समाचार

पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट प्रतियोगिता शुरु, उद्घाटन खेलमा मदरल्याण्डको बिजयी शुरुवात

पोखरा, जेठ १७ पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीप शुरु भएको छ । पोखरा महानगर क्रिकेट संघको आयोजना तथा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको मुख्य प्रायोजनमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको शनिबार भएको उद्घाटन खेलमा मदरल्याण्ड सेकेण्डरी स्कुलले बिजयी शुरुवात गरेको छ । लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा मदरल्याण्डले वाराही माविलाई ९ रनले पराजित गर्दै बिजयी शुरुवात गरेको हो । वाराहीले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा आएको मदरल्याण्डले निर्धारित १५… पुरा पढौ

फेवाताल सिमाङ्कनका लागि भौतिक पोल गाड्न शुरु, नाराबाजीसहित स्थानियको विरोध

पोखरा, जेठ १७ पोखराको फेवातालको सिमाङ्कनका लागि शनिबारदेखि भौतिक (फिजिकल) पोल गाड्न शुरु भएको छ । सर्वोच्च अदालतले फेवातालको मापदण्ड कायम गर्न भनेर परमादेश दिएको झण्डै दुई वर्षपछि फेवाताल सिमाङ्कनका लागि भौतिक पोल गाड्न शुरु भएको हो । सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिले गठन गरेको प्राविधिक उप–समितिले यसअघि ताल घर र ६५ मिटर भित्रको मापदण्ड यकीन गरेको थियो । सोहि सिमाङ्कनको आधारमा ताल घरमा १ हजार ५५ वटा डिजिटल पोलहरु गाडिएको थियो । सोहि डिजिटल पोलहरु गाडिएको स्थानमा उत्तिनै… पुरा पढौ

इन्सेकले मानव अधिकारको अभियानलाई जागृत राखेको छ : नीतु गर्तौला

पोखरा, जेठ १७ । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका प्रमुख नीतु गर्तौलाले इन्सेकले मानव अधिकारको अभियानलाई निरन्तर जागृत राख्दै आएको बताउनुभएको छ। पोखरामा आज सुरु भएको मानव अधिकार समुहका पदाधिकारीहरूका लागि क्षमता विकास तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यो कुरा बताउनुभएको हो। गर्तौलाले समुदायमा अझै पनि विभेदका घटनाहरू देखिएको उल्लेख गर्दै यस्तो अवस्थामा पीडितलाई न्याय दिलाउन अधिकारकर्मीहरूको सक्रियता आवश्यक रहेको बताउनुभयो। उहाँले इन्सेकले मानव अधिकार हननका घटनामा राज्यको ध्यानाकर्षण गराउँदै आएको र उक्त अभियानलाई निरन्तरता दिइरहेको स्पष्ट पार्नुभयो।… पुरा पढौ

फेवतालमा डिजिटल पोल गाड्ने काम सकियो, भोलिदेखि फिजिकल पोल गाडिने

पोखरा, जेठ १६ सर्वोच्च अदालतले फेवातालको मापदण्ड कायम गर्न भनेर परमादेश दिएको झण्डै दुई वर्षपछि सिमाङ्कनको आंशिक काम सकिएको छ । ६ महिनाभित्र फैसला कार्यान्वयन गर्न भनेपनि अटेर गर्दै झण्डै दुई वर्षपछि डिजिटल सिमाङ्कनको काम मात्र गरिएको हो । २०८० साल असार ४ गते सर्वोच्चले फैसला गर्दै ६ महिना भित्र फेवातालको मापदण्ड कार्यान्वयनसँगै ६५ मिटर मापदण्डमा पर्ने जग्गामा हरियाली कायम गर्न भनेको थियो । फैसलाको ३ महिनापछि सोहि वर्षको असोजमा सर्वोच्च अदालतले परमादेशको पूर्ण फैसला सार्वजनिक गरेको थियो । फैसला… पुरा पढौ

जनप्रिय क्याम्पसमा जलवायु परिवर्तनको असर र रोकथामसम्बन्धी गोष्ठी सम्पन्न

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोग युजिसीको सहयोगमा “जलवायु परिवर्तनको असर र यसको रोकथाम” विषयक एक दिवसीय गोष्ठी क्याम्पसको सभाहलमा शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले जलवायु परिवर्तनले मानव समाजमा गम्भीर असर पारेको चर्चा गर्दै रोकथामका लागि उपाय अवलम्बन गर्न क्याम्पसका शिक्षक र विद्यार्थीहरूमा चेतना अभिवृद्धिका लागि गोष्ठीको महत्व रहने बताए । क्याम्पस प्रमुख कृष्णबाबु बरालले स्वागत मन्तव्य राख्दै वातावरण संरक्षणमा शिक्षण संस्था र विद्यार्थीको सक्रिय सहभागिताले… पुरा पढौ

गण्डकी प्रदेश दीर्घकालिन पुनस्र्थापना केन्द्रको उद्घाटन

पोखरा । गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहतको दीर्घकालिन पुनस्र्थापना केन्द्रको औपचारिक रूपमा उद्घाटन गरिएको छ । पोखरा ३३ पुष्पवस्तीमा रहेको उक्त पुनस्र्थापना केन्द्रको उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका हुन् । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सामाजिक न्याय र मानविय मर्यादालाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाहमा ध्यान केन्द्रित गरिरहेको बताए । “यो केन्द्र गण्डकी प्रदेशको सामाजिक रुपान्तरणको अभियानमा कोशेढुङ्गा सावित हुनेछ ।”, उनले भने । प्रदेश सरकारको ७०५ र पोखरा महानगरको ३०५ लगानीमा उक्त केन्द्र संचालन… पुरा पढौ

राइड सेयरिङको विरोध जनाउँदै पोखरासहित गण्डकीमा यातायात सेवा ठप्प

राइड सेयरिङको विरोध जनाउँदै पोखरासहित गण्डकी प्रदेशभर सार्वजनिक यातायात सेवा ठप्प भएको छ। राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने गरी प्रदेश सरकारले नियमावली जारी गरेपछि त्यसको विरोधमा यातायात व्यवसायीले गण्डकीमा सार्वजनिक यतायात सेवा ठप्प पारेका हुन् । शुक्रबार बिहानैदेखि व्यवसायीले सार्वजनिक सवारीसाधनहरु घर ग्यारेजमै थन्क्याएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीको नेतृत्वमा राइड सेयरिङ सम्बन्धी नियमावली खारेजको माग गर्दै व्यवसायीले आन्दोलन थालेका हुन् । यसअघि सरकारलाई जेठ १४ गतेसम्मको अल्टिमेटम दिएको महासंघले १५ गते सार्वजनिक सवारीसाधन बन्द… पुरा पढौ

सरुभक्तको ‘सर्वहारा धरतीभरी यज्ञका काला घोडाहरु’ र तीर्थ श्रेष्ठको ‘हिउँमा लेखिएका नामहरु’ कविता कृति लोकार्पण

पोखरा, जेठ १५ पोखराका दुई मुर्धन्य व्यक्तिहरु सक्तभक्त र तीर्थ श्रेष्ठको कविता कृति विहीबार लोकार्पण गरिएको छ । पोखरामा बसेर राष्ट्रिय छवि बनाउन सफल व्यक्तित्व सरुभक्तको ‘सर्वहारा धरतीभरी यज्ञका काला घोडाहरु’ र श्रेष्ठको ‘हिउँमा लेखिएका नामहरु’को आज एक औपचारिक कार्यक्रम गरि लोकार्पण गरिएको हो । पोखरेली युवा सांस्कृति परिवारको आयोजनामा भएको कार्यक्रममा सर्जक द्वय सरुभक्त र श्रेष्ठसँगै बरिष्ठ कलाकार तथा कार्टुनिष्ट दुर्गा वराल वात्स्यायन, बरिष्ठ लोक गायीका हरिदेवी कोईराला, नेवा खलः कास्कीका अध्यक्ष तथा समाजसेवी अशोक पालिखे, पोखरेली युवा सांस्कृतिक… पुरा पढौ

पोखरामा एक्सपर्ट एजुकेसन ईन्टर स्कुल ब्वाईज टि–२० क्रिकेट प्रतियोगिता जेठ १७ गतेदेखि हुने

पोखरा, जेठ १५ पोखरामा जेठ तेस्रो सातादेखि एक्सपर्ट एजुकेसन ईन्टर स्कुल ब्वाईज टि–२० क्रिकेट च्याम्पीयनसीप हुने भएको छ । पोखरा महानगर क्रिकेट संघको आयोजना तथा एक्सपर्ट एजुकेसन कन्सल्टेन्सीको प्रायोजनमा हुने च्याम्पीयनसीप जेठ १७ गतेदेखि २४ गतेसम्म हुने विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । च्याम्पीयनसीपमा १२ स्कुलले सहभागिता जनाउने आयोजक पोखरा महानगर क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । च्याम्पीयनसीपमा त्रिवेणी पव्लिक स्कुल, मदरल्याण्ड सेकेण्डेरी स्कुल, वराही मावि, एसओएस, रत्नज्योति सेकेण्डरी स्कुल, डायमण्ड सेकेण्डरी स्कुल, प्रतिभा मावि,… पुरा पढौ

“बर्तमान परिवेशमा नागरिक समाजको भूमिका” विषयक सचेतना कार्यक्रम सम्पन्न

पोखरा, जेठ १४ । “बर्तमान राजनीतिक, सामाजिक र आर्थिक परिवेशमा नागरिक समाजको भूमिका” विषयक एक दिवसीय सचेतना कार्यक्रम बुधबार पोखरा महानगरपालिका वडा नं. ३०, खुदीमा सम्पन्न भएको छ। कार्यक्रमको आयोजन जागरुक नागरिक समाज पोखरा ३० शाखाले गरेको हो। कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले नागरिक समाजलाई सशक्त र उत्तरदायी भूमिका निर्वाह गर्न आह्वान गर्दै भन्नुभयो, “साँचो अर्थमा नागरिक समाज बन्न जनप्रतिनिधिहरूको कामकाजमा निगरानी, खबरदारी र सुझाव दिन जरुरी छ।” कार्यक्रमको सभाध्यक्षता जागरुक नागरिक समाज पोखरा ३०… पुरा पढौ