समाचार

रत्नज्योतिका विद्यार्थी, शिक्षक र अभिभावकलाई युआरएलमा छुट

फागुन २४ पोखरा । पोखरा ८ रत्नचोकमा रहेको रत्नज्योति माविका विद्यार्थी, अभिभावक, शिक्षक र सञ्चालकले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)का सबै सेवामा छुट पाउने भएका छन् । युआरएलले उनीहरुलाई सबै सेवामा ५० प्रतिशत छुट दिने भएको हो । छुटसम्बन्धी सम्झौतामा शनिबार युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थ र रत्नज्योतिका प्राचार्य विष्णुप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन् । यो सम्झौता आगामी दुई वर्षसम्म कायम रहनेछ । शनिबारै रत्नज्योतिमा भएको निशुल्क रक्त, दन्त र आँखा परीक्षणमा ५ सय ३ जनाको निशुल्क जाँच शिविर भएको छ… पुरा पढौ

नवौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड आगामी २० वैशाखमा हुने

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति तय भएको छ । पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको मञ्चको बैठकले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी २०८२ साल बैशाख २० गते शनिबार नवौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था) ले जानकारी दिए । मिति घोषणासँगै अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारी सुरु भैसकेको उनको भनाई छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न… पुरा पढौ

कोटिहोमको नाममा पोखरामा बिजय कृष्णमूर्तीको ताण्डव

फागुन २४ पोखरा । शान्त क्षेत्र पोखरा केहि दिनदेखि अशान्त बनेको छ । गण्डकी सत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको नाममा धर्मगुरु बालयोगेश्वर बिजय कृष्णमूर्ती भनेर चिनिने बिजय भण्डारीले ताण्डव देखाएपछि शान्त पोखरा अशान्त बन्न थालेको हो । कोटिहोम आयोजक मावन सेवा फाउण्डेसन र पोखरा महानगरपालिकाबीच शुरुमा देखिएको सामान्य विवाद बढ्दै गएर झडपमा परिणत हुन थालेको छ । पोखरा–६ लेकसाईडस्थित वाराहीघाटमा बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म डेढ महिना लामो समयसम्म हुने कोटिहोमका लागि आयोजक मानव सेवा फाउण्डेसनले… पुरा पढौ

पर्वतको बिहादीमा आँखा उपचार केन्द्र सञ्चालन

दक्षिण पर्वतको विकट गाउँपालिका बिहादीमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । बिहादी–४ वहाकीठाँटीमा आँखा उपचार केन्द्र सञ्चालन गरिएको हो । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र बिहादी गाउँपालिकाको व्यवस्थापनमा केन्द्र स्थापना गरिएको हो । शुक्रबार केन्द्रको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले उद्घाटन गर्नुका साथै उपचार सेवासमेत प्रारम्भ भएको छ । जिल्ला सदरमुकाममा रहेको प्रादेशिक अस्पतालमा मात्र सामान्य उपचार सेवा रहेकामा अब गाउँमै सर्वसाधारणले आँखाको उपचार गर्न पाउने भएका छन् । गाउँपालिकाका अध्यक्ष गुरुङले दक्षिण भेगका नागरिकलाई भरपर्दो र गुणस्तरीय… पुरा पढौ

आज ११५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइँदै

‘सबै महिला तथा बालिकाको लागि ः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइदैछ । सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ । विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनले पनि अन्तरराष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन् ।विश्वभरी विभिन्न… पुरा पढौ

संविधान कार्यान्वयन र आवश्यकताअनुसार संशोधन सरकारको कर्तव्य होः प्रधानमन्त्री

फागुन २३ सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यकतानुसार परिमार्जन गर्दै जाने सरकारको सोच रहेको स्पष्ट पारेका छन् । कर्णाली प्रदेशसभाको बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदान र सङ्घर्षको आधारमा निर्मित नेपालको संविधानले सबैलाई समान अधिकारका साथै सबैको प्रतिस्पर्धा र क्षमता प्रदर्शनको अवसर प्रदान गरेकाले यसको रक्षा, कार्यान्वयन तथा देश र जनताको हितमा आवश्यक संशोधन सरकारको कर्तव्य भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठनपूर्व नेकपा… पुरा पढौ

आगामी आवको बजेटबारे दुई मन्त्रालयसँग छलफल

फागुन २३ काठमाण्डौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छुट्टा–छुट्टै छलफल गरेको छ । छलफलका क्रममा अर्थ मन्त्रालयले आगामी वर्षको बजेटका लागि निरन्तरता दिनुपर्ने कार्यक्रम, परिमार्जित गर्नुपर्ने कार्यक्रम, स्थगित गर्नुपर्ने कार्यक्रम, हटाउनुपर्ने कार्यक्रम र नयाँ कार्यक्रमबारे तयारी गरी अघि बढ्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको छलफलका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य बीमा कार्यक्रम, आधारभूत अस्पताल, स्वास्थ्य प्रतिष्ठानहरुको दायित्व, स्वास्थ्य क्षेत्रको जनशक्तिलगायतका विषयमा… पुरा पढौ

वडाध्यक्ष कप भलिबलः उपाधि विजेताको छिनोफानो भोलि

फागुन २३ पोखरा । पोखरा महानगरपालिका वडानम्बर १४ मा जारी वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता अन्र्तगत सेमिफाइनलका पुग्ने टिमको टुंगो लागेको छ । मनोहर युवा क्लवको खेलमैदानमा जारीे प्रतियोगितामा शुक्रबार भएका खेलबाट वडानम्बर २३, १९, १६ र २१ सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा वडा नम्बर २३ ले वडा नम्बर १९ को सामना गर्ने छ, भने वडा नम्बर १६ ले २१ को सामना गर्ने छ । वडा नम्बर २१ ले वाकओभर दिँदा २३ स्वतः सेमिफाइनलमा पुगेको हो ।… पुरा पढौ

नेपालमै अब केही हुन्छ भन्ने सन्देश दिन : राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन

फागुन २३ काठमाण्डौं । सरकारले मुलुकको ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ भन्ने नारासहित यही फागुन २६ देखि काठमाडौँमा दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ । उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने सन्दर्भमा अन्तरतह र निकायबीच समन्वय र सहकार्य गर्ने सम्मेलनको प्रमुख उद्देश्य रहेको छ । मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजजार तथा सामाजिक सुरक्षामन्त्री शरतसिह भण्डारीले आन्तरिक रोजगारको सम्भावना पहिल्याउन र व्यवस्थापनका लागि ठोस… पुरा पढौ

‘महिलाका मुद्दामा पुरुष जानकार हुन जरुरी’

फागुन २३ पोखरा । पोखरामा आयोजित महिला संवादमा महिलाका मुद्दामा पुरुष बढी जानकार हुनुपर्नेमा जोड दिइएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरले उक्त विषयमा जोड दिएका हुन् । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय, पोखराका प्रमुख नितु गर्तौलाले महिलाका विषयमा पुरुष जानकार नभएसम्म महिलाले न्याय नपाउने उल्लेख गरिन् । महिला घरयासी काममा सिमित हुनुपर्छ भन्ने पुरुषको गलत सोंचाइका कारण घर छाडेर पर काम गर्न जाने महिलाले हिंसा भोग्नु परेको… पुरा पढौ