समाचार

नेपालकै एकमात्र वरिष्ठ प्रतिरक्षा तथा बाल बाथरोग विशेषज्ञ पहिलो पटक पोखरामा

पोखरा ७, वैशाख नेपाल कै एकमात्र वरिष्ठ प्रतिरक्षा तथा बाल बाथरोग विशेषज्ञ (MBBS, MD, DM, FESIT) धर्मागत भट्टराईबाट गण्डकी प्रदेशमै पहिलो पटक पोखरा आउने भएका छन् । उनलाई पोखरासम्म ल्याउने जाँचोपाँजो पोखरा क्लिक अनलाइन सञ्चार गृहले जुराएको हो । पोखरा क्लिकको आयोजना, पोखरा नयाँबजारमा सञ्चालनमा आउँदै रहेको म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोग र पोखरा ९ वडा कार्यालयको समन्वयमा सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविर तथा परामर्शका लागि भट्टराई पोखरा आउन लागेका हुन् । प्रतिरक्षा तथा बाल बाथरोगको पहिचान गर्नमा समस्या,… पुरा पढौ

६३ वर्षको उमेरमा पोखराकी एकल महिलाले पाईन् नागरिकता

पोखरा, बैशाख ७ पोखराकी ६३ वर्षिया बृद्धा सुकुमाया नेपालीले ६३ वर्षको उमेरमा नागरिकता पाएकी छन् । पतीसमेत गुमाईसकेकी नेपालीले जन्मेको ६३ वर्षपछि नागरिकता पाएकी हुन् । चार छोरी र आधा दर्जन नातीनतिनाको हजुरआमा भएपछि नागरिकता पाउँदा उनी दंग छिन् । जन्मेको ६३ वर्षपछि, विवाह गरेको झण्डै ४० वर्षपछि अनि पतीको निधन भएको झण्डै ११ वर्षपछि नागरिकता पाउँदा उनको हर्षको सीमा छैन । जन्मदर्ताको आधारमा उनी ६३ वर्षको भएपनि उनलाई चिन्नेहरु उनको वास्तविक उमेर ७० कटेको बताउँछन् । पोखरा–२८ कालिकामा जन्मेकी… पुरा पढौ

पोखरा चाइल्ड स्टार सिजन ४ : उपाधि पोखरा पब्लिकका प्रवीन र सेन्ट म्यारीकी आइरालाई

पोखरा । बाल प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नन्द इन्टरटेन्मेन्ट हाउसले आयोजना गरेको पोखरा चाइल्ड स्टार सिजन ४ को उपाधि पोखरा पब्लिक स्कूलका प्रवीन श्रेष्ठ र सेन्ट म्यारी स्कूलकी आइरा गुरुङले जितेका छन्। शनिबार पोखरामा सम्पन्न ग्रान्ड फिनालेमा उनीहरुले उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः बालक र बालिका तर्फको शीर्ष स्थान हासिल गरे। पुरुष तर्फ प्रथम रनरअपको उपाधि जिवेश थापाले प्राप्त गरे भने दोस्रो रनरअप अस्मिन भुजेल बने। मोस्ट ट्यालेन्टेड अवार्ड प्रतीक श्रेष्ठले जिते। बालिका तर्फ फस्ट रनरअप ग्रीष्मा गौतम, सेकेन्ड रनरअप पुनम… पुरा पढौ

बागलुङपानी–घलेगाउँ-भुजुङ सडक कालोपत्रको काम सुरु

लमजुङ, ७ वैशाखः बेँसीसहर–बागलुङपानी–घलेगाउँ–भुजुङ सडकमा ‘क्लोज ग्रेडिङ प्रिमिक्स’ प्रकृतिको कालोपत्रको काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेट रहेको यस सडकअन्तर्गत क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ४ भुजुङसम्मको १७ किलोमिटरमध्ये १० किलोमिटर सडकमा कालोपत्र गर्ने कार्य सुरु भएको हो । पूर्वाधार विकास कार्यालयका अनुसार निमित्त कार्यालय प्रमुख विवेक सिग्देलका अनुसार बागलुङपानीबाट घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटर सडकमा ग्याबेल हुनेछ । सोमध्ये चार किलोमिटर सडक कालोपत्र सम्पन्न भएको र बाँकीमा कालोपत्र गर्ने कार्य भइरहेको उनको… पुरा पढौ

विन्ध्यबासिनी प्राकृतिक चिकित्सालयलाई रोटरी क्लव अफ पोखराले दियो १५ लाखको वासिङ मेसिन

पोखरा, बैशाख ७ रोटरी क्लब अफ पोखराले पोखरा–१ स्थित विन्ध्यबासिनी प्राकृतिक चिकित्सालयलाई एक थान स्वचालित वासिङ मेसिन प्रदान गरेको छ । क्लवले रोटरीको जन्मदाता पाउल पि ह्यारिसको १५७ औं जन्मोत्सवको अवसरमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराद्वारा सञ्चालित पोखरा १ गुठिवारीस्थित विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई वासिङ मेसिन प्रदान गरेको हो । क्लवले रोटरी क्लब अफ निग्दी पुणे, महाराष्ट्र भारतको आर्थिक सहयोगमा १५ लाख बराबरको वासिङ मेसिन प्रदान गरेको क्लबका अध्यक्ष रोटरियन उर्दिपकुमार श्रेष्ठले जानकारी दिए । उनले रोटरी डिष्ट्रीक ३२९२ का… पुरा पढौ

तनहुँको मान्द्रे खोलामाथि कल्भर्ट निर्माण

दमौली । शुक्लागण्डकी नगरपालिकामा तोकिएको म्याद अगावै कल्भर्ट निर्माण सम्पन्न भएको छ । शुक्लागण्डकी–८ र १० जोड्ने मान्द्रे खोलामाथि दुई महिना अगावै कुखुरे कटहरे कल्भर्ट निर्माण भएको हो । उक्त कल्भर्टको शनिबार उद्घाटन गरिएको छ । नगरको आन्तरिक बजेटबाट कल्भर्ट निर्माण गरिएको हो । कल्भर्ट निर्माणका लागि गत मङ्सिर १० गते विसं २०८२ असार १५ गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । नगरले कल्भर्ट निर्माणका लागि रु २५ लाख बजेट विनियोजन गरेपनि रु २२ लाख १० हजार २५० मा ठेक्का… पुरा पढौ

निसीखोला बागलुङ– पोखरा सम्पर्क समाज कास्कीको रक्तदान कार्यक्रम सम्पन्न

पोखरा । निसिखोला बागलुङ– पोखरा सम्पर्क समाज कास्कीको रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ । समाजले पहिलो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा २२ युनिट रगत संकलन भएको हो । कार्यक्रममा संयोजक तथा नेपाल रेडक्रस सोसाईटी कास्कीका यमुना केसीले पहिलो रक्तदाता विष्णु कार्कीलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको सुरुवात गरिएको थियो । समाजका अध्यक्ष विमला कुमारी केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सन्तोष रेग्मीले गरेका थिए । पोखरामा आई बसोबास गरेका निसीखोलाबासीहरुलाई एकत्रित गरि गत वर्ष उक्त समाज… पुरा पढौ

‘बुद्धको उपदेशलाई विश्व शान्तिको भावनामा विकास गर्नुपर्ने’: गण्डकी प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बुद्धको उपदेशलाई विश्व शान्तिको भावनामा विकास गर्नुपर्नेमा जोड दिएका छ । लुम्बिनी विश्वविद्यालय, लुम्बिनी अनुसन्धान केन्द्रले पोखरामा बौद्ध सम्पदा, संस्कृति र साहित्यको अध्ययन अनुसन्धान केन्द्र स्थापनाको लागि आयोजित अन्तरक्रियात्मक गोष्ठीको उद्घाटन गर्दै उनले बुुद्ध दर्शनलाई विश्वभर फैलाएर नेपालले लाभ लिन सक्नुपर्ने बताए । बुद्ध धर्म यस धर्ममा आस्था राख्नेको मात्र नभइ सबैका लागि एउटा दर्शन र सिद्धान्त रहेको उल्लेख गर्दै उनले बुद्ध शिक्षा जीवनको नैतिक मार्गदर्शक भएको उल्लेख गरे । बुद्ध शिक्षाको अनुसरण र परिपालना… पुरा पढौ

पोखरामा क्लासिक सुईट्स टि-२० वुमन्स सुपर कप क्रिकेट च्याम्पीयनसीप हुँदै

पोखरा, बैशाख ६ पोखरामा क्लासिक सुईट्स टि–२० वुमन्स सुपर कप क्रिकेट च्याम्पीयनसीप आयोजना हुने भएको छ । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता माघ ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघले जनाएको छ । प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । प्रतियोगितामा ३ टीम सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा फिस्टेल अप्मस्ट, ईस्लामिया कंकरस र पोखरा फिनिक्स गरेर तीन… पुरा पढौ

बागलुङका चार पालिकामा क्षयरोग मुक्त अभियान

बागलुङका चार वटा पालिकामा क्षयरोग मुक्त अभियान सञ्चालन गरिएको छ । क्षयरोग पत्ता लगाउने, सर्ने दर न्यूनीकरण गर्ने र पत्ता लागेका क्षयरोगीलाई उपचार गरेर क्षयरोग मुक्त पालिका निर्माणका लागि जिल्लाका १० पालिकामध्ये बागलुङ नगरपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र काठेखोला गाउँपालिकामा क्षयरोग मुक्त अभियान थालिएको छ । गत वर्ष बडिगाड र गलकोटमा थालिएको अभियान यस वर्ष थप गरेर बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा पु¥याइएको हो । नेपाल सरकारले क्षयरोग मुक्त पालिका घोषणा कार्यविधिअनुसार चार पालिकामा क्षयरोग मुक्त अभियानअन्र्तगतका विभिन्न कार्यक्रम… पुरा पढौ