समाचार

आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम

पोखरा, १७ असोज । सुरक्षित आप्रवासन कार्यक्रमअन्तर्गत कार्यरत कर्मचारी तथा सूचना तथा परामर्शकर्मीका लागि आयोजित दुईदिने तनाव व्यवस्थापन तालिम सम्पन्न भएको छ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको सुरक्षित आप्रवासन कार्यक्रमले आयोजना गरेको तालिम कास्कीको ढिकुरपोखरीस्थित हिमालयन देउराली रिसोर्टमा शुक्रबारदेखि शनिबारसम्म सञ्चालन भएको हो। तालिममा सुरक्षित आप्रवासन कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक, आप्रवासी स्रोत केन्द्रमा रही सेवा तथा परामर्श दिने सूचना तथा परामर्शकर्मी र मन्त्रालयका कर्मचारी गरी ४२ जनाको सहभागिता रहेको थियो । तालिममा मानसिक स्वास्थ्य, स्वहेरचाह, सकारात्मक सोच, पेशागत विकास… पुरा पढौ

तेस्रो पर्वतीय दौडको तयारी अन्तिम चरणमा

पोखरा, असोज १७ पर्यटनको राजधानी पोखरामा आउँदो शनिबार आयोजना हुने तेस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा पोखरा २२ पुम्दीभुम्दीमा यहि असोज २४ गते हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । प्रतियोगिताका लागि असोज २१ गतेसम्ममा नाम दर्ता गराईसक्नुपर्ने जनाइएको छ । जसमा हालसम्म १८ जिल्लाका ८० बढी धावकले नाम दर्ता गराइसकेको कार्यक्रम संयोजक दीननाथ बरालले जानकारी दिए । प्रतियोगिताका लागि असोज २१ गते… पुरा पढौ

चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिको सरसफाई सम्पन्न

पोखरा, असोज १७ चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिले शनिबार सरसफाई गरेको छ । समितिका सदस्यहरुसहित स्थानियको सहभागितामा चिप्लेढुंगादेखि सिद्धार्थचोकसम्मको क्षेत्रमा शनिबार विहान सरसफाई गरिएको हो । सँधै सुकिलामुकिला भएर व्यवसायमा व्यस्त यस क्षेत्रका व्यवसायी शनिबार भने भिन्न रुपमा देखिए । कोहि हातमा झाडू बोकेर त कोहि हातमा ग्लोब्स र प्लाष्टिक बाँधेर सडक तथा नालामा रहेका फोहोर हटाउँदै हिंडेका थिए । कोहिचाहिं स्थानियलाई पनि जिम्मेवार बनाउनेभन्दै प्रत्येकको घरघरमा गएर बोलाएर सरसफाईमा सहभागी गराउनुका साथै आगामी दिनमा सडक तथा नालामा फोहोर नफाल्न सम्झाईबुझाई… पुरा पढौ

सिद्धार्थ क्लबद्वारा नयाँ समितिको पदस्थापन

सिद्धार्थ क्लब पोखराको नवनिर्वाचित समितिलाई पदस्थापन गराईएको छ । नवनिर्वाचित अध्यक्ष सुनिल श्रेष्ठसहित प्रथम उपाध्यक्ष नवराज कुमार गोठाजु ,द्वितिय उपाध्यक्ष प्रकाशमान श्रेष्ठ, निर्देशक ज्ञानेश्वर राज श्रेष्ठ, सचिव अनिल श्रेष्ठ, कोषाध्यक्ष मदन कुमार मुल्मी,सह—सचिव जमुना अधिकारी तिमिल्सिना, कार्यसमिति सदस्य पदमा शशी मर्सानी र विरेन्द्र बाटाजलाई शनिबार एक कार्यक्रमका बिच पदस्थापन गराइएको हो । कार्यक्रममा प्रमुख अतिथि गैर सरकारी संस्था महासंघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहारीले सिद्धार्थ क्लबका कार्यक्रमहरुको प्रशंसा गर्दै क्लबको सामाजिक कार्यक्षेत्र विस्तारका लागि अनुरोध गरे । क्लबका अध्यक्ष… पुरा पढौ

सुनचाँदी व्यवसायीद्वारा पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचितहरुको सम्मान

पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ, कास्कीले बधाई तथा सम्मान गरेको छ। पोखरामा शनिबार आयोजित एक विशेष समारोहका बीच नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको हो। नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीका अध्यक्ष मन बहादुर सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले सुनचाँदी व्यवसायमा रहेका विविध नीतिगत जटिलता र राज्यको हेर्ने दृष्टिकोणबारे चिन्ता व्यक्त गरे। कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शोभा गौतमले व्यवसायीका समस्या समाधानका… पुरा पढौ

ससरधारा सहकारीको सभा सम्पन्न, १४ जना सम्मानित

पोखराको लामाचौरमा मुख्य कार्यालय रहेको ससरधारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाका अवसरमा सहकारीले असल बचतकर्तादेखि उत्कृष्ट कर्मचारीसहित १४ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा असल बचतकर्ता केशबहादुर मगर,पवित्रा दर्लामी मगर,मनकुमारी गुरु,कारोवारी राजकुमार विक,रामबहादुर गैरे,पम्मती पुन,बाल बचतकर्ता एलिसा पुन मगर,उईकल बुढाथोकी, मनोज पुन,पेन्सन बचतकर्ता ग्रिम फगामी पुन,उत्कृष्ट कर्मचारी अञ्जना चौधरी फगामी पुन, ज्योति पुन,उत्कृष्ट बचतकर्ता कमला फकामी र दलबहादुर गर्बुजा पुन रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शालिजा… पुरा पढौ

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित ‘भवन ऐन, २०८३’ को विधेयक सङ्घीय संसद् सचिवालयलमा दर्ता गराइएको उल्लेख गरे । शुक्रबार दर्ता गरिएको उक्त विधेयकले निम्न आय भएका परिवारको आवासको सुनिश्चित गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरेको उनको भनाइ छ । दर्ता गरिएको विधेयकमा पहिलोपटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको ढाँचा… पुरा पढौ

श्रवण कुमार जेष्ठ नागरिक दिवा सेवा केन्द्रको शुभारम्भ, जेष्ठ नागरिकको ज्ञान, सीपलाई सम्मान गर्नुपर्नेमा जोड

शिशिर उजाडपोखरा अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा, पोखरा-१६, मा श्रवण कुमार जेष्ठ नागरिक दिवा सेवा केन्द्रले सेवा शुभारम्भ गरेको छ । श्रवण कुमार जेष्ठ नागरिक दिवा सेवा केन्द्र व्यवस्थापन समितिले केन्द्रको उद्घाटन भएको १६ महिनापछि बाटुलेचौरस्थित कोलगैरामा सुविधा सम्पन्न भवनबाट जेष्ठ नागरिकका लागि शनिबारदेखि सेवा सुरु गरेको हो । केन्द्रले सोमबारदेखि निरन्तर सेवा दिने जनाएको छ । सेवाको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष एवं उद्योगपति गणेशबहादुर श्रेष्ठले शुभारम्भ गरे । उनले जेष्ठ नागरिक समाजको दर्पण भएको बताउँदै, उनीहरुबाट समाज… पुरा पढौ

कास्की प्रहरीको “अप्रेशन ३६५” जारी, हालसम्म ८८२ सवारी साधनलाई कारवाही

कास्की प्रहरीले “अप्रेशन ३६५” अभियानलाई निरन्तरता दिएको छ । अभियान अन्र्तगत हालसम्म ८८२ वटा सवारी साधन र ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिइ कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सवारी साधनको स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गराउने तथा समाजमा अराजक क्रियाकलापमा संलग्न व्यक्ति तथा सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको प्रहरीले जनाएको छ । अभियान अन्र्तगत गएराती पोखराका बिभिन्न स्थानबाट ११ वटा मोटरसाइकल नियन्त्रणमा लिईएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका कार्यालयबाट खट्टिएको प्रहरी टोलीले स्वरुप… पुरा पढौ

बाढीले क्षतिग्रस्त सडक, पुललगायत पुनर्निर्माणको लागि संघ सरकारसँग स्रोत माग्दै मुख्यमन्त्री पाण्डे

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले असोज ९ देखि ११ गतेसम्मको बाढीपहिरोबाट क्षतिग्रस्त राष्ट्रिय राजमार्ग तथा रणनीतिक सडक तत्काल सञ्चालनमा ल्याउन संघ सरकारसँग स्रोत व्यवस्थापन गर्न आग्रह गरेका छन्। बाढीपहिरोमा गण्डकीमा ३० भन्दाबढीको मृत्यु भएको र सडक, पुल, विद्यालय, सरकारी कार्यालय तथा घरमा ठूलो क्षति पुगेपछि उनले पुनर्निर्माणका लागि संघ सरकारको ध्यानाकर्षण गराएका हुन्।मुख्यमन्त्री पाण्डेले अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेट गरी मनाङ, म्याग्दी, बागलुङ, पर्वतलगायत जिल्लामा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन… पुरा पढौ