मित भैरव मन्दिरमा भैरवाष्टमीको दिनदेखि दर्शन/पूजन शुभारम्भ हुने

पोखरा । पोखराको भैरबटोलमा नव निर्मित भैरव मन्दिरमा यही कार्तिक २६ गते (भैरवाष्टमीको दिन) दिउँसो २ बजेबाट दर्शन/पूजन शुभारम्भ हुने भएको छ ।मन्दिरमा श्री कालभैरवको प्रस्तर प्रतिमा स्थापना गरी तान्त्रिक विधिबाट प्राण प्रतिष्ठा सम्पन्न गरिनेछ । सोही अवसरमा भैरवाष्टमीको दिन भक्तजन, दाता तथा समुदायका सबैलाई दर्शन/पूजनमा सहभागी हुन समितिले आह्वान गरेको छ ।दर्शनार्थीहरूका लागि मन्दिर कार्तिक २७ गतेदेखि प्रत्येक दिन विहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म खुला रहनेछ ।भैरव साँस्कृतिक संरक्षण समितिले काठमाण्डौ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृतिको पोखरामा… पुरा पढौ

विप्लव समूहको काठमाण्डौंमा प्रदर्शन,जेन–जीका कारण निरंकुश सत्ता खरानी भयोः महासचिव विप्लव

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टी नेपालले जनप्रदर्शन सहितको जनसभा गरेको छ। सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले र्‍यालीसहित प्रदर्शन गरेको हो ।सभालाई सम्बोधन गर्दै महासचिव नेत्रविक्रम चन्द विप्लवले निरंकुश बन्दै गएको सत्तालाई जेन–जीको बलिदानले खरानी बनाइदिएको बताएका छन्। उनले जेन–जी पुस्ताले आफ्नो रगत दिएर निरंकुश सत्तालाई खरानी बनाएको बताएका हुन्। विप्लवले काठमाडौंको सडकबाट नवयुवाको रगत अझै आलै रहेको र जलाइएका संरचनाहरू जीर्ण बनेर उभिएको जिकिर गरे।प्रवक्ता खड्गबहादुर विश्वकर्मा ुप्रकाण्डले सामाजिक सञ्जालमाथि केपी ओली सरकारले प्रतिबन्ध लगाएर मूर्खतापूर्ण काम गरेको… पुरा पढौ