समाचार

पोखराको पुम्दीभुम्दीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना, २६ जना घाईते, ५ सिकिस्त

श्रीषा रायमाझी पोखरा, बैशाख ३१ पोखरामा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा २६ जना घाईते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर–२२ पुम्दीभूम्दीस्थित शान्तिस्तुप नजिकै भारतीय पर्यटक बोकेको ग.१ ख. ३८८६ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाईते भएका हुन् । घाईतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी हरिबहादुर बस्नेतले बताए । बस पुम्दीकोटस्थित महादेवको मन्दिर पुगेर फर्किदै गरेको बस दुर्घटनामा परेको स्थानिय राजु क्षेत्रीले जानकारी दिए । उनका अनुसार शान्तिस्तुप नजिकैको घुम्तीमा बस मोड्ने… पुरा पढौ

पोखरामा मरेको खसीको मासु बेचेको आरोपमा २ जना पक्राउ

पोखरामा मरेको खसी काटेर बचेको आरोपमा पोखराबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१६ मा रहेको मोडेल सप्लायर्समा काम गर्ने ३८ वर्षीय मिलन गुरुङ र सोही सप्लायर्स र पोखरा लाइभ स्टोर्स एण्ड कृषि फार्मममा काम गर्ने ३२ वर्षीय राम गुरुङ छन् । प्रहरीले मरेको खसीको ५४ किलो मासु समेत बरामद गरेको छ । उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध कालो बजार तथा केही सार्वजनिक अपराधको कसुरमा कास्की जिल्ला अदालतबाट… पुरा पढौ

पोखरामा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ३ जना पक्राउ, ५ महिलाको उद्धार

पोखराबाट तीन जना व्यक्तिहरूलाई यौन व्यवसाय सञ्चालनको आरोपमा पक्राउ गरिएको छ। रेष्टुरेन्टमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखराको सिर्जना चोकमा मनिका रेष्टुरेन्ट सञ्चालन गर्ने ४० वर्षीय पदम लुङ्बा, पोखरा मालेपाटनका ५१ वर्षीय तेज नारायण तिमिल्सिना र तनुहँको व्यास नगरपालिका–५ का २१ वर्षीय सलन गुरुङ छन् । रेष्टुरेन्टबाट प्रहरीले पाँच महिलालाई उद्धार समेत गरेको छ । पक्राउ परेकाहरुविरुद्ध कास्की जिल्ला अदालतबाट मानव बेचबिखनसम्बन्धी कसुरमा ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको… पुरा पढौ

विपद् जोखिम न्यूनीकरण तथा विद्यालय सुरक्षा योजना सम्बन्धी तालिम सम्पन्न

पोखरा । कास्की जिल्लाका ११ वटा विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समिति का सदस्यहरू गरी १६ जना सहभागीबीच दुई दिने विपद् जोखिम न्यूनीकरण तथा विद्यालय सुरक्षा योजनाू सम्बन्धी तालिम सम्पन्न भएको छ। मादी गाउँपालिका (५ विद्यालय), अन्नपूर्ण गाउँपालिका (४ विद्यालय) र माछापुच्छ्रे गाउँपालिका (२ विद्यालय) का विद्यालयहरूबाट सहभागी भएका थिए । तालिम नौलो घुम्ती नेपालले गुड नेबर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा तथा बाह्य प्रशिक्षकको सहजीकरणमा बैशाख २८ र २९ गते  पोखरामा आयोजना गरिएको थियो । तालिमको उद्देश्य विद्यालय… पुरा पढौ

पोेखरामा गुरुबाटै दलित विद्यार्थीमाथि जातिय दुर्व्यवहार !

पोखरा, बैशाख ३० आफूलाई पढाउने गुरुबाटै जातिय दुव्र्यबहार हुन्छ भनेर कुनैपनि विद्यार्थीले सोंच्नु त के कल्पनासमेत गर्दैन । किनकी पूर्वीय संस्कृति र दर्शनले गुरुलाई भगवानको स्तरमा राख्छ र माता, पिता तुल्य मान्छ । तर पोखरामा एक गुरुले आफ्नै शिस्य (विद्यार्थी)माथि जातिय दुव्र्यवहार गरेको आरोप लागेको छ । जातिय दुव्र्यवहारबिरुद्ध सचेतना फैलाएर जागरुक बनाउने गुरुले आफ्नै शिष्यमाथि जातिय दुव्र्यवहार गरेपछि उनीबिरुद्ध जिल्ला प्रहरी कार्यालय कास् कीमा कारवाहीको माग गर्दै उजुरी परेको छ । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्यापनरत प्राध्यापक प्रा.डा. देविलाल शर्माले… पुरा पढौ

पोखरामा २४ जना नेवार कन्याको सामुहिक बेल विवाह (ईही) सम्पन्न

श्रृष्टि भट्ट/श्रीषा रायमाझी पोखरा बैशाख २९ पोखरामा नेवार कन्याहरुको सामुहिक बेल विवाह गरिएको छ । तनहु जिल्ला घिरिङ गाउपालिका स्थायी घरभई हाल पोखरामा बसोबास गर्ने नेवार सामुदायका युवाहरुको संस्था घिरिङ पोखरा नेवा ः गुठीको आयोजना, नेवा ः देय् दबु गण्डकी प्रदेशको समन्वय तथा शोभा भगवती मन्दिर समितिको बिशेष सहयोगमा पोखरामा २४ जना नेवार कन्याहरुको सामुहिक बेल विवाह (इही ज्याझ्व) गरिएको हो । नेवारी कला सस्कृति परम्परालाई जोगाई राख्ने तथा सामुहिक सद्भाव कायम राख्ने र दुख सुखमा साथ सहयोग गर्ने उद्देश्यले… पुरा पढौ

सिद्धार्थ टोल विकास संस्थाको अध्यक्षमा माकाजू निर्वाचित

सिता परियार पोखरा । पोखरा महानगरपालिका वडा नं ४ स्थित सिद्धार्थ टोल विकास संस्थाको अध्यक्षमा भवानी माकाजू निर्वाचित भएकी छन् । संस्थाको २२औँ साधारणसभा तथा १०औँ अधिवेशनले माकाजूलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।माकाजू शुभकामना महिला विकास केन्द्रका पूर्वअध्यक्षसमेत हुन् । उनी हाल महिलाहरुद्वारा सञ्चालित नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत हुन् । संस्थाको उपाध्यक्ष कल्पना गौतम, सचिवमा जमुना आचार्य, कोषाध्यक्ष लीला श्रेष्ठ, सहसचिव पुनम कोइराला निर्वाचित भए ।यस्तै कार्यसमिति सदस्यमा देवी श्रेष्ठ, सावित्री श्रेष्ठ, सुष्मा गोठाजु, संगीता… पुरा पढौ

लक्ष्मी आदर्श माविले मनायो ५७ औं वार्षिकोत्सव

राधिका गहतराज पोखरा । पोखरा महानगरपालिका वडा नं २७ को शिसुवामा रहेको लक्ष्मी आदर्श माविले सोमवार ५७ औं वार्षिकोत्सव एवम् छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका पूर्व विद्यार्थी समेत रहेका गण्डकी विश्वविद्यालयका कुलपति प्राध्पापक डा. इन्द्रप्रसाद तिवारीले कार्यक्रम उद्घाटन गर्दै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरे । तिवारीले शैक्षिक सुधारका कार्यक्रममा गण्डकी विश्वविद्यालय सहकार्य गर्न तयार रहेको वताए । वडा नं.२७ का वडा अध्यक्ष पूर्णकमार गुरुङले राज्यले शिक्षाको क्षेत्रमा गरेको ठुलो लगानीको सही रुपमा सदुपयोग गरेर ब्यवहारिक… पुरा पढौ

दर्शन साकोसको अचार बनाउने तालिम सम्पन्न

राधिका गहतराज पोखरा । पोखराको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले महिला शेयर सदस्यहरुलाई उद्यमशिल बनाउन अचार बनाउने तालिम दिएको छ । सहकारीको आयोजनामा भएको तालिममा नेपाल ठकुरी संगम परिवार कास्की, ठकुरी महिला परिवार, ठकुरी भु।पु परिवार र ठकुरी युवा परिवार कास्कीका महिला सदस्यहरु सहभागि थिए । उनीहरुलाई उक्त प्रशिक्षक अनामिका श्रेष्ठले मासु, मेथि र लसुनको अचार बनाउन सहजीकरण गरेकी थिइन् । तालिम समापन कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष राजाराम शाहीले महिला सदस्यलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले अचार बनाउने… पुरा पढौ

नेपाल आएका पर्यटकमध्ये पोखरामा ४० प्रतिशत मात्रै आउने गरेको दाबी

श्रीषा रायमाझी/सीता परियार/श्रृष्टि भट्टपोखरा, बैशाख २९ नेपाल भित्रिएका पर्यटकमध्ये आधा भन्दा कम पर्यटक पोखरा आउने गरेको एक अध्ययनले देखाएको छ । घुमफिरका लागि नेपाल आउने कुल पर्यटकको ४० प्रतिशत पर्यटक मात्रै पर्यटनको राजधानी पोखरा आउने गरेको अध्ययनले देखाएको हो । पोखरामा हालैमात्र आयोजित एक कार्यक्रममा पर्यटन अध्येता विश्वराज बरालले एक कार्यपत्र प्रस्तुत गर्दै त्यसरी आएका पर्यटकमध्ये ६३ प्रतिशत पर्यटक विशुद्ध मनोरञ्जनका लागि आउने गरेको बताए । उनका अनुसार १५ प्रतिशत ट्रेकिङका लागि र १३ प्रतिशत तीर्थ यात्राका लागि आउने गर्छन्… पुरा पढौ