समाचार

हरिबहादुर पहारीका हालसाबिकका दुःख अब पुस्तकमा

इञ्जिनियर हरिबहादुर पहारीले आफ्नो जग्गा हालसाबिक गर्दा पाएका दुःखलाई लिपिबद्ध गरेर हालसाबिक कृति नै प्रकाशित गरेका छन् । पहारी कुल संरक्षण समितिको आयोजनामा शनिवार सम्पन्न लोकार्पण समारोहकाबीच कार्यक्रममा प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलालगायतका अतिथिहरूले कृतिको संयुक्त रूपमा लोकार्पण गरे । प्रमुख अतिथि बास्तोलाले हालसाबिक कृति सम्भ्रान्तहरूको बसोबास रहेको सहर पोखरामा यहाँका केही खराब प्रवृत्तिधारी कर्मचारी, जनप्रतिनिधि, शैक्षिक संस्था सञ्चालक र संघसंस्थाका प्रतिनिधिले दिएको पीडाको दस्तावेज हो भने । उनले थपे ‘विकृति र विसङ्गति सहेर बस्ने… पुरा पढौ

नागढुंगा आमा समुहको २३ औं साधारण सभा सम्पन्न, फोहरमैला व्यवस्थापनमा कडा निगरानी गरिने

पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको नागढुंगा आमा समुहले फोहरमैला व्यवस्थापनमा कडा निगरानी गर्ने घोषणा गरेको छ । समुहको शनिबार सम्पन्न २३ औं वार्षिक साधारण सभाका अवसरमा वडाभित्र फोहरमैला व्यवस्थापनमा चुनौती देखिएको जनाउँदै, त्यसको उचित व्यवस्थापन नगर्ने र जथाभावी फ्याँक्नेलाई कारबाही गर्ने घोषणा समेत गरेको हो ।कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य लक्ष्मी पहारीले स्थानीय विकास, सामाजिक उत्तरदायित्व र विशेषगरी फोहोरमैला व्यवस्थापनको विषयमा महत्वपूर्ण प्रतिबद्धताहरू व्यक्त गरिन् । समूहकी अध्यक्ष कमला श्रेष्ठले नागढुंगा क्षेत्रको… पुरा पढौ

भुपु विन्ध्यवासिनी मञ्चमा पुन:बरुवाल,लोक सर्जक पुर्ण नेपालीसहितका सम्मानित

शिशिर उजाडपोखरा लोक गीत तथा संगीतका सर्जक पुर्ण नेपाली पोखरामा सम्मानित भएका छन् । पोखराको बाटुलेचौरमा रहेको भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चले २७ औं बार्षिकोत्सव एवं नवौं अधिवेशनका अवसरमा नेपाली लोक गीत तथा सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै, नेपालीलाई सम्मान गरेको हो । सोही अवसरमा स्वास्थ्यतर्फ डा. सुवास बस्नेत र शिक्षातर्फ प्रविनबाबु भट्टराई पनि सम्मानित भए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि विन्ध्यवासिनी मा.विका प्राचार्य कृष्ण प्रसाद आचार्य र मञ्चका अध्यक्ष हरिबहादुर बरुवालले सम्मानपत्रसहित दोशल्लाले सम्मान गरे । कार्यक्रममा प्रतिकुल मौषमका… पुरा पढौ

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९ मिलिमिटर वर्षा भएको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार पाल्पाको अर्चलेमा १७२ मिलिमिटर, गुल्मीको भार्सेमा १७० दशमलव आठ मिलिमिटर, म्याग्दीको कुहुनमा १६५ दशमलव दुई मिलिमिटर र दर्वाङमा १६१ मिलिमिटर वर्षा मापन भएको छ । अहिले कैलालीको भजनी र धनगढी विमानस्थल, म्याग्दीको बेनी, पर्वतको कार्कीनेटा, पाल्पाको अर्चले, स्याङ्जाको पाँचमूल वर्षा भइरहेको मापन केन्द्रले जनाएका छन् । वर्षाका कारण बाँके, म्याग्दी, पर्वत, लमजुङ, चितवन र भोजपुरका विभिन्न नदीनालामा जलसहत सतर्कता तह… पुरा पढौ

दुर्घटना नगराउने १५ चालकलाई एवन ग्रेटर नेपाल यातायात प्रालिको सम्मान

सन्देश श्रेष्ठपोखरा, असोज १० एवन ग्रेटर नेपाल यातायात प्रालिले दुर्घटना नगराउने चालकहरुलाई सम्मान गरेको छ । पोखरालाई कार्यक्षेत्र बनाएका पोखराका ट्याक्सी व्यवसायीहरुको संस्था एवन ग्रेटर नेपालले एक वर्षभरी सवारी चलाउँदा दुर्घटना नगराउने १ सय ९५ जना चालकहरु मध्य गोला प्रथाबाट छानिएका १५ जना चालकलाई सम्मान गरेको हो । उनीहरुलाई दोषल्ला र सम्मान पत्रले सम्मान गरिएको हो । उनीहरुलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला ‘सरोज’, बरिष्ठ उपाध्यक्ष ऐनकुमार साई, अर्का बरिष्ठ उपाध्यक्ष केदार पौडेल, एवन ग्रेटर नेपाल यातायात… पुरा पढौ

भोटेकोशी बाढीको महाविपद एक महिना पुरा, खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती

रसुवाको भोटेकोशी नदीमा अकस्मात बाढी गएको एक महिना भएको छ । गत भदौ १० गते विहान गएको सो अकल्पनीय बाढीको महाविपदबाट रसुवा, नुवाकोट, धादिङ सहितको जिल्लाका विभिन्न स्थानहरूमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पु¥याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरकण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढीबाट हालसम्म एकहजार ४५३ जनाको अकालमा मृत्यु भएको छ भने पाँच हजार ५५० जना अझै बेपत्ता छन् । यसैगरी १३ हजार ७९५ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका प्रभावित आश्रयस्थलमा पनि छन्… पुरा पढौ

दशैं तथा तिहारको अवसरमा सिटिजन फर्निचरमा २० देखि ३० प्रतिशतसम्म छुट

सन्देश श्रेष्ठपोखरा, असोज १० पोखराको न्यूरोडमा रहेको सिटिजन फर्निचरले नेपालीको महान चाँड बडादशैं तथा शुभ दीपावली (तिहार)को अवसरमा आकर्षक छुट प्रदान गरेको छ । सिटिजन फर्निचरले दशैंदेखि तिहारसम्मका लागि सिटिजन फर्निचरमा उपलब्ध सामानहरुमा खरिद गर्दा २० देखि ३० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो । सिटिजन फर्निचरमा उपलब्ध घरायसी तथा कार्यालय सञ्चालनमा आवश्यक पर्ने गुणस्तरीय फर्निचर, सोफा, अफिस टेबल, टि टेबल, पर्दा, कार्पेट, डाइनिङ टेबल, कुर्सी, डोरमेटलगायतका सामग्रीहरुमा विशेष चाँडपर्व अफर अन्तर्गत भारी छुट प्रदान गरिने सञ्चालक दीपक कार्कीले जानकारी… पुरा पढौ

पर्यटन प्रवद्र्धनका लागि लेकसाईडमा ‘दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव’ हुने

सन्देश श्रेष्ठपोखरा, असोज ९ नेपालीको महान चाँड बडादशैंको सन्दर्भ पारेर पोखराको लेकसाईडमा ‘दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना हुने भएको छ । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा पोखरा–६ लेकसाईडस्थित वाराही खेल मैदानमा बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन कात्तिक ८ गते महोत्सव आयोजना गर्न लागिएको शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । ‘टीका, जमरा र चङ्गा चेटः पोखरामा पर्यटकसँग दशैँ भेट’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा सहभागी पर्यटकलाई… पुरा पढौ

ल्याण्डमार्कको रक्तदानमा ५४ युनिट संकलन, विदेशीले पनि गरे रक्तदान

पोखराको लेकसाइडस्थित होटल ल्याण्डमार्कले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ५४ यूनिट रगत संकलन भएको छ । शुक्रबार आयोजित कार्यक्रममा होटलका कर्मचारी सहित होटलमा बसिरहेका विदेशी पाहुनाले पनि रक्तदान गरेका थिए । होटलका वरिष्ठ व्यापार विकास अधिकृत पुष्पराज चालिसेका अनुसार होटलका कर्मचारी, भारतीय र तेश्रो मुलुकका विदेशीले समेत रक्तदान गर्दा ५४ यूनिट रगत संकलन भएको हो। रसुवा भोटेकोशीको बाढीले धेरै घाईते भएको र उनीहरुका लागि रगत आवश्यक पर्न सक्ने अवस्थालाई मध्यनजर गरेर यतिबेला रक्तदान कार्यक्रम गरेको उनले बताए । कार्यक्रमका संयोजक कृष्णप्रसाद… पुरा पढौ

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ । बिहीबार रातिको हिमपातले कोरलानाका क्षेत्र हिउँले सेताम्मे भएका छन् ।जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार मुस्ताङमा बिहीबारदेखि निरन्तर वर्षा भइरहँदा उपल्लो मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा हिमपात भएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे । कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै… पुरा पढौ