समाचार

आज विश्व वातावरण दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ । देशका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो । आज दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइने संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन… पुरा पढौ

एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीप : प्रतिभा मावि र रत्न ज्योति सेमीफाइनलमा

पोखरा, जेठ २१ पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपमा प्रतिभा मावि र रत्न ज्योति सेकेण्डरी स्कुल सेमीफाइनलमा प्रवेश गरेका छन् । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा जारी प्रतियोगितामा दुबै टिम समूह बिजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका हुन् । समूह सी अन्तर्गत बुधबार भएको प्रतियोगितामा प्रतिभा माविले जुनियर सिटिजन एकेडेमीलाई ९ विकेटले पराजित गर्दै समूह बिजेता बनेर सेमीफाइनल यात्रा सुनिश्चित गरेको थियो । लगातार तीन खेल जितेको प्रतिभा सहजै सेमीफाइनलमा प्रवेश… पुरा पढौ

छहारी टोल विकास संस्थाको सडक दौड जेठ २४ गते

पोखरा, जेठ २१ पोखरा महानगरपालिका वडा नम्वर १७ स्थित छहारी टोल विकास संस्थाको आयोजनामा यहि जेठ २४ गते सडक दौड प्रतियोगिता आयोजना हुने भएको छ । टोल विकास संस्थाको आयोजनामा पहिलो पटक आयोजना हुने सडक दौड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक छहारी टोल विकास संस्थाका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए । यही जेठ २४ गते आयोजना हुने प्रतियोगितामा तीन किलोमिटर विद्यालयस्तरीय छात्रा तथा छात्र दौड, टोल सुधार समिति, युवा क्लबको खुल्ला पाँच किलोमिटर महिला तथा पुरुष दौड प्रतियोगिता हुने… पुरा पढौ

गण्डकीको नीति तथा कार्यक्रम : पर्यटनको राजधानीको प्रवर्द्दन, आगामी वर्ष लगानी सम्मेलन, राईड सेयरिङको नियमन

पोखरा, जेठ २१ गण्डकीमा आगामी वर्ष लगानी सम्मेलन हुने भएको छ । यसअघि पटक पटक हुने भनेर स्थगित हुँदै आएको लगानी सम्मेलन यस वर्ष गरिने बुधबार गण्डकी प्रदेश सरकारले जारी गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लगानी सम्मेलन आगामी वर्ष गर्ने बताए । तर त्यसको ठ्याक्कै मिति भने तोकिएको छैन । त्यस्तै, नीति तथा कार्यक्रममा पूर्वाधार संरचना तथा सेवा क्षेत्रमा लगानी भित्राउनका लागि प्रोत्साहित गर्न सार्वजनिक–निजी… पुरा पढौ

फिल्म ‘शिवांश-च्याप्टर १’ को छायांकन अन्तिम चरणमा

पोखरा डेब्यु निर्देशक सन्तोष कुमार आत्रेयको निर्देशनमा चलचित्र 'शिवांशस् च्याप्टर १' को छायांकन अन्तिम चरणमा पुगेको छ। पोखरा वरपरका प्रमुख पर्यटकिय तथा धार्मिक स्थलहरूमा चलचित्रको छायांकन भइरहेको र अहिलेसम्म ७० प्रतिशत छायांकन सकिएको निर्देशक सन्तोष कुमार आत्रेयले जानकारी दिए । चलचित्र छायांकनका लागि ४५ जनाको टोली यतिबेला पोखरामा रहेको छ ।भगवान शिवको एक अंश अहिलेको शताब्दीमा पनि उत्तिकै सान्दर्भिक रहेको विषय वस्तुलाई चलचित्रमा कलात्मक रूपले प्रस्तुत गरिएको निर्देशक आत्रेयले बताए । फिल्ममा समाज वरिपरि कै कथा र त्यस बिचमा हुने… पुरा पढौ

कालिकामा अभिभावक भेला : पढाईमा अब्बल बनाउन अभिभावकको मूख्य भूमिका

पोखरा । पोखरा महानगरपालिका, वडा नम्बर ३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ । शिक्षक अभिभावक सङ्घका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले अभिभावक शिक्षासम्बन्धी सहजीकरण गरेका थिए । उनले विद्यार्थीको पढाइ राम्रो बनाउन अभिभावकले पनि केही त्याग गर्नुपर्ने बताए । आफ्ना बालबालिकालाई पढ्नका लागि वातावरण निर्माण गर्दै निरन्तर विद्यालयको सम्पर्कमा रहन उनले अभिभावकलाई सुझाव दिए । विद्यालय, अभिभावक र विद्यार्थीबिचको त्रिपक्षीय सम्बन्ध सुमधुर हुन सके मात्र पठनपाठन राम्रो हुने बताउँदै प्रधानाध्यापक जोशीले असल… पुरा पढौ

पोखरामा जेठ २७ गतेदेखि ‘प्रचण्ड कप’ भलिबल प्रतियोगिता हुने

पोखरा, जेठ २१ पोखरामा जेठ अन्तिम सातादेखि ‘प्रचण्ड कप’ भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल स्पोर्टस एकेडेमीको आयोजनामा यहि जेठ २७ गतेदेखि ३१ गतेसम्म ‘प्रचण्ड कप’ भलिबल प्रतियोगिता हुने बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो । पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा हुने प्रतियोगितामा ६ टिम सहभागि हुने आयोजक नेपाल स्पोर्टस एकेडेमीका अध्यक्ष दीपक कोईरालाले जानकारी दिए । प्रतियोगितामा नेपाल आर्मीको त्रिभूवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, गण्डकी प्रदेश टिम, न्यू डायमण्ड… पुरा पढौ

गण्डकीको नीति तथा कार्यक्रम : मुस्ताङमा हाई अल्टिच्यूड खेल मैदानमा संघ सरकारको आश

पोखरा, जेठ २१ गण्डकी प्रदेश सरकारले मुस्ताङमा हाइ अल्टिच्यूड खेल मैदान निर्माणका लागि संघ सरकारको आश गरेको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आज प्रदेश सभामा आर्थिक वर्ष २०८२÷८३ का लागि निति तथा कार्यक्रम प्रस्तुत गर्दै मुस्ताङमा हाई अल्टिच्यूड खेल मैदान बनाउने जनाएका हुन् । तर सो खेल मैदान संघ सरकारको सहयोगमा हुने उनले बताए । मुस्ताङको वारागुङ, मुक्तिक्षेत्रमा निर्माण गरिने भनिएको सो खेल मैदानका लागि संघ सरकारले बजेट विनियोजन गरिसकेको छ । यो खेल मैदान गण्डकी प्रदेशका संस्थापक… पुरा पढौ

पोखरामा विद्यार्थी चढेको बसमाथि आक्रमण, ५ जना घाइते

पोखरा । पोखरामा विद्यार्थी सवार बसमाथि आक्रमण भएको छ । आक्रमणमा परेर पाँच विद्यार्थी घाइते भएका छन् भने बसमाथि ढुंगा हानेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा चितवन घर भई बस चालकको काम गर्ने ४८ वर्षीय तिलकबहादुर थापा मगर, बारा घर भएका बसमा सहचालकको काम गर्ने ३० वर्षीय मानप्रसाद खरेल र गोर्खाको पालुङटार घर भई ग्यारेजमा काम गर्ने २८ वर्षीय राजेश मरहट्टा छन् । उनीहरूले १८ जेठको राति साढे ११ बजेतिर पोखराको चाउचेमा बा… पुरा पढौ

सार्वजनिक यातायातका सवारी साधन आजदेखि संचालन

गण्डकीमा आजदेखि सार्वजनिक यातायातका सवारी साधन सञ्चालनमा आएको छ। गण्डकी प्रदेश सरकारले राईड सेयरिङ सम्बन्धि नियमावली एक महिनाका लागि स्थगन गरेपछी व्यवसायीहरूले आन्दोलन स्थगन गरेर सवारी साधन सञ्चालनमा ल्याएका हुन् । तर राईड सेयरिङ सम्बन्धि नियमावली एक महिनाका लागि मात्र स्थगन भएकाले सोहि समयसम्मका लागिमात्र आन्दोलन स्थगन भएको सार्वजनिक यातायात बचाउँ संघर्ष समितिका संयोजक केदारप्रसाद पौडेलले एक विज्ञप्ती जारी गरेर जनाएका छन् । अन्यथा फेरी आन्दोलन सशक्त बनाएर लैजाने उनले चेतावनी दिएका छन् । सार्वजनिक सवारी सञ्चालनमा आएसँगै आजदेखि जनजीवन… पुरा पढौ