समाचार

भुमेथानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माण गरिँदै

पर्वत । धार्मिक एवं पर्यटकीय महत्वको भुमेथानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पर्वतको जलजला गाउँपालिका–७ धाइरिङस्थित रु चार करोडका पूर्वाधार निर्माण गर्न थालिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले सङ्घीय सरकारको रु चार करोड बजेटमा बहुवर्षीय ठेक्का लगाएर विभिन्न संरचना निर्माण गर्न थालेको जनाएको छ । भुमेथान, शिवालय क्षेत्र पूर्वाधार निर्माण योजनामार्फत पर्यटकीय संरचना निर्माण गर्न लागेको कार्यालयका इन्जिनियर गोपीचन्द्र आचार्यले जानकारी दिए। योजनाअन्तर्गत भुमेथान परिसरमा ग्यावियन तथा मेसिनरी पर्खाल निर्माण, ढुङ्गा बिच्छ्याउने, शौचालय निर्माण र… पुरा पढौ

सम्झौताको पाँच वर्षपछि कुश्मिसेरा–राङ्खानी सडकले लियो गति

गलकोट । ठेक्का सम्झौता भएको पाँच वर्षपछि बागलुङ कुश्मिसेरा–राङ्खानी सडक स्तरोन्नतिले गति लिएको छ । दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता गरेको बागलुङको कुश्मिसेरा–राङ्खानी सडक पाँच वर्षपछि मात्रै कालोपत्र हुने आश पलाएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र बनेको सडक स्थानीयको आन्दोलन र पूर्वाधार कार्यालय घेराउपछि काम सुरु भएको हो । पछिल्लो ठेक्का खोलिएको राङ्खानीबाट बरेङ जाने सडक कालोपत्र भइसक्दा पनि २०७६ सालमा काम सुरु गरेको १० किमी खण्ड सम्पन्न नभएको भन्दै स्थानीयले गत पुसमा पूर्वाधार कार्यालय घेराबन्दी गरेका… पुरा पढौ

माओवादी कास्कीमा कोइराला समूहको समानान्तर गतिविधि कायमै, स्ववियू निर्वाचनमा छुट्टै प्यानल

पोखरा, चैत ३ नेत्रनाथ अधिकारी (हिमाल) ईञ्चार्ज बनेर आएपछि नेकपा माओवादी केन्द्र कास्कीमा गुटगत लडाईं अन्त्य हुने कार्यकर्ताको अपेक्षा थियो । किनकी राजकाजी गुरुङ (करण) र रामजीप्रसाद बराल (जीवन)लाई देखाएर दीपक कोईराला (रुपक)ले पार्टी भित्र असन्तुष्टि जनाउँदै आएका थिए । त्यो असन्तुष्टि बढ्दै गएर समानान्तर गतिविधिमासमेत परिणत हुन थालेपछि करीब २ महिनाअघि पार्टी हेडक्वाटरले कास्की ईञ्चार्ज फेर्दै अधिकारीलाई ईञ्चार्ज बनाएको थियो । राजकाजी र रामजीलाई कुनैपनि हालतमा ईञ्चार्ज नस्वीकारेका कोइराला आफै ईञ्चार्ज बन्ने ध्याउन्नमा थिए । तर हेडक्वाटरले कोइरालालाई नपत्याएपछि… पुरा पढौ

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व साथ, वान्समोर हुटिङ बारम्बार

पोखरा, चैत २ सांगीतिक विरासत फर्काउन पोखराबाट शुरु भएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम स्याङ्जाको वालिङमा भव्य रुपमा सम्पन्न भएको छ । पोखराको अपार सफलतापछि देशव्यापी अभियान शुरु गरेको ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन वालिङमा दर्शकको अभूतपूर्व साथ पाउँदै सम्पन्न भएको हो । चेम्बर अफ कमर्स वालिङको आयोजनामा जारी ‘प्रथम पिङ्क सिटी महोत्सवको अवसर पारेर आयोजित ‘व्याक टु नाइन्टिज’मा करीब १० हजार दर्शक सहभागी भए । नब्बेको दशकमा उदाएर राष्ट्रिय÷अन्र्तराष्ट्रिय ख्याती कमाउन सफल डि–मर्चा, लेकाली, देउराली, ब्रोसिस, मध्याह्न… पुरा पढौ

नेकपा एमाले पोखरा १७ ले शुरु ग¥यो जरा अभिायन

नेकपा एमाले वडा कमिटी पोखरा १७ ले आजदेखि संङगठन विस्तारका लागि टोल केन्द्रित जरा अभियान सञ्चालन गरेको छ । एमालेका नेता तथा कार्यकर्ता एवम् जनप्रतिनिधि सहित जनताको घरघर पुगेर स्थानीय समस्या पहिचान गरि समाधानमा गर्दै पार्टीलाई जनतासंग जोड्ने अभियानमा जुटेका हुन । पार्टी जनसंगठन तथा नयाँ पार्टी सदस्यता विस्तार र नविकरण गर्दै वडा तहमा पार्टीको उपस्थितिलाई मजवुद बनाउने उदेश्यका साथ अभियानमा जुटेको एमाले १७ का वडा अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । उहाँका अनुसार कास्की जिल्ला कमिटीको सर्कुलर अनुसार काउसेघारीस्थित… पुरा पढौ

पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको शपथग्रहण

पोखरा । पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले पदिय जिम्मेवारीको सपथ लिएका छन ।फाइनान्स सञ्चालक समितिको ५४७ औँ बैठकको निर्णय अनुसार २०८१ चैत १ देखि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका गुरुङले केन्द्रीय कार्यालय, न्यूरोड पोखरामा संस्थाका अध्यक्ष राज कुमार गुरुङबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन । कार्यक्रमको प्रारम्भमा वित्तीय संस्थाका अध्यक्ष राज कुमार गुरुङले वित्तीय संस्था तथा नवनियुक्त प्रमुख कार्यकारी अधिकृतका बारेमा संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रममा पोखरा फाइनान्सका अध्यक्ष राजकुमार गुरुङले… पुरा पढौ

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको रक्तदानमा ५१ युनिट रगत सकंलन

बुद्व विशाल बजार व्यापारिक एशोसिययसनले एघारौं पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ । कार्यक्रममा पोखरा उधोग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पहिलो रक्तदाता बुद्व विशाल बजार व्यापारिक एशोसिययसनका सल्लाहकार माधब सिग्देललाई ब्लड ब्याग हस्तान्त्रण गरी कार्यक्रम उद्घघाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उधोग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले सवैभन्दा ठुलो दान रक्तदान कार्यक्रम आयोजना गरेकोमा एशोसियसनलाई धन्यवाद दिदै आफुले व्यवसायीहरूको हक हितको लागि सधैन आवाज उठाउदै आएको र भविश्य पनि उठाउने बताउदै… पुरा पढौ

चीनसँगको सहकार्यलाई प्रगाढ बनाउँदै पारिस्परिक हितमा लगानी बढाउनुपर्छः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकता औँल्याएका छन । फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमले आज यहाँ आयोजना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) र नेपाल चीन सहकार्यसम्बन्धी ‘काष्ठमण्डप डायलग’मा उहाँले लगानी सम्भावनालाई सही रूपमा पहिचान गरी बिआरआईअन्तर्गत नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। सभामुख घिमिरेले असल मित्र र निकट छिमेकीका रूपमा नेपालले चीनको प्रगतिमा गौरव गर्नुका साथै बृहत् आर्थिक साझेदारीमार्फत चीनको अद्वितीय विकास र समृद्धिबाट लाभ… पुरा पढौ

शिक्षकका मागलाई शीघ्र सम्बोधन गर्नुपर्नेमा अध्यक्ष ‘प्रचण्ड’ को जोड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन । विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डल आज भएको भेटमा उनले शिक्षकका जायज मागलाई बेवास्ता गर्न नहुने बताए। “अहिले जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन्। उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नेतर्फ जान सकिन्छ,” विधेयकलाई तत्काल पारित गर्नुपर्नेमा जोड दिँदै भने, “ मुख्य कुरा इच्छाशक्तिको हो । शिक्षा र… पुरा पढौ

कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण

पछिल्लो समय नेपाली स्वदेशी पर्यटकका लागि उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उत्तरी कोरला नाका निकै चर्चामा छ । कोरला नाकामा पुगेर त्यहाँको दजगजा सीमास्तम्भमा फोटो खिच्नेदेखि नेपाली भूमिबाट उत्तरतर्फ अवस्थित चीनको स्वशासित क्षेत्र तिब्बतको पठार भूमिमा निर्माण भइसकेका भव्य संरचना अवलोकन गर्ने नेपाली स्वदेशी पर्यटकको क्रेज ह्वात्तै बढेको छ । त्यसो त चीनसँग सिमाना जोडिएको कोरला नाका क्षेत्रको पठार भूमि र त्यहाँबाट देखिन मनोरम दृष्यहरूले त्यहाँ पुग्ने जोकोही पर्यटक माहित नहुने त कुरै भएन । त्यसैका कारण गर्मीयाम… पुरा पढौ