समाचार

नर्सको सेवा सुविधा तोक्न गठित कार्यदललाई थप एक महिना समय

नर्सलाई सरकारी सेवा सरह सुविधा तोक्नका लागि गठित कार्यदललाई थप एक महिना समयावधि थप गरिएको छ । सरकार र आन्दोलनरत समूहबीच भएको सहमतिअनुसार सो कार्यदललाई थप एक महिना समय दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।सहमतिअनुसार कार्यदलले नर्ससहित अन्य विषयको विस्तृत अध्ययन गरी समाधानका लागि ठोस कार्ययोजना तयार गर्न केही समय लाग्ने भएकाले मङ्सिर १५ गतेसम्म म्याद थप्ने निर्णय भएको उनले बताए । “अहिले कार्यदलले सहमतिअनुसार नर्सको सेवा सुविधा दिनका लागि आफ्नो काम अगाडि बढाएको छ,” उनले… पुरा पढौ

गृहमन्त्री ओमप्रकाश अर्याललाई राजिनामा दिन सुधन गुरुङको सुझाव

जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई गम्भीर चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजीनामा नदिए दुई दिनभित्र भविष्य निर्धारण हुने बताएका हुन् ।उनले काम गर्न नसके पद छाड्ने बाचा यसअघि नै गरेको भए पनि अहिलेसम्म काम गर्न पनि नसकेको र कुर्सीमा टाँसिएर बसेको हुनाले चुनावमात्रै भनेर बस्ने अवस्था नभएको बताएका छन् । उनले यही अवस्थामा चुनाव हुन पनि नदिइने बताएका छन् । “०८४ को चुनाव ०८२ मा सार्नलाई गरिएका आन्दोलन होइन यो,” उनले लेखेका छन्,… पुरा पढौ

२८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

नेपाल सरकारले आज र भोलि भिटामिन ‘ए’ क्यापसुलसँगै जुकाको औषधि खुवाउने भएको छ। छ महिनादेखि ११ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुलसँगै जुकाको औषधि पनि खुवाईने छ । हरेक वर्ष कात्तिक २ र ३ तथा वैशाख ६ र ७ गते यो कार्यक्रम हुँदै आएको भएपनि यस वर्ष कात्तिक २ र ३ गते तिहार परेको हुदाँ कार्यक्रम सारिएको हो। जस अन्र्तगत आज देशभरका बिभिन्न ठाँउमा स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीले औषधि खुवाउने कार्य… पुरा पढौ

पोखरामा मनाईयो सक्की मिला (मना) पुन्ही पर्व

सन्देश श्रेष्ठपोखरा, कात्तिक २० पोखरामा नेवारी सांस्कृतिक पर्व सक्की मिला (मना) पुन्ही मनाइएको छ । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको साँझ खाद्य सामग्री सुकाएर मनाईने यो पर्व बुधबार साँझ मनाइएको हो । पोखरामा ७ फरक स्थानमा सामुहिक रुपमा अन्न (खाद्य सामग्री) सुकाएर पर्व मनाइएको संस्कृतिकर्मी अष्टमान प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार यस वर्ष भीमसेन टोलको भीमसेन मन्दिर, बागबजार, गणेश टोलको गणेश मन्दिर, रामकृष्ण टोलको गोपालजी मन्दिर, बगालेटोलको गणेश मन्दिर, तेर्सापट्टीको गणेश मन्दिर, रानीपौवाको शोभा भगवती र गणेश मन्दिर परिसरमा… पुरा पढौ

सत्र करोडको लागतमा कालीगण्डकीमा पुल निर्माण हुँदै

कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी माथि मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माणको प्रारम्भिक प्रक्रिया प्रारम्भ भएको छ । प्रदेश सरकारअन्तर्गत गण्डकी पूर्वाधार विकास निर्देशनालयले कुश्मा नगरपालिका–२ नयाँपुल र बागलुङ नगरपालिका–१३ कालाखोला जोड्नेगरी १०० मिटर लामो पक्की पुल निर्माण सुरु गरेको हो । उक्त पुलले पर्वतको कुश्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने छ । पुलको लागत रु १६ करोड ९५ लाख २५ हजार छ । पुल निर्माणस्थलको माटो परीक्षण भइरहेको निर्देशनालयले जनाएको छ । माटो परीक्षण प्रतिवेदन प्राप्त हुनासाथ निर्माण थालिने छ… पुरा पढौ

सशस्त्र प्रहरी बल तालिम शिक्षालय, लामापाटन पोखरामा स.प्र.स.नि. आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न

पोखरा । सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटन पोखरामा सि.सं. १७ (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह बिहिबार सम्पन्न भयो। “ज्ञान, कला र कौशल” भन्ने आदर्श वाक्यसहित सशस्त्र प्रहरी बलको दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको यो तालिमको दीक्षान्त समारोहमा तालिम सम्पन्न गरेका ४५ प्रशिक्षार्थी सहभागिथिए ।प्रमुख अतिथि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा मानवश्रोत विभागका विभाग प्रमुख बंशीराज दाहालले तालिम पूरा गरी दीक्षित भएका प्रशिक्षार्थीहरुलाई दर्ज्यानी चिन्ह शुशोभन गर्दै शुभकामना व्यक्त… पुरा पढौ

पो.उ.वा.संघले व्यावसायिक वातावरण निर्माण तथा अर्थतन्त्र चलायमान बनाउन माग गर्दै मन्त्रीलाई बुझायो ज्ञापन पत्र

पोखरा, कात्तिक १९ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनाल र भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हासमक्ष व्यावसायिक वातावरण निर्माण एवं अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न सुझावहरु पेश गरेको छ ।अध्यक्ष कार्कीका अनुसार दुवै मन्त्रीसमक्ष जेनजी आन्दोलनको क्रममा भौतिक र मानशिक क्षति व्यहोरेका व्यवसायीका निम्ति घोषित राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन, आन्दोलनको क्रममा आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन विशेष जोड दिएको थियो । ‘हामीले विशेष गरी आन्दोलनपछिको परिस्थिति, व्यवसायीहरुको गिरेको मनोवल,लगानी… पुरा पढौ

कुमुदिनी होम्सका विद्यार्थीले गरे फेवाताल सरसफाइ

पोखरा । पोखरा ४ मा अवस्थित कुमुदिनी होम्स माविका विद्यार्थीहरूले बुधबार फेवातालको किनारमा रहेको फुटपाथमा सरसफाइ गरेका छन् । सन् १९५६ मा बेलायतका राजकुमार फिलिप ड्युक अफ एडिनब्राले स्थापना गरेर हाल विश्वका विभिन्न देशका विद्यालयहरूमा सञ्चालन भएकोड्युक अफ एडिनब्राज इन्टरनेशनल अवार्ड कार्यक्रम अन्तर्गत रहेर हरेक वर्ष विभिन्न चरणमा गरिदै आएको सामाजिक कार्य अन्तर्गत विद्यालयका विद्यार्थीले बुधबार फेवाताल किनारमा सरसफाई गरेको हो । युवाहरूमा आत्मविश्वास, नेतृत्व विकास र समाज सेवाप्रति योगदान गर्न सक्ने उदेश्य राखी स्वयं सेवा, शारीरिक गतिविधि, सीप र… पुरा पढौ

कास्की ट्राफिक कार्यालय हाताभित्र राखिएको मोटरसाईकल चोरेर प्रयोग गर्ने एक पक्राउ

पोखरा, कात्तिक १९ जिल्ला ट्राफिक प्रहरी कार्यालयको हाताभित्र राखिएको मोटरसाईकल चोरेर प्रयोग गर्ने एक जना पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको हाताभित्र अनुसन्धान तथा कारवाहीका लागि पार्किङ गरेर राखेको मोटरसाईकल जेनजी आन्दोलनका बेला तोडफोड तथा आगजनी गरेको मौका छोपेर चोरीपश्चात प्रयोग गर्दै आएका पोखरा–१७ दोबिल्ला निवासी २४ वर्षिय सुवास तामाङलाई कास्की प्रहरीले पक्राउ गरेको हो । गत भदौ २४ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो । सोहि तोडफोड तथा आगजनीको मौका… पुरा पढौ

‘जाउँ है बेगनास पोखरा’ सम्पन्न

होटेल तथा रेष्टुरेन्ट एसोसिएसन, लेखनाथको आयोजनामा यही कात्तिक १६ गतेदेखि पश्चिम नेपालमा सञ्चालन गरिएको ‘जाउँ है बेगनास पोखरा’ कायक्रम सम्पन्न भएको छ । पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायत क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवं पर्यटन सम्बद्ध ३७ सदस्यीय प्रतिनिधिमण्डलले पश्चिम नेपालका केही पर्यटन व्यवसायीसँग पर्यटन साझेदारी, पर्यटन प्रवर्द्धनलगायत विषयमा छलफल तथा अन्तरक्रिया गरेको हो । ‘जाउँ है बेगनास पोखरा’ कायक्रमअन्तर्गत बुटबल, बर्दिया, सुर्खेतलगायत जिल्लाका पर्यटन व्यवसायीसँग छलफल गरी उक्त टोली आज पोखरा फर्किएको होटेल तथा रेष्टुरेन्ट एसोसिएसन, लेखनाथका… पुरा पढौ