समाचार

सैनिक वस्ती ग्रुप नं १ को विविध कार्यक्रमका साथ स्थापना दिवस सम्पन्न

लेखनाथ । पोखरा महनागर पालिका वडा नं २९ मा रहेको सैनिक वस्ती ग्रुप नं १ ले विविध कार्यक्रमका साथ आफनो १२ औं स्थापना दिवस मनाएको छ । विषेश गरि नेपाल तथा भारतीय सेना तथा पुलीसमा रहेका ब्यक्तिहरुको वसोवास रहेको उक्त ठाउमा रहेका करिव सय घर धुरी परिवार एकै ठाउमा जम्मा भई सामुहिक रुपमा आफनो स्थापना दिवस मनाएका हुन् । विविध सास्कृती कार्यक्रम,सन्मान र वार्षिक कार्ययोजनाको समिक्षा गरिएको कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २९ का वडासदस्य क्षेत्र वहादुर गुरुङले… पुरा पढौ

चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे

गलकोट । चैते दसैँ सुरु भएसँगै बागलुङस्थित कालिका मन्दिरमा धार्मिक पर्यटकको बढेका छन् । आइतबारदेखि नवरात्र सुरु भएको छ । चैते दसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजा उपासना गरिन्छ । चैते दसैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढा–टाढाबाट भक्तजन आउने गर्दछन् । चैतको नवरात्रमा बागलुङ कालिकाको पूजाआराधना र बलि दिइँदा आँटेको पुग्ने जनविश्वास छ । गण्डकी प्रदेशको मुख्य शक्तिपीठका रूपमा मन्दिरमा अहिल भक्तजनको भीड लागेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए। “चैते दसैँको… पुरा पढौ

चन्दा सङ्कलन गरी पदमार्ग निर्माण

पर्वत । पर्वत कुश्मा नगरपालिका–३ आम्बोटबासी चन्दा सङ्कलन गरी पदमार्ग निर्माण गरेका छन् । राजमार्गभन्दा झण्डै ५०० मिटरमाथि जङ्गलमा रहेको आम्वोट आधारभूत विद्यालयसम्म जाने बाटो नभएपछि स्वदेश तथा विदेशमा रहेका व्यक्तिले चन्दा सङ्कलन गरेर पदमार्ग निर्माण गरेका हुन् । पदमार्ग निर्माणका लागि रु ११ लाख सङ्कलन भएको उक्त विद्यालयका प्रधानाध्यापक मीना गुरुङले बताए । अङ्ग्रेजी माध्यममा शिशुदेखि तीन कक्षासम्म पढाइ हुने विद्यालयसम्म पुग्नका लागि पदमार्ग निर्माण गर्नुपरेको उनले बताए । विद्यालयमा अहिले ३१ जना विद्यार्थी अध्ययनरत छन् । विसं २०५२… पुरा पढौ

बेनीमा चक्रपथ स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दी जिल्ला सदरमुकाम बेनी बजारमा चक्रपथ स्तरोन्नति योजना सुरु भएको छ । बेनी नगरपालिका–८ कालीपुलदेखि वडा नम्बर ७ मा रहेको दरवाङ बसपार्क जोड्ने कालीगण्डकी र म्याग्दी नदी किनारको सडक स्तरोन्नति गर्न थालिएको हो । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङसँग रु तीन करोड १९ लाखमा ठेक्का सम्झौता गरेको विकेश–दुप्चेश्वर–सुभम जेभीले पहिलो चरणमा नाली निर्माणको काम थालेको छ । योजनामार्फत ९०० मिटर सडकको कुनातर्फ टेवा पर्खाल, नाली, डिलमा रेलिङ निर्माण गरी पाँचदेखि छ मिटर चौडाइका दरले ढलान… पुरा पढौ

सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण थालिएन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ नम्बर वडाको सिमाना भएर बग्ने दाङखोलामा १८ मिटर लामो पुल निर्माण गर्न सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन । धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार २०७८ साल जेठ ८ गते सम्पन्न हुनुपर्ने पुलको निर्माण सुरु नभएको हो । विसं २०७५ मा दाङखोलामा धवलागिरि गाउँपालिकाले निर्माण गरेको अस्थायी पुल जीर्ण भएको र नयाँ पुल निर्माण नहुँदा गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवागमनमा समस्या भएको छ । पुल… पुरा पढौ

गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै

गण्डकी । गण्डकी प्रदेश सरकार मातहतका सबै अस्पतालको सेवा विस्तार र स्तरोन्नति गरिने भएको छ । अस्पताल स्तरोन्नतिबारे मन्त्रिस्तरीय निर्णय गरी आर्थिक मामिला र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्णायार्थ पठाइएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए । “नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाहका लागि अस्पतालहरूको स्तरोन्नति आवश्यक देखिएपछि सोहीअनुसार काम गर्न लागिएको हो”, उनले भने, “मन्त्रिपरिषद्को निर्णयपछि स्तरोन्नतिको काम थप अगाडि बढ्ने छ ।” स्वास्थ्यमन्त्री पाठकका अनुसार प्रदेश अस्पताल मुस्ताङ र मनाङलाई १५ श्ययाबाट २५ श्ययामा स्तरोन्नति गर्न लागिएको हो ।… पुरा पढौ

गण्डकीका मन्त्री थापा निरन्तर सामाजिक सेवामा : ७ वर्षमा खर्चिए ७९ लाख

पोखरा, चैत १९ गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले झण्डै ८० लाख सामाजिक सेवामा खर्चिएका छन् । राज्यबाट प्राप्त सम्पूर्ण सेवा–सुविधा जनताको हितमा खर्च गर्दै आएका थापाले पछिल्लो ७ वर्षमा ७९ लाख ४२ हजार ३ सय ९० रुपैयाँ सामाजिक सेवामा खर्च गरेको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । २०७४ सालबाट निरन्तर दुई पटक प्रदेश सभा सदस्यमा निर्वाचित थापा हाल विगत दुई वर्षदेखि प्रादेशिक मन्त्री छन् । उनले ७ वर्षको अवधीमा प्रदेशसभा र मन्त्रालयबाट… पुरा पढौ

गण्डकीमा भागवण्डामा खेलकुद पदाधिकारी नियुक्त

पोखरा, चैत १९ गण्डकी प्रदेशका ८ जिल्लाहरुले नया खेलकुद पदाधिकारी पाएका छन् । गण्डकी प्रदेशमा भागवण्डाका आधारमा ८ जिल्लाका खेलकुद विकास समितिमा पदाधिकारी नियुक्त गरिएको हो । गण्डकीमा ११ जिल्ला भएपनि ३ जिल्लामा भने पदाधिकारी अझै नियुक्त भएका छैनन् । गण्डकी प्रदेशका सबै जिल्ला खेलकुद विकास समितिमा फागुन ९ गतेदेखि पदाधिकारी रिक्त रहेका थिए । जसका कारण खेलकुदका कामकारवाही प्रभावित भएका थिए । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेलाई भागवण्डा… पुरा पढौ

एयरपोर्ट टोल विकास संस्थाको अध्यक्षमा तिमिल्सिना

पोखरा । एयरपोर्ट टोल विकास संस्थाको अध्यक्षमा संगिता गौतम तिमिल्सिना चयन भएकि छन । पोखरा-८ स्थित एयरपोर्ट टोल विकास संस्थाको शनिबार सम्पन्न बिसौं वार्षिक साधरणसभा तथा नवौं अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यस्तै बरिष्ठ उपाध्यक्षमा शोभा शर्मा, उपाध्यक्ष सरला लामिछाने अधिकारी, सचिवमा आशु गुरुङ, कोषाध्यक्षमा रिना थापा, सह-सचिवमा आशा जिसी चयन भएका छन् । यस्तै सदस्यहरुमा माया रिमाल, सबिता गुरुङ, सबिना पाईजा, लिलाकाजी गुरुङ, अम्बिका रेग्मी, कल्पना बडगामी, भगवती घिमिरे, पूर्ण माया नकर्मी… पुरा पढौ

पोखरा स्पोट्र्स अवार्डलाई सफल बनाउने खेल संघहरुको प्रतिबद्धता

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी खेल संघ तथा क्लबसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाखमा हुने नवौं संस्करणको पोखरा स्पोटर्स् अवार्ड लक्षित गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रममा विभिन्न खेल संघका पदाधिकारीले अवार्ड सम्पन्न गराउन प्रतिबद्धता जनाउँदै छनोट गर्दा विशेष ध्यान दिन समेत सुुझाव दिए । सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले अवार्डका लागि आफुहरुको तर्फबाट आर्थिक नैतिक र भौतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्पोट्र्स अवार्ड विशुद्ध गण्डकी प्रदेशको खेलकुदको… पुरा पढौ