समाचार

पोखरा महानगर अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि भद्रकाली र वाराही मावि भिड्ने

पोखरा, चैत २८ पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि भद्रकाली मावि र वाराही मावि आमनेसामने हुने भएका छन् । विहीबार भएको सेमीफाइनल खेलमा भद्रकालीले अमरसिंह मावि र वाराही माविले त्रिभूवन शान्ती माविलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । प्रतियोगिता अन्तर्गत विहीबार भएको पहिलो सेमीफाइनल खेलमा भद्रकाली माविले अमरसिंह माविलाई १ रनले पराजित ग¥यो । पानी परेर ५ ओभर घटाएर १० ओभरमा झारिएको खेलमा टस जितेर अमरसिंह माविले फिल्डिङ रोजेपछि पहिलो ब्याटिङमा उत्रिएको भद्रकाली माविले… पुरा पढौ

पोखरामा ट्रकको ठक्करबाट स्थानिय माओवादी नेताको मृत्यू

पोखरा, चैत २८ पोखरामा आज भएको सडक दुर्घटनामा एक माओवादी नेताको मृत्यू भएको छ । पोखरा–९ पृथ्वीचोकमा आज दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिदा नेकपा माओवादी केन्द्र पोखरा–१४ का पूर्व अध्यक्ष तथा अखिलनेपाल किसान महासंघ –क्रान्तिकारी) कास्की जिल्ला समितिका सचिव शिवराज कँडेलको मृत्यू भएको हो । ट्रकको ठक्करबाट स्कुटरको पछाडि बसेका ५३ वर्षीय कँडेल घाईते भएपछि उद्दार गरेर गण्डकी मेडिकल कलेज लगिएपनि उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । ना. ५ ख. ६२२२ नम्बरको ट्रकले ग. १६ प. २०७५… पुरा पढौ

आज महावीर जयन्ती मनाइँदै

सत्य, अहिंसा र ब्रह्मचर्यको सन्देश प्रवाह गर्दै आज महावीर जैनको २६२४ औँ जन्मजयन्ती मनाइँदै छ । विशेषगरी जैन धर्मावलम्बी तथा श्रावकले अहिंसामूलक यो धर्मका प्रवर्तकको स्मरणका साथ यो दिवस मनाउँदैछन् । इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन राजपरिवारमा जन्मिएका महावीर जैन तपस्या गर्न दरबार त्यागेर हिँडेको जैन ग्रन्थमा उल्लेख छ । अहिंसा, सत्य र आफूलाई चाहिनेभन्दा बढी सङ्ग्रह नगर्ने महावीरको सन्देश हो । अरुलाई दुःख दिनु पनि एक प्रकारको हिंसा भएकाले त्यसो नगर्न उनले शिक्षा दिएका छन। रासस पुरा पढौ

कुमुदिनी होम्समा प्रथम एस्.ई.ई. कप जारी

२७,चैत्रपोखरा ।पोखरा ४ गैह्रापाटनमा रहेको  विद्यालय कुमुदिनी होम्समा एस् ई ई दिएर बसेका विभिन्न जिल्लाका  विद्यालयका विद्यार्थीहरुबीच प्रथम एस ई ई कप २०८१ मङ्गलवारदेखि  जारी छ।बुधवार सम्पन्न  फुटसलमा अमरसिंह मा. वि., पञ्चमुनि मा. वि. (ए) तनहुँ , राष्ट्रिय मा.वि., कास्की मोडनाइज्ड, विन्ध्यवासिनी मा.वि. ( बाटुलेचौर), छोरेपाटन मा.वि., शान्तिदीप मा.वि., जनप्रकाश मा. वि. (बि), जनप्रिय, प्रतिभा, बालोदय, स्टेप वाइ स्टेप, बालकल्याण , महेन्द्र , अमरसिद्धि मा. वि., वोइस्ट पोइन्ट  मा. वि.( बेनी ), प्रगति (बि), अल्फा बोर्डिङ दोस्रो चरणमा प्रवेश गरेको… पुरा पढौ

आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो

पोखरा, २७ चैत। १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ ।महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको हो। महोत्सवको चौथो दिन आज बुधबार मात्रै १० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । जुन महोत्सवका अन्य दिनको तुलनामा बढी हो । हालसम्म ३५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरिसकेको मूल आयोजक समितिका महासचिव हिक्मत थापा जानकारी दिए। महोत्सव अवलोकन गर्नकै लागि हेमजा लगायत पोखरा महानगरपालिका, अन्नपूर्ण तथा माछापुच्छ«े गाउँपालिका साथै छिमेकी जिल्लाबाट समेत मानिसहरु… पुरा पढौ

पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा

पोखरा, चैत २७ पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा जारी पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा पुग्ने ४ वटै टिमको बुधबार टुंगो लागेको हो । समूह चरणमा एक÷एक जितेका अमरसिंह मावि, भद्रकाली मावि, त्रिभूवन शान्ति मावि र वाराही मावि सेमीफाइनलमा प्रवेश गरेको पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । प्रतियोगिता अन्तर्गत अब विहीबार फाइनल प्रवेशका लागि… पुरा पढौ

एबिसी कपको उपाधिका लागि हेटौडा र रुपन्देही-११ भिड्ने

पोखरा ।तेश्रो एबिसी ४५+ ८–ए साइड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधि भिडन्तका लागि हेटौडा भेट्रान्स र रुपन्देही ११ भेट्रान्स फाइनल प्रवेश गरेका छन ।बुधवार सम्पन्न पहिलो सेमी फाइनलमा हेटौडाले चितवनलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा हेटौडाका प्रकाश महर्जनको गोल नै निर्णायक बन्न सफल भयो । उक्त खेलमा हेटौडाका सुमन केसीले प्लेयर अफ दी म्याचको उपाधी हात पारे ।त्यसैगरी दोश्रो सेमि फाइनलमा रुपन्देही ११ ले एसएनकेसीलाई टाईब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गर्यो… पुरा पढौ

पोखरा महानगर अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगितामा वाराही र त्रिभूवन माविको बिजयी शुरुवात

पोखरा, चैत २७ पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिता पोखरामा शुरु भएको छ । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा शुरु भएको प्रतियोगिता चैत २९ गते शुक्रबारसम्म जारी रहनेछ । प्रतियोगिताको पहिलो दिन वाराही मावि र त्रिभूवन माविले बिजयी शुरुवात गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा त्रिभूवन माविले लक्ष्मी माविलाई सुपर ओभरमा पराजित गर्दै बिजयी यात्रा शुरु ग¥यो । लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा भएको प्रतिष्पर्धामा त्रिभूवन माविले सुपर ओभरमा ९ रन बनाएको थियो । जवाफी ब्याटिङमा लक्ष्मी माविले… पुरा पढौ

भूमि आयोगद्वारा तनहुँमा जग्गा नापजाँच सुरु

भूमि समस्या समाधान आयोगले तनहुँका तीन पालिकामा जग्गा नापजाँच सुरु गरेको छ । आयोगले भानु नगरपालिका–२, व्यास नगरपालिका–१२ र शुक्लागण्डकी नगरपालिका–७ मा जग्गा नापजाँच सुरु गरेको हो । वर्तमान आयोग गठन भएपछि यसअघिको आयोगले गरेको कामलाई निरन्तरता दिइएको आयोगका विज्ञ सदस्य श्रीराम कार्कीले जानकारी दिए । ती वडाहरुमा यसअघि जग्गा नापजाँचको काम सुरु भएर आयोग विघटन भएपछि काम रोकिएको थियो । कार्कीले भने, “यसअघिको आयोगले काम सुरु गरेर जहाँ रोकिएको थियो, त्यही अधुरो कामलाई नै निरन्तरता दिने निर्णय भएको छ,… पुरा पढौ

गोरखामा डढेलो नियन्त्रण प्रयासः पातपतिङ्गर सङ्कलन गर्नेलाई नगद पुरस्कार

भीमसेनथापा गाउँपालिकाले डढेलो नियन्त्रणको प्रयासस्वरुप पातपतिङ्गर सङ्कलन’ कार्यक्रम कार्यान्वयन गरेको छ । कार्यक्रम कार्यान्वयनसँगै पालिकाले पातपतिङ्गर सङ्कलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा पनि गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीका अनुसार पालिकाभित्रका सामुदायिक वनबाट पातपतिङ्गर सङ्कलन गर्नेलाई प्रतिकिलो रु दुईका दरले नगद उपलब्ध गराउने निर्णय भएको छ । पातपतिङ्गर जोकोही, टोल विकास संस्था, क्लब, समूह, सहकारी संस्था, निजी फर्म तथा कम्पनीले सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति तथा वडा कार्यालयसँग समन्वय गरेर सङ्कलन गर्न पाउनेछन् । “सङ्कलित पातपतिङ्गर… पुरा पढौ