समाचार

पोखरामा स्कुटर जलाउने ५ जनासहित ८ जना पक्राउ

CHORI
पोखरामा स्कुटर जलाउने र स्कुटर चोरी गर्ने दुई समूहका ८ जना पक्राउ परेका छन् । पोखरामा यहि चैत १३ गते राती पोखरा महानगरपालिका वडा नम्बर २० भलामस्थित घरमा पार्किङ गरिराखेको ग.११ प. ७५३७ नम्बरको स्कुटर चोरेर जलाएको र अन्य ९ वटा स्कुटर चोरी गरेको आरोपमा कास्की प्रहरीले दीनेश गुरुङसहित ८ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये गुरुङको मात्रै पहिचान खुलाइएको छ । उनी गोरखा स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं.१६ दिप बस्दै आएको प्रहरीको भनाई छ ।… पुरा पढौ

खहरेमा घरघरै खानेपानीको धारा आएपछि स्थानीयवासी हर्षित

बन्दीपुर । तनहुँको भानु नगरपालिका–३ खहरेमा घरघरै खानेपानीको धारा आएपछि स्थानीयवासी हर्षित भएका छन् । लामो समयसम्म एक गाग्री खानेपानीका लागि घण्टाँै कुर्नुपर्ने समस्या भोगेका स्थानीयवासी घर–घरमा जडान गरिएका धाराबाट पानी आउन थालेपछि हर्षित बनेका हुन् । खानेपानीको समस्या झेल्दै आएका खहरे, दोरदोरटार र चिप्लेटीका स्थानीय घरघरै धारा जडानपछि नाम्लो र डोको बोक्नुपर्ने बाध्यता हटेको बताउँछन्। आयोजनाको नेपाली कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँको अधिकांश ठाउँमा शुद्ध खानेपानीको पहुँच पुर्‍याउने उद्देश्यले १० वर्षसम्म निरन्तर गाउँलेसँग सहयात्रा गरी विभिन्न निकाय धाउँदै… पुरा पढौ

खाद्य शुद्धतालाई दृष्टिगत गर्दै अर्गानिक फुड बैंक

पोखरा । बजारमा बढ्दो विषादीयुक्त अशुद्ध खाद्यान्नको बिक्री बितरणका कारण मानव स्वास्थ्यमा नै गम्भीर प्रभाव परिरहेको अवस्थामा खाद्य शुद्धतालाई दृष्टिगत गर्दै पोखरामा अर्गानिक फुड बैंक सञ्चालनमा ल्याइएको छ । दीपक जोशी उहाँका श्रीमती खुश्वु जोशी सहितको सकृयतामा अर्गानिक फुड बैंक सञ्चालनमा ल्याइएको हो । पोखरा महानगरपालिका वडा नं १२ भृकुटी टोल(परिवार नियोजन संघको भवनदेखि ५०० मिटर उत्तरपूर्व) सञ्चालनमा आएको फुड बैंकको एक समारोहका बीच आर के हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक बरिष्ठ सेफ आर.के.लामाले उद्घाटन गरे । कार्यकममा बरिष्ठ… पुरा पढौ

दृष्टिविहिन शिक्षक सापकोटा जर्मन प्रस्थान

दुलेगौंडा । तेस्रो विश्व अपाङ्गता शिखर सम्मेलनमा भाग लिन दृष्टिविहिन शिक्षक एवम् कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटा जर्मन प्रस्थान गरेका छन् । जर्मन सरकार र जोर्डन सरकारको आयोजनामा अप्रिल २ र ३ तारिखमा जर्मनीको बर्लिनमा हुने सो सम्मेलनमा भाग लिन सापकोटा सोमवार विहान प्रस्थान गरेका हुन् । जर्मनीमा अप्रिल १ तारिखमा हुने शिभिल सोसाईटी फोरम र २ र ३ तारखिमा हुने ग्लोबल डिसएबीलिटी समिट (जीडिएस) मुख्य कार्यक्रम र शिक्षा सम्बन्धी साइडी इभेन्टहरुमा उनी सहभागि हुने छन् । सापकोटा अप्रिल… पुरा पढौ

पत्रकार महासंघ गण्डकीले बुझायो मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

पोखरा । पत्रकारको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलित छ । महासंघ केन्द्रीय समितिको आह्वानमा सोमबार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले मुख्यमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सो पत्र बुझाएका हुन् । पत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले आन्दोलनका क्रममा जनधनको जुन क्षति भएको छ, सत्यतथ्य पत्ता लगाएर राज्यको तर्फबाट गर्नुपर्ने सहयोग तथा दोषीलाई कानूनी कठघरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए । उनले निरंकुश राजतन्त्रको… पुरा पढौ

हरेक धर्मका सकारात्मक पक्षलाई अनुसरण गरौँः गण्डकी प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले हरेक धर्मका सकारात्मक पक्षलाई अनुसरण गर्नुपर्ने बताएका छन । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद–उल–फित्र) का अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले विविधतामा एकता नेपालीको विशिष्ट पहिचान भएको र विविधताबीचको एकता नेपालीको विशिष्ट पहिचान भएको बताए । ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आपसमा शुभकामना र आशीर्वचन आदानप्रदान गरिनाका साथै मिष्टान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको उल्लेख गर्दै सन्देशमा यस पर्वले भाइचाराको भावना तथा बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको… पुरा पढौ

थाइल्याण्डको औपचारिक भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराएका छन। प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कूटनीतिकसम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको जानकारी गराए । यही चैत १९ गते मङ्गलबारबाट थाइल्याण्डमा नेपालका प्रधानमन्त्रीबाट पहिलो औपचारिक भ्रमण हुँदैछ । प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरुको भ्रमणमा ‘गेट–वे’को रुपमा रहेको बैङ्ककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैंँमा महत्वपूर्ण हुने बताए । भ्रमणका क्रममा… पुरा पढौ

सुनको भाउमा दिनदिनै कीर्तिमानः आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनको भाउमा दिनदिनै कीर्तिमान कायम भएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । जुन मूल्य आजसम्मकै उच्च भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि सामान्य बढेको छ । अघिल्लो दिन तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार भने तोलामा २ हजार ३५… पुरा पढौ

बागलुङका १ सय ६ खानेपानी मुहानमा कोलिफर्म भेटियो

बागलुङ जिल्लाका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकासहित जिल्लाका १० स्थानीय तहका विभिन्न दुई सय ८५ स्थानमा कोलिफर्म परीक्षण गरेको थियो । सबैभन्दा बढी जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाको खानेपानीमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रयोगशाला प्राविधिक डिल्ली आचार्यले जानकारी दिए । उनका अनुसार काठेखोलामा ४७ वटा मुहानमा परीक्षण गरेकामा २७ वटा र जैमिनीमा एक सय छ वटा मुहानमा परीक्षण गरेकामा ४४ वटामा भेटिएको हो… पुरा पढौ

मुस्लिम समुदायले ईद पर्व मनाउँदै, आज सार्वजनिक बिदा

सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो । इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ । रासस पुरा पढौ