समाचार

फेवा महोत्सवलाई आमा समूह र संघसंस्थाको साथ

पोखरा, १९ चैत । होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव बर्ष महोत्सव २०८२ लाई पर्यटनसँग सम्वन्धित विभिन्न संघसंस्था र आमा समूहहरुले सघाउने प्रतिवद्धता जनाएका छन् । उल्लेखित संस्थाका अध्यक्ष तथा पदाधिकारीसँग संघले सोमबार र मंगलबार दुई अन्तरक्रिया तथा छलफल कार्यक्रम राखी महोत्सव सफल बनाउन सल्लाह र सुझाव मागेको थियो । छलफल कार्यक्रममा संघसंस्था र आमा समूहका पदाधिकारीले फेवा महोत्सव आफ्नै घरगाउँको महोत्सव भएको र यसले नेपाली… पुरा पढौ

पोखरा महानगरद्वारा कृषकबीच कृषिसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता

गण्डकी । कृषकहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धिका लागि पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाले महानगर क्षेत्रका कृषि सञ्जालहरूको सहभागितामा कृषि हाजिरीजवाफ ‘कृषि क्विज २०८१’ प्रतियोगिता गरेको छ । कुल ३१ समूहको सहभागिता रहेको प्रतियोगितामा वडा कृषि सञ्जाल ३०, १३ र २९ क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । विजयीलाई क्रमशः रु २० हजार, रु १५ हजार र रु १० हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताका सहभागी समूह सबैलाई हजारी, मालेपाटन–१ बोडी, कागुनो तथा बास्ना आउने घिराँैलाको बीउ पनि… पुरा पढौ

सहकारी दिवसको अवसरमा पामे बजार सरसफाई

६८ औं राष्ट्रिय सहकारी दिवस अवसरमा पामे बचत तथा ऋण सहकारीले पामे बजारमा सरसफाई कार्यक्रम गरेको छ । पोखरा २४ पामे बजारमा सहकारीका सदस्य सहित स्थानीय, प्रहरी, आमा समुह मिलेर सरसफाइ गरेका हुन् । सरसफाइ अभियानमा फेवा क्लब पामे, फेवा आमा समुह पामे, सिर्जनशिल आमा समुह पामे, प्रहरी चौकी पामे लगाएतको सक्रिय सहभागीता रहेको थियो ।मर्यादीत सहकारी, समुउन्नत समाज भन्ने मूल नाराका साथ ६८ औं राष्ट्रिय सहकारी दिवस बुधबार मनाउदै छन् ।पामे बजार फेवातालका मुहान क्षेत्रका साथै पर्यटकी स्थल भएका… पुरा पढौ

गण्डकीका मन्त्री थापाद्धारा हालसम्म ७९ लाख सामाजिक सेवामा खर्च

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले राज्यबाट प्राप्त सम्पूर्ण सेवा–सुविधा जनताको हितमा खर्च गर्दै आएका छन् । मंगलबार नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले आफ्नो पहिलो कार्यकालदेखि नै सेवा–सुविधाको रकम स्थानीय जनताका आवश्यकताअनुसार रचनात्मक कार्यमा लगाउँदै आएको उल्लेख गरे ।“जनताको प्रतिनिधि भएपछि तिनको आवश्यकतालाई सम्बोधन गर्नु मेरो कर्तव्य हो। मैले पाएको सेवा–सुविधा बापतको रकम सामाजिक कार्यमा खर्च गर्दै आएको छु”, मन्त्री थापाले भने। मन्त्री थापाका अनुसार २०७४ सालदेखि… पुरा पढौ

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र अन्तिम उपाधि हो । गुरुङले गत वर्ष डिसेम्बरमा ९ डान प्राप्तिका लागि कोरियाको सियोलास्थित विश्व तेक्वान्दो महासंघमा प्रयोगात्मक र लिखित परीक्षा दिएका थिए । महासंघले सोमबार यसको नतिजा घोषणा गरेको हो । सो–सम्बन्धी प्रमाणपत्र यसवर्ष जुनमा आयोजना हुने कार्यक्रममा प्रदान गरिनेछ ।  ओलम्पियन दीपक विष्ट कुनै पनि नेपालीले हालसम्म ७ डानभन्दा माथि प्राप्त गर्न नसकेको बताउँछन् । ७ डान प्राप्त… पुरा पढौ

आजको मौसम: पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति… पुरा पढौ

नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र

नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र गरिएको छ । पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र गरिएको हो । योजनाका सूचना अधिकारी शिव खनालका अनुसार आउँदो बर्खा अगाडि नै बाँकी १३ किलोमिटर सडकसमेत कालोपत्र गर्ने लक्ष्यअनुसार काम भइरहेको छ । दाउन्ने खण्डमा यात्रा गर्दा सास्ती खेप्नुपरेकाले सो क्षेत्रमा चार किलोमिटर र घुमाउरो घुम्तीमा चार किलोमिटर सडक वर्षाअघि नै ढलान गरिने उहाँले बताए । ढलानको काम यसै सातादेखि थालिने छ । “पहिलो… पुरा पढौ

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ । चालु वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले बताए । “अन्नपूर्ण आधार शिविरमा आरोहण टोलीले टेन्ट टाँगेर गाउँ जस्तै बनाएका छन्”, उनले भने, “आरोहण टोलीका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूको पनि आगमन सुरु भएको छ ।”… पुरा पढौ

पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट नियमित अन्र्तराष्ट्रिय उडान शुरु

पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट नियमित अन्र्तराष्ट्रिय उडान शुरु भएको छ । चीनको ल्हासाबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको हो । ल्हासाबाट १०७ यात्रु बोकेको हिमालय एयरलाइन्सको जहाज सोमबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको पोखरा अन्र्तराष्ट्रिय विमानस्थलले जनाएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार जहाजमा ३२ चिनियाँ र ७५ नेपाली नागरिक आएका हुन् । उनीहरूलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालका लागि चिनियाँ राजदूत छेन सङलगायतले स्वागत गरेका थिए । पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो वायु सेवा कम्पनी… पुरा पढौ

हेमजामा आलु महोत्सव चैत २४ देखि बैशाख ३ गतेसम्म हुने, महोत्सवमा ४० टनको आलुको पहाड बनाईने

पोखरा, चैत १८ पोखरामा चैत चौथो सातादेखि आलु महोत्सव आयोजना हुने भएको छ । विष्णुपादुका क्लवको आयोजनामा पोखरा–२५ हेमजामा यहि चैत २४ गतेदेखि बैशाख ३ गतेसम्म तेह्रौं संस्करणको ‘राष्ट्रिय हेमजा आलु महोत्सव’ आयोजना हुन लागेको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक विष्णुपादुका क्लवले जनाएको छ । आलु महोत्सवमा ४० टनको आलुको पहाड बनाईने क्लवले बताएको छ । जसका लागि आलु संकलन गरी भण्डारण गरेर राखिएको क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।… पुरा पढौ