समाचार

राष्ट्रिय परीक्षा बोर्डले बोलायो बैठक, कक्षा १२ को परीक्षा मितिबारे टुंगो लाग्ने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी महत्वपूर्ण निर्णय गर्न आज बैठक बोलाएको छ । शिक्षकहरूको जारी आन्दोलनले शिक्षाको वातावरण प्रभावित भइरहेका बेला बोर्डले परीक्षा सञ्चालन गर्ने वा नगर्ने विषयमा छलफल गर्न बैठक डाकेको हो । बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर शिक्षकहरू चैत २० गतेदेखि आन्दोलनरत छन् । यद्यपि, सरकार र महासंघबीच पटकपटक संवाद भएका छन्, तर… पुरा पढौ

स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, प्रभाव कोशी र गण्डकी प्रदेशमा

हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत गण्डकी… पुरा पढौ

पोखरामा सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले खानेपानी संस्थानको ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीले नेपाल खानेपानी संस्थान पोखरा कार्यालय पुगी खानेपानीको सहज आपूर्ति नहुँदा समस्या भएको भन्दै ध्यानाकर्षण गराएको हो । टोलीले कार्यालय सहायक प्रमुख प्रबन्धक इञ्जिनियर आशिष कार्कीलाई भेटी पानी सहज आपूर्ति नहुँदा पर्यटन क्षेत्रले भोग्नुपरेको समस्याबारे जानकारी गराउँदै यसको समाधानका लागि आग्रह गरिएको सङ्घका अध्यक्ष सुवेदीले बताए । पर्यटकीय राजधानीमा पोखरा भ्रमण वर्ष २०२५ सञ्चालन भइरहेको अवस्थामा पानीको आपूर्ति सहज नहुँदा व्यवसायमा… पुरा पढौ

भूतपूर्व खेलाडी मञ्चको रजत वर्षमा, १२ महिना १२ कार्यक्रम गर्ने

पोखरा, बैशाख ८ नेपाली खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च रजत वर्षमा प्रवेश गरेको छ । २०५८ साल आजकै दिन बैशाख ८ गते स्थापना भएको मञ्च २५ वर्षिय रजत वर्षमा प्रवेश गरेको हो । ‘पोखरा म्याराथन’लाई ब्राण्डका रुपमा स्थापित गरेको मञ्चले रजत वर्षमा हरेक महिना विभिन्न ईभेन्ट गर्ने जनाएको छ । मञ्चले पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई निरन्तरता दिने बताएको छ भने त्यसबाहेक पोखरा महानगर पालिकाको “स्वच्छ पोखरा, स्वस्थ पोखरेली”को नारालाई आत्मसाथ गर्न सुरूवात गरिएको मासिक÷साप्ताहिक दौडलाई वर्षैभरी अर्थात १२ महिना… पुरा पढौ

चौतर्फी घेराबन्दीमा परेपछि शिक्षामन्त्री भट्टराईले दिईन् राजिनामा

चौतर्फी घेराबन्दीमा परेपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । शिक्षक महासंघको आन्दोलन नरोकिदा दवाबमा परेकी उनी प्रधानमन्त्रीसँगको भेटपनि सकारात्मक नभएपछि राजिनामा दिएको श्रोतले बताएको छ । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको भट्टराई निकट श्रोतले बताएको छ । शिक्षक आन्दोलन नरोकिएपछि उनी दवाबमा थिईन् । शिक्षकहरुको माग सम्बोधन गर्नका लागि पहल गरिरहँदा उनी प्रधानमन्त्री ओलीलाई भेट्न गएकी थिईन् । शिक्षकको माग सम्बोधनका लागि विभिन्न कोणबाट निकास निकाल्ने योजना सुनाउँदापनि प्रधानमन्त्री सकारात्मक नबनेको श्रोत बताउँछ । प्रधानमन्त्री… पुरा पढौ

तीन गाउँले थकाली सेवा समाजको नवनिर्मित दोश्रो तला भवनको उद्घाटन

पोखरा, बैशाख ८ पोखराको घारीपाटनस्थित तीन गाउँले थकाली सेवा समाज नेपालको नवनिर्मित दोस्रो तला भवनको उद्घाटन भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ एयरपोर्ट निवासी शक्तिप्रसाद थकालीले आफ्नी धर्मपत्नी स्व.भीमकुमारी थकालीको स्मृतिमा निर्माण गरिदिएको समाजको दोश्रो तला भवनको सहयोग दाता शक्तिप्रसादसहित पोखरा–७ का वडाध्यक्ष राममोहन आचार्य र पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा भीमकुमारी थकालीको स्मृतिमा निर्मित कक्षपनि उद्घाटन गरिएको थियो । सो भवनलको दोश्रो तला स्वर्गिय भीमकुमारीको श्रीमान शक्तिप्रसाद थकालीले १९ लाख ५०… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्ड:’वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने

पोखरा । नवौंं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपालले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही बैशाख २६ गते इभेन्ट सेन्टरमा हुने अवार्डको ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ पुरस्कारको प्रायोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपालले गर्ने भएको हो । सोमबार प्रतिष्ठानका तर्फबाट नवीन पुन र मञ्चका अध्यक्ष एमबि आस्था मगरबिच ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ पुरस्कारको प्रायोजन स्वरुप ३५ हजार रुपैयाँ सहयोग गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हेमबहादुर पुन स्मृति… पुरा पढौ

ऐतिहासिक काल्खु मेला सकियो: कालीकोटलाई भलिबलको उपाधि

स्याङ्जा, ८ बैशाख ।  स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा सम्पन्न ‘ऐतिहासिक काल्खु मेला’मा भलिबलतर्फको उपाधि कालीकोटले जितेको छ । जनसम्पर्क युवा क्लबले गत चैत्र पूर्णिमा (३० गते) देखि आयोजना गरेको साबिक वडास्तरीय भलिबलको फाइनलमा आइतबार ओरस्टेलाई ३–२ को सेटले हराउँदै कालीकोटले उपाधि जितेको हो ।उपाधिसँगै कालीकोटलाई नगद ८१ हजार रुपैयाँ, रनिङ शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए । उनका अनुसार उपविजेता टोली ओरस्टेले नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्याे । भने,… पुरा पढौ

मादी नदी लिफ्ट खानेपानी योजना अधुरै

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ मा निर्माण गर्न लागिएको मादी नदी लिफ्ट खानेपानी योजना अधुरै रहेको छ । निर्माणमा संलग्न व्यवसायीको लापरवाहीका कारण उक्त योजना समयमै निर्माण गर्न नसकिएको हो । भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको लगानीमा मादी नदी लिफ्ट खानेपानी योजना निर्माण गर्न लागिएको हो । निर्माणको ठेक्का पाएको ‘पराजुली कन्स्ट्रक्सन’का सञ्चालक सतिश पराजुलीले निर्माण कार्य बाँकी छाडेर सम्पर्कबिहीन भएपछि उक्त योजना सम्पन्न हुन नसकेको भादगाउँ खानेपानी तथा उपभोक्ता संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए ।… पुरा पढौ

गण्डकी प्रदेश सरकारद्वारा दुई विधेयक प्रमाणीकरण

गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले दुई विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख भट्टले गण्डकी प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक र केही गण्डकी प्रदेश ऐन खारेज गर्न बनेको विधेयक संविधानको धारा, २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।रासस पुरा पढौ