समाचार

गण्डकीबाट शुरु सार्वजनिक सवारी साधन नचलाउने यातायात व्यवसायीहरुको आन्दोलन भोलिदेखि देशव्यापी हुने

पोखरा, जेठ १८ सार्वजनिक यातायात व्यवसायीहरुले भोलिदेखि देशैभर यातायातका सवारी साधन नचलाउने घोषणा गरेका छन् । राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिनेगरी गण्डकी प्रदेश सरकारले नियमावली बनाएर कार्यान्वयनमा ल्याएको विरोधमा उत्रिएका व्यवसायीहरुले भोलिदेखि आन्दोलनलाई देशव्यापी बनाउने घोषणा गरेका हुन् । यसअघि गण्डकी प्रदेशमा मात्र सिमित आन्दोलनलाई अब भोलिदेखी देशब्यापी बनाउनेसार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात… पुरा पढौ

त्रिवेणी इन्टरनेशनल कलेजको पूर्व विद्यार्थी अध्यक्षमा : पाण्डे

लेखनाथ, जेष्ठ १८त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ का पूर्व विद्यार्थीहरुको संस्था त्रिवेणी इन्टरनेशनल कलेज एलुम्नाई एसोसियशनको अध्यक्षमा असिम पाण्डे निर्वाचित भएका छन् ।एशोसियशनको शनिवार सम्पन्न तेश्रो साधारण सभा एवं दोश्रो अधिवेशनले पाण्डेको नेतृत्वमा ९ सदस्यीय कार्यसमितिको चयन गरेको हो ।समितिको उपाध्यक्षमा सर्बेन्द्र न्यौपाने, सचिव सृजना अधिकारी, सहसचिव सुजन आचार्य र कोषाध्यक्षमा पबिन गौतम निर्वाचित भएका छन् । यसै गरी समितिको सदस्यमा सचिन रानाभाट ‘बलराम’, श्रृष्टी तिवारी, सलिना घिमिरे र सिम्रन रेग्मी निर्वाचित भएका छन् ।यस अघि अधिवेशनको उद्घाटन गर्दै त्रिवेणी… पुरा पढौ

दोश्रो राष्ट्रिय डुंगा दौड प्रतियोगितामा पुरुषतर्फ फेवा हर्पन र महिलातर्फ ताल पारी समुह प्रथम

पोखरा, जेष्ठ १८ नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना तथा फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थापनमा पोखराको फेवातालमा आइतबार सम्पन्न दोश्रो राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ टोली तथा महिलातर्फ ताल पारी ‘बी’ प्रथम भएका छन् । पुरुषतर्फ बाराही डुंगा घाटले दोश्रो, स्विमिङपुल घाटले तेश्रो तथा फिष्टेल घाटले सान्त्वना स्थान हाँसिल गरे । महिलातर्फ गौरीघाटले दोश्रो पहारीघाटले तेश्रो तथा जलारी दिदी बहिनी समुहले सान्त्वना स्थान हाँसिल गरे । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ प्रथम हुने टिमले नगद… पुरा पढौ

राईड सेयरिङ सम्बन्धि विवाद वार्ताबाट मिलाउन होटल संघको आग्रह

होटल संघ पोखरा नेपालले गण्डकी प्रदेशमा जारी सार्वजनिक यातायात सेवामा गरिएको हड्तालका कारण पर्यटक र समग्र यात्रु वर्गले दुःख खेप्नु परेको भन्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्न सम्वन्धित पक्षसँग माग गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले आइतबार जारी गरेको विज्ञप्तिमा सरकार र यातायात व्यवसायी वार्तामा बसेर समस्या समाधान गर्न र यातायात सेवालाई सुचारु गर्न अनुरोध गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘व्यवसायीका तर्फबाट जेजस्ता मागहरु राखेर आन्दोलन गरिए पनि सरकार र व्यवसायी वार्ताका माध्यमबाट एउटा निश्कर्षमा पुगी सार्वजनिक यातायात… पुरा पढौ

पर्यटक बसलाई निर्वाध रुपमा सञ्चालन हुने वातावरण मिलाउन पोखरा पर्यटन परिषदको आग्रह

पोखरा, १८ जेठ । पोखरा पर्यटन परिषदले पर्यटक बसहरुलाई निर्वाध रुपमा सञ्चालन हुन दिन आग्रह गरेको छ । परिषदका अध्यक्ष तारानाथ पहारीले आईतबार एक विज्ञप्ती जारी गर्दै पर्यटक बसमा गरिएको अवरोधप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । विज्ञप्तीमा पर्यटक बसमा गरिने अवरोधले आन्तरिक तथा बाह्य दुबै किसिमका पर्यटकहरुमा नकारात्मक सन्देश जाने भएकाले निर्वाध रुपमा सञ्चालन गर्न दिन सरोकारवालाको ध्यानाकर्षण गराइएको छ । पर्यटन क्षेत्र समृद्धिको आधार मध्येको एक भएकाले पर्यटनलाई व्यवस्थित र सुरक्षित बनाउनु सबैको उत्तिकै साझा दायित्व हो,विज्ञप्तीमा… पुरा पढौ

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीको शिक्षक सम्मान सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा आयोजित विस्तारित बैठक तथा शिक्षक सम्मान कार्यक्रम पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा केन्द्रदेखि स्थानीय तहसम्मका शिक्षक नेताहरू, सङ्गठनका पदाधिकारीहरू, शिक्षाविद्हरू तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीका अध्यक्ष तिर्थराज ढकालले जानकारी दिए। कार्यक्रमको उद्घाटन नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका राष्ट्रिय समितिका तर्फबाट गण्डकी प्रदेश इन्चार्ज यामबहादुर कुँवरले गर्नु भएको थियो। उद्घाटन मन्तव्यमा उहाँले शिक्षक आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, वर्तमान चुनौतीहरू र भविष्यका कार्यदिशाहरूबारे प्रकाश पार्नुभयो। उहाँले सङ्गठनलाई अझ सुदृढ, समावेशी र क्रियाशील… पुरा पढौ

गण्डकीमा राईड सेयरिङ सम्बन्धमा गण्डकी सरकारको अडान : नियमावली खारेज हुँदैन, तर संसोधन हुनसक्छ

पोखरा, जेठ १८ गण्डकी प्रदेश सरकारले राईड सेयरिङ नियमन र व्यवस्थापन गर्न बनेको नियमावली खारेज नहुने स्पष्ट पारेको छ । गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीसँग वार्ता गर्न बनाएको वार्ता समिति संयोजक तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिव ई.कमलकुमार अधिकारीले आईतबार पत्रकार सम्मेलन गरेर राईड सेयरिङ नियमन र व्यवस्थापन गर्न बनेको नियमावली खारेज नहुने स्पष्ट पारेका हुन् । सरकारले राईड सेयरिङ सम्बन्धि नियमावली राजपत्रमा प्रकाशित गरी कार्यान्वलयनमा ल्याएपछि सो निमायवली खारेजीको माग गर्दै नेपाल यातायात व्यवसायी… पुरा पढौ

पोखरामा ‘देवेन्द्र के.सी. “देबु” गजल साँझ’ सम्पन्न

पोखरा, जेठ १७ नेपाली गजल साहित्यमा विशेष योगदान पुर्‍याउँदै आएका गजलकार देवेन्द्र के.सी. “देबु” का गजलहरूको प्रस्तुति ‘गजल साँझ’ शनिबार पोखरामा सम्पन्न भएको छ।नेपाल पर्यटन बोर्ड, पार्दीको हलमा आयोजना गरिएको उक्त कार्यक्रममा देबुले आफ्ना उत्कृष्ट गजलहरूबाट चयन गरिएका केहि रचनाहरू प्रस्तुत गरे। कार्यक्रममा गायक संगीतकार सन्तोष श्रेष्ठले गजलकार देबुद्वारा रचित ७ वटा गजल गाउनु भएको थियो। जसले उपस्थित स्रोता–दर्शकको मन जितेको थियो।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, गण्डकी प्रदेशद्वारा आयोजित सो गजल साँझमा पोखराका अग्रज साहित्यकार सरुभक्त, बरिष्ठ गायिका हरीदेवी कोइराला, सार्क… पुरा पढौ

एमाले नेतृ सृजना शर्मा अनेमसंघ सल्लाहकार परिषद्को अध्यक्षमा मनोनित

पोखरा । गण्डकी प्रदेशकी पूर्व उपसभामुख सृजना शर्मा अखिल नेपाल महिला संघको सल्लाहकार परिषद्को अध्यक्षमा मनोनयन हुनुभएको छ। संघको केन्द्रीय समिति बैठकले उहाँलाई सर्वसम्मत रुपमा सल्लाहकार परिषद्को अध्यक्ष पदमा मनोनयन गरेको हो। महिला अधिकार, सामाजिक न्याय र समानताको आन्दोलनमा लामो समयदेखि सक्रिय शर्माले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सल्लाहकार परिषद्मा समेत सदस्यका रूपमा योगदान दिँदै आउनुभएको छ। उहाँको समाज रूपान्तरण र महिला सशक्तीकरणप्रतिको प्रतिबद्धता, नेतृत्व क्षमता र नीतिगत अनुभवलाई मध्यनजर गर्दै संघले यो महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको बताइएको छ। नव-मनोनित… पुरा पढौ

फेवाताल सीमांकनका लागि १०५५ भौतिक पोल गाड्ने कार्य सुरु

पोखरा, २०८२ जेठ १८पर्यटनको राजधानी पोखराको मुटु फेवातालको संरक्षण र व्यवस्थापनतर्फ एक ऐतिहासिक कदम आजबाट औपचारिक रूपमा सुरु भएको छ। सर्वोच्च अदालतको आदेशअनुसार फेवातालको १०५५ सीमा स्तम्भ (भौतिक पोल) गाड्ने कार्य शनिबारदेखि सुरु गरिएको हो। सर्वोच्च अदालतले झन्डै दुई वर्षअघि दिएको परमादेशअनुसार, फेवातालको मापदण्ड स्पष्ट पार्न गठित फैसला कार्यान्वयन सहजीकरण समिति अन्तर्गत प्राविधिक उप–समितिले “हाई फ्लड पोइन्ट” वैज्ञानिक ढंगले निर्धारण गरेको थियो। सोही आधारमा १६ किलोमिटर क्षेत्रफलभित्र डिजिटल प्रणालीमार्फत १०५५ पोलको स्थान पहिचान गरिसकिएको थियो। अब, त्यही स्थानमा स्थायी भौतिक… पुरा पढौ