समाचार

दूध बेचेर मासिक दुई लाख कमाइ

तनहुँको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला विगत चार वर्षदेखि व्यावसायिक गाईपालनमा व्यस्त छन् । गाडी व्यवसायीसमेत रहेका बाँस्तोलाले कोरोना सङ्क्रमणका बेला बन्दाबन्दी ९लकडाउन० हुँदा चर्को समस्या खेप्नु परेपछि गाउँ फर्किएर पशुपालन पेसा सुरु गरेका हुन् । लकडाउन हुनुअघि गाडी व्यवसायबाट राम्रै आम्दानी हुने गरे पनि लकडाउनका कारण व्यवसाय धराशायी बनेपछि आफूले यो पेसा अँगालेको कृषक बाँस्तोलाले बताए । उनको फार्ममा अहिले २२ वटा गाई छन् । जसमध्ये १५ वटा लैना गाईबाट दैनिक दुई सय लिटर दूध बिक्री गर्दै… पुरा पढौ

तनहुँमा च्याउ खाँदा दश जना बिरामी

तनहुँमा च्याउ खाँदा तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलका दश जना बिरामी भएका छन् । म्याग्दे गाउँपालिका–६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोलस्थित मामाघारमा लगेर पकाएर खाँदा दश जना बिरामी भएका हुन् । बिरामी हुनेमा व्यास नगरपालिका–६ का ६३ वर्षीय गुरुबहादुर पुलामी, ३१ वर्षीय सुरेन्द्रबहादुर पुलामी, ३० वर्षीय नारायण मगर, २३ वर्षीया पवित्रा मगर, ४२ वर्षीय तिलबहादुर थापा मगर, ६६ वर्षीय चक्रबहादुर पुलामी, १८ वर्षीया आरती पुलामी, ३६ वर्षीय केशव पुलामी, ६५ वर्षीया सीता पुलामी र चार वर्षीय… पुरा पढौ

सनराईज क्लवको स्थापना मनायो

लेखनाथ,१ चैत्र । पोखरा महानगरपालिका वडा नं २६ को अर्घौमा रहेको सनराईज क्वले आफनो १६ औं स्थापना दिवस विद्यार्थीहरुलाई सहयोग गरेर मनाएको छ । हरेक वर्षको स्थापना दिवसमा कुनै न कुनै रचनात्मक कार्य गर्दै आएको क्लवले यस वर्ष पोखरा–२६ मा रहेको लक्ष्मी आदर्श माविमा अध्यानरत २३ जना जेहेन्दार तथा गरिव विद्यार्थीहरुका लागि स्टेशनरी र झोला वितरण गरेर मनाएको हो । सोही अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले आर्थीक अभावका कारण विद्यालय जानबाट कुनै पनि विद्यार्थीहरु… पुरा पढौ

शिद्धेश्वर योग ध्यान केन्द्रले स्थापना दिवस मनायो

लेखनाथ,१ चैत्र । पोखरा महानगरपालिका वडा नं २६ को सक्नेरीमा स्थापना गरिएको शिद्धेश्वर योग ध्यान केन्द्रले शुक्रवार आफनो प्रथम स्थापना दिवस मनाएको छ । कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्रि खगराज अधिकारीले योग र ध्यानले शरिर र मनलाई मिलाउने भएकाले नियमित रुपमा साधाना गर्ने ब्यत्ति निरोगी र लामो आयु हुने कुरा पुष्टी भएको बताएका थिए । मनै देखि गरिने जुन सुकै कामले पनि सफलता पाएको प्रशंग उठाउदै नेता अधिकारीले नकारात्मक विचारले अध्यारो र सकरात्मक विचारले उज्यालो तर्फ लाने भएकाले… पुरा पढौ

दमक उद्योग बाणिज्य संघको भ्रमण टोलिलाइ लेखनाथमा स्वागत

लेखनाथ । बिभिन्न जिल्ला तथा नगर उद्योग बाणिज्य संघको अध्ययन अवलोकन भ्रमणको क्रममा लेखनाथ आएका झापाको दमक उद्योग बाणिज्य संघको भ्रमण टोलिलाई शुक्रवार लेखनाथ उद्योग वाणिज्य संघले स्वागत गरेको छ । दुई संघका विच भातृत्व तथा आत्मियता कायम गर्दै एक आपसमा अनुभव साटासाट गर्ने उद्देश्यले राखिएको छलफल सहितको अन्तरक्रियात्मक कार्यक्रममा दुवै संघले गरेका काम र आगामी दिनमा गरिने योजनाका बारेमा सहकार्य गर्दै अगाडी वढ्ने प्रतिवद्धता जनाईएको थियो । कार्यक्रममा बोल्दै दमक उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा प्रसाद गुरागाई (गोपाल) ले… पुरा पढौ

सविना र किशोरको आवाजमा गीतकार आरजूको ‘सम्झौता गरौँ’ सार्वजनिक

काठमाडाैं । गीतकार आरजू बिष्ट सल्यानीको रचना रहेकाे ‘सम्झौता गरौँ’ गीतकाे भिडियाे सार्वजनिक भएको छ । गीतमा गायिका सविना सुनाम र गायक किशोर सुनारको आवाज रहेको छ । यो गीतमा गीतकार बिष्टकाे नै सङ्गीत रहेकाे छ । संसारमा हर कुराहरू कुनै एक परिपक्व संझाैताकाे बलियाे जगमा, बलियाे आधारमा तय गरिन्छ । याे अँझ जीवनका लागि महत्वपूर्ण मानिन्छ । कतिपय लिखित र कति अलिखित हुन्छन् । मायाकाे आधार भनेकाे भावनात्मक सुजबुजकाे गाँठाे हाे । माया प्रेमका लागि त्यस्ताे त्यागकाे खाेजिका लागि नै… पुरा पढौ

वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने चौतारी संरक्षणमा जुटेका छन्। लामाचौर निवासी नेपाल सरकारका पुर्व सचिव एवं प्रशासनविज्ञ आचार्य र उनका छोरा राजेशले पोखरा १९ घार्मीस्थित ओमकारेश्वर महादेव मन्दिर परिसरमा वर , पिपल र समी सहितको चौतारी निर्माण गरिदिएका छन्। त्यहाँ पुग्ने भक्तजन र पर्यटकलाई सुविधा पुग्ने र धार्मिक कार्यका लागि महत्वपूर्ण मानिने वोट विरुवाको संरक्षण गर्ने उद्देश्यले चौतारी निर्माण गरिएको आचार्यले बताए । नौं वर्ष अघिको सोच अहिले आएर… पुरा पढौ

मुग्लिन-पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र

मुग्लिन-पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन गरी ७३ दशमलव ११ किलोमिटर दूरीमा कालोपत्र भएको हो । पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यो खण्डमा चार लेनतर्फ ३४ दशमलव ९८ र दुई लेनतर्फ ३ दशमलव १५ किलोमिटर दूरीमा कालोपत्र सकिएको छ । पाण्डेले भने, “हालसम्म कालोपत्र भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३ दशमलव ११ किलोमिटर दूरी कालोपत्र भएको छ ।” गत… पुरा पढौ

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी

पोखरा । चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ । चैत ८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचार अभियानअन्तर्गत पोखरामा चलचित्र पत्रकार संघ नेपाल, कास्कीको आयोजनामा निर्माता, कलाकार, लेखक तथा निर्देशकहरूको उपस्थितिमा पत्रकार सम्मेलन सम्पन्न भएको हो। चलचित्रका निर्देशक तथा लेखक ऋषिराज आचार्य का अनुसार, चलचित्रले मौलिक कथा प्रस्तुत गर्नेछ। डोल्पाका सुन्दर भू–दृश्यहरू समेट्दै छायांकन गरिएको यो फिल्म महिला सशक्तीकरणको कथामा केन्द्रित रहेको बताइएको छ। चलचित्रका कलाकार तथा गायक रवि ओड ले ‘द्रौपदी’ प्रति ठूलो अपेक्षा रहेको बताए।… पुरा पढौ

मुल्डे पदमार्गका समस्या समाधान गर्न ओटेफको माग

पोखरा । मुल्डे भ्यु पदमार्गका समस्या संवन्धित निकायमा पुर्याईदिन स्थानीय पर्यटन व्यवसायीले पोखराका महिला पर्यटन व्यवसायीलाई आग्रह गरेका छन् । पोखराको महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को टोलीसँग मुल्डे भ्यु पार्क पर्यटन व्यवसायी समितिका अध्यक्ष राजमान गुरुङले उक्त आग्रह गरेका हुन् । पदमार्गमा खानेपानीको समस्या टड्कारो परेको उनले बताए ।‘मुल्डे भ्यु पार्क पदमार्गमा पदयात्रामा आउने पर्यटकको संख्या बढिरहेको छ । मुल्डेबाट सबैभन्दा नजिक रहेको दोबाटोमा खानेपानी ल्याउन डेढ घण्टा हिड्नुपर्छ,’ उनले भने, ‘सरकारले पानी ल्याइदिओस् ।’ अन्नपूर्ण क्षेत्रमा नयाँ पदमार्गका… पुरा पढौ