समाचार

लायन्स कप भलिबलः भारतीय टोलीले आर्मीलाई हरायो

पोखरा । पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा भारतीय टोलीले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको दोस्रो खेलमा भारतीय टोलीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २३–२५ ले गुमाएको भारतीय टोलीले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गर्न सफल रह्यो । भारतीय टोलीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२१ र चौथो… पुरा पढौ

कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, भोलि रक्तदान हुने

पोखरा । पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा आज १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान कार्यक्रम हुने भएको छ । आजको व्रतवन्धमा सहभागी सबैलाई सम्मानसमेत गरिएको छ । यस्तै महायज्ञमा विधिपूर्वक हवन पनि आजैबाट शुरु गरिएको छ । महायज्ञको यज्ञ मण्डपमा निर्माण गरिएको एक सय हवन कुण्डमा हवन शुरु गरिएको हो । बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेश गराउने, ७ बजेर १९ मिनेटमा… पुरा पढौ

कालिका बहुमुखी क्याम्पसमा जलवायु परिवर्तन र त्यसले पार्ने प्रभाव सम्बन्धि गोष्ठि

पोखरा । पोखरा–१४,काजीपोखरी स्थित कालिका बहुमुखी क्याम्पस द्धारा समूदाय, विद्यार्थी र अभिभावक लक्षित एक दिने जलवायु परिवर्तन र त्यसले पार्ने प्रभाव सम्बन्धि गोष्ठि क्याम्पस सभाहलमा सम्पन्न भएको छ । जलवायु परिवर्तन संगै त्यसले पार्ने असरहरुका बारेमा श्रोत व्यक्ति डा.दिपक गौतमले सबैभन्दा बढी खडेरीको सामना गर्नुपरेको बताए । चट्याङ्ग, आगालागी, भू–क्षय,हावाहुरी, सक्रमण रोग, किराको प्रकोप फैलिएको जस्ता विपदहरु ब्यहोर्न बाध्य रहेको बताए । बन विनाश, बसाईसराई, सवारी साधनमा वृद्धि, औद्योकिकरणका कारण जलवायूमा परीवर्तन आएको , यसको अनुकुलताका लागी मानिसहरुले कृषि उपजमा… पुरा पढौ

लायन्स कप भलिबलः इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित

पोखरा । पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानी टोलीले सेमिफाइनलमा स्थान बनाएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको पहिलो खेलमा गण्डकी प्रदेशलाई ३—१ को सेटले पराजित गर्दै इरानी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो सेट १४–२५ ले गुमाएको गण्डकीले दोस्रो सेट पुनरागमन गर्दै २५–१७ को जित निकालेको थियो । तर, तेस्रो र चौथो सेटमा लय गुमाउन पुग्दा गण्डकीले हार बेहोर्नुप¥यो ।… पुरा पढौ

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारको न्यायीक छानविन गर्न माओवादी महासचिव गुरुङको माग

महासचिव गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको न्यायीक छानविन हुनुपर्ने बताए । संसदीय छानबिन उपसमितिले दिएको प्रतिवेदनले भ्रष्टाचारको संकेत गरेकाले अब त्यसको न्यायीक छानबिन हुनुपर्ने उनको भनाई थियो । उपसमितिले बुझाएको प्रतिवेदनले भ्रष्टाचार नै भएको छ त भनेको छैन,उनले भने,‘तर भ्रष्टाचार भएको संकेत गरेको छ । त्यसैले अब शंकाको घेरामा परिसकेकाले यसका आधारमा कानुनविद्, इञ्जिनियर, प्राविधिक तथा अनुसन्धानकर्तासहितको समिति बनाएर न्यायीक छानबिन गरिनुपर्छ ।’ उनले न्यायीक छानविनले भ्रष्टाचार भएको प्रमाणित गरे विमानस्थल निर्माणका क्रममा दोषी देखिएकाहरुलाई कारवाहीको भागिदार बनाउनुपर्नेमा… पुरा पढौ

शुटिङकी भगवतीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

वैशाख १९, पोखरा ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’मा लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन शुटिङकी भगवती खत्री केसीलाई अर्पण गरिने भएको छ । प्रतिभा छनोट समितिको बैठकले सिफारिस गरेकोमा मञ्चको कार्यसमिति बैठकले त्यसलाई अनुमोदन गरेसँगै यसपाली खत्रीले अवार्ड पाउने निश्चित भएको हो । खत्रीलाई वैशाख २६ गते पोखरा इभेन्ट सेन्टरको हलमा हुने भव्य कार्यक्रममा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सहित सम्मान अर्पण गरिनेछ । बागलुङकी भगवती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि भई विभिन्न पदक… पुरा पढौ

कालीगण्डकी तर्न साँघुको भर

मुस्ताङको थासाङ गाउँपालिका–२ का कोवाङ, लार्जुङ र खन्ती गाउँ राष्ट्रिय राजमार्गसँग जोडिँदासोही वडाका सौरु र सिरकुङ कालीगण्डकीका कारण अगम्य भएका छन् । चालीस परिवारको बसोबास रहेको सौरु र सिरकुङका मान्छेको जीविकोपार्जनको स्रोत कृषि र पशुपालन हो । कालीगण्डमा पुल नहुँदा उनीहरुलाई आफ्ना उत्पादन स्याउ, उवा, फापर, जौ, सिमी, बोडी र सागसब्जी बजार पु¥याउन समस्या छ । याकचौँरी र बाख्रापालन गर्दै आएका सौरु र सिरकुङका गाउँले हिउँदमा अस्थायी साँघुबाट नदी तर्छन् तर वर्षायाममा तीन घण्टाभन्दा बढी पैदल कोखेठाटीको बाटोबाट राजमार्गमा पुग्नुपर्ने… पुरा पढौ

सशस्त्र प्रहरी बल विपद् उद्धारमा अब्बल बन्दै गएको छ: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले हरेक स्थानमा हुने विपद्मा उद्धार र सीमा सुरक्षामा सशस्त्र प्रहरी बल अब्बल बन्दै गएको बताएका छन । आज आयोजित सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालयबाट प्रशिक्षित प्रशिक्षार्थीको दीक्षान्त समारोहमा उनले विपद्मा उद्धार गर्ने कार्यले देश तथा विदेशका मानिसको विश्वास र भरोसा बढाउँदै गएको बताए । गृहमन्त्री लेखकले भने, “सीमा सुरक्षा, विपद््बाट मानिस आक्रान्त भएको अवस्थामा सशस्त्र प्रहरीले खेल्ने भूमिका र योगदान सराहनीय छ । यही योगदानले सशस्त्र प्रहरी भरोसायोग्य बनेको छ । यसलाई थप उत्कृष्ट… पुरा पढौ

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाप्रमुख डा अभियान गौतमले छुट बालबालिकालाई नौ प्रकारका नियमित खोप लगाइने जानकारी दिए । “नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई हामीले वैशाख ३१ गते खोप लगाउँदैछौँ”, उनले भने, “त्यो दिन विगतमा नियमित खोप लगाउन छुटेका बालबालिकाले खोप लगाउनेछन् ।” नेपालमा पाँच वर्षमुनिका ९५ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाइसकेका छन् । शाखाप्रमुख डा गौतमले छुटेका पाँच प्रतिशत… पुरा पढौ

जनतामा बढेको निराशालाई राजावादीले गणतन्त्र र संविधानकाबिरुद्ध उपयोग गर्न खोज्यो : महासचिव गुरुङ

पोखरा, बैशाख १९ नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जनतामा बढेको निराशालाई राजावादीले आन्दोलनमा उपयोग गर्न खोजेको आरोप लगाएका छन् । प्रेस सेन्टर नेपाल कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने,‘वर्तमान सरकारले भ्रष्टाचारीलाई संरक्षण, सुशासनमा कमी आउने कार्य गर्न थालेपछि जनतामा निराशा बढेको छ । त्यहि निराशालाई दरबारिया शक्तिहरुले उपयोग गरेर यो व्यवस्थाको बिरुद्धमा, गणतन्त्रको बिरुद्धमा क्यास गर्न खोजेको छ ।’ महासचिव गुरुङले सरकारले गणतन्त्रको रक्षा गर्न नसकेको आरोप लगाए । गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी त… पुरा पढौ