समाचार

नेपाललाई विश्वमाझ परिचित गराउन गोर्खा समुदायको महत्वपूर्ण भूमिकाः प्रदेश प्रमुख भट्ट

फागुन २३ पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्वमाझ नेपाललाई परिचित गराउन वीर गोर्खाली सैनिकको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । भारतीय, ब्रिटिश तथा सिंगापुर गोर्खा पुलिसका गोर्खा समुदायबाट २०६६ सालमा स्थापित गोर्खा कम्युनिटी पोखराले आयोजना गरेको तेस्रो संस्करणको गोर्खा मेलाको शुभारम्भ गर्दै प्रदेश प्रमुख भट्टले राष्ट्रियताको लागि गोर्खा समुदायले ठूलो योगदान पु¥याएको बताए । ‘वीर गोर्खालीकै कारण नेपाल कहिल्यै कसैको उपनिवेश हुन परेन । विदेशी मुद्रा आर्जनको श्रोत गोर्खा सैनिकहरु नै छन् ।’ उनले भने – ‘नेपालीहरुले गोर्खाको… पुरा पढौ

पोखरा महानगर टि–२० क्रिकेट प्रतियोगितामा अरण्यज्योतिको पहिलो जित

पोखरा, फागुन २३ पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोतिगामा अरण्यज्योति क्रिकेट क्लवले पहिलो जित दर्ता गरेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिता अन्र्तगत शुक्रबार भएको खेलमा अरण्यज्योतिले गण्डकी स्पोर्टस क्लवलाई ९५ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । यसअघि उद्घाटन खेलमा अरण्यज्योतिले कास्की क्रिकेट क्लवसँग ७४ रनको पराजय बेहोरेको थियो । टस जितेर गण्डकी स्पोर्टस क्लवले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको अरण्यज्योतिले निर्धारित २० ओभरमा… पुरा पढौ

अन्तरराष्ट्रिय महिला दिवसः‘उचाइहरू जित्दै सीमाहरू तोड्दै’ तीनदिने साहसिक पदयात्रा

गण्डकी । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले ११५औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आजदेखि तीनदिने साहसिक पदयात्रा सुरु गरेको छ । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको सहयोगमा पोखरादेखि ‘उचाइहरू जित्दै सीमाहरू तोड्दै’ भन्ने नाराका साथ सुरु गरिएको पदयात्रा घान्द्रुक, टाडापानी, दोबाटे हुँदै मुल्डे भ्युप्वाइन्टसम्म सञ्चालन हुने मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीले जानकारी दिए । पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भ पारेर पदयात्रा कार्यक्रम आयोजना गरिएको बताउँदै उनले २८ सदस्यीय प्रवर्द्धनात्मक टोलीले पदयात्रा पर्यटनका सम्भावना तथा चुनौतीलाई स्थलगत रूपमा अध्ययन एवं… पुरा पढौ

मुक्तिनाथमा सशुल्क घोडा र स्टेचर सुविधाले दर्शनार्थीलाई सुविधा

मुस्ताङ । मुक्तिनाथमा घोडचढी र स्टेचर सुविधाले मुक्तिनाथ दर्शन गर्ने श्रद्धालु भक्तजनलाई ठूलो सुविधा मिलेको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ अन्तर्गत चारवटा गाउँका स्थानीय युवाले मुक्तिनाथ जाने दर्शनार्थीका लागि घोडचढी र स्टेचरमा बोकेर मुक्तिनाथ मन्दिरसम्म पुर्‍याउन सेवा दिइरहेका छन् । मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म पुग्न पुराङ रानीपौवाको बसपार्कबाट करिब ४५ मिनेटको समय खर्चिनुपर्ने हुन्छ । बसपार्कबाट मुक्तिनाथसम्म पैदल जान शारिरीक रूपले तन्दुरूस्त हुने दर्शनार्थीका लागि कुनै समस्या पर्दैन । तर, बसपार्कबाट मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्वारसम्म पुग्न ज्येष्ठ नागरिक, अशक्त र… पुरा पढौ

सडकको पहुँचले पूरै दिनको यात्राअवधि चार घण्टामा छोटियो

म्याग्दी । धवलागिरि गाउँपालिका–१ गुर्जाको जनकल्याण माविकी प्रअ न्याउली छन्त्याल यसअघि काम विशेषले पालिकाको केन्द्र मुना आउँदा पूरै दिन पैदलयात्रा गर्दथे । पालिकाको केन्द्रमा आएर काम सकेर फर्कँदा कम्तीमा तीन दिन लाग्दथ्यो । धवलागिरिका प्रअहरूको बिहीबार भएको नियमित बैठकमा सहभागी हुनभने छन्त्याल घरबाट हिँडेको चार घण्टामै मुना पुगे । “लुलाङ–गुर्जा सडकअन्तर्गत देउरालीसम्म गाडी चल्न थालेपछि पूरै दिनको यात्राअवधि चार घण्टामा छोटिएको छ”, उनले भने, “दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी, बिरामीलाई समयमै अस्पताल पु¥याउन सहज भएको छ ।” भौगोलिक रूपमा विकट… पुरा पढौ

लायन्सद्वारा धौलागिरि आँखा अस्पताललाई ८० लाखको उपकरण सहयोग

गण्डकी । लायन्स क्लब इन्टरनेसनल फाउण्डेशनले बागलुङस्थित धौलागिरि आँखा अस्पताललाई रु ८० लाख ८१ हजार बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ । उक्त सहयोग परियोजनाको शुभारम्भसँगै बिहीबार क्लबका अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले नेत्र ज्योति सङ्घ, बागलुङका अध्यक्ष विन्दुसागर राजभण्डारीलाई आँखा उपचारसम्बन्धी उपकरण हस्तान्तरण गरेका हुन्। निर्देशक बुर्लाकोटीले बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ, गुल्मी र अर्घाखाँचीका सर्वसाधारणलाई लक्षित गरी उक्त सहयोग परियोजना भित्र्याइएको बताए। “आँखाका बिरामीका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यी उपकरण सहयोग गरिएको हो, यस क्षेत्रका बिरामीलाई उपचारका… पुरा पढौ

मानव अधिकार एलायन्सको अध्यक्षमा विदुर सुवेदी चयन, कास्कीबाट सवनम, पदमराज र रामचन्द्र केन्द्रीय कमिटिमा

पोखरा । मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) को छैठौं राष्ट्रिय महाधिवेशनले विदुर सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । काठमाडौंमा फागुन २१ र २२ गते भएको महाधिवेशनले सुवेदीको नेतृत्वमा ९ सदस्य पदाधिकारीसहितको नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो ।समितिको उपाध्यक्षमा गण्डकी प्रदेशकी मञ्जु गुरुङ, मधेश प्रदेशका मो। नइम अन्सारी महासचिवमा गण्डकीका तिमोत्तम पौडेल, उपमहासचिवमा बागमती प्रदेशका नरेन्द्र डंगोल र संगठन सचिव मधुसुदन सापकोटा बागमती, प्रचार सचिवमा लुम्बिनी प्रदेशका प्रदिपकुमार लामिछाने, विदेश सचिवमा बागमतीका रोशना… पुरा पढौ

बेगनास कपको उपाधि मिक्कि एफ सी लाई

पोखरा । बेगनास युवा क्लवद्वारा आयोजित तेश्रो बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगिताको उपाधि मिक्की एफ सि रामबजारले हात पारेको छ । बिहिबार सम्पन्न फाईनल खेलमा विनोद मेमोरियललाई १–० को गोल अन्तरले हराउँदै मिक्कि एफ सिले उपाधी हात पारेको हो । उपाधिसँगै मिक्कीले नगद रु १ लाख २५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको मिक्की एफ सिले पहिलो हाफको २० मिनेटसम्म कुनै गोल गर्न नसकेता पनि… पुरा पढौ

पोखरा ८ मा जडान गरिएको सिसिटीभी क्यामेरा प्रहरीलाई हस्तान्तरण

पोखरा ।पोखरा महानगरपालिका वडा नं ८ भित्र विभिन्न स्थानमा जडान गरिएको सिसिटीभी क्यामेरा वडा प्रहरी कार्यालय मातहतको सिर्जनाचोक प्रहरी बिटलाई हस्तान्तरण गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबावु ओलियाले नयाँ जडान गरिएको सिसिटीभी क्यामेराको शुभारम्भ गरेका हुन । सो अवसरमा वोल्दै प्रहरी उपरीक्षक श्याम बावु ओलियाले पर्यटकीय राजधानी पोखरामा सम्पूर्ण ठाँउमा सिसिटिभी जडान गर्न सके अपराध न्युनिकरण हुने बताए । जतिपनि अपराध शहरभित्र हुने भएकाले सिसिटिभी जडान गरेको खण्डमा अपराध कम हुने र अपराध… पुरा पढौ

पोखरा महानगर टि–२० क्रिकेट प्रतियोगितामा कास्कीको दाश्रो जित

फागुन २२ पोखरा । पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोतिगामा कास्की क्रिकेट क्लवले दोश्रो जित दर्ता गरेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिता अन्र्तगत बिहीबार भएको खेलमा कास्कीले गण्डकी क्रिकेट क्लवलाई २६ रनले पराजित गर्दै दोश्रो जित दर्ता गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको कास्कीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०५ रन बनाएको थियो । कास्कीका लागि विश्वास पराजुलीले ४१ बलमा ६७ रन… पुरा पढौ