समाचार

माछापुच्छ्रे गाउँपालिकाको क्रसर काण्डःराजस्व मिलाउन जनप्रतिनिधिको मिलोमतो !

पोखरा, फागुन १२ माछापुच्छ्रे गाउँपालिकाका क्रसर उद्योगहरु बिना दर्ता सञ्चालित छन् । त्यहाँका कुनैपनि क्रसरहरु अनुमती लिएर सञ्चालित छैनन् । अर्थात माछापुच्छ्रे गाउँपालिकामा रहेका गण्डकी एग्रोगेट, फेउसरका बराह क्रसर उद्योग, जेके क्रसर उद्योग र सेती गण्डकी क्रसर उद्योग अवैध रुमा सञ्चालित छन् । स्थानिय सरकारका रुपमा रहेको गाउँपालिकाले यी अवैध रुपमा सञ्चालित क्रसरहरुलाई बन्द गर्न पटक÷पटक पत्राचारपनि ग¥यो । तर कुनैपनि क्रसरहरु वैध बन्नेतर्फ अग्रसर भएनन् । बरु राजनीतिक आडमा ती क्रसरहरु निरन्तर चलिरहे । पटक÷पटकको आग्रह र निर्देशनलाई लत्याएर… पुरा पढौ

प्रतिनिधिसभा: दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सडक दुर्घटनामा परेकाको राज्यले निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामहरि खतिवडाले सडक दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । काभ्रेभञ्ज्याङमा आज भएको बस दुर्घटनाको विषय पनि उनले संसद्मा उठाए । यस्तै ज्येष्ठ नागरिकका लागि राष्ट्रिय परिचयपत्र बाध्यकारी नबनाउन र सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र बनाउन मिल्ने व्यवस्था गर्न सांसद खतिवडाले संसद्मार्फत सरकारसँग माग गरे । यस्तै सांसद देवेन्द्र पौडेलले विभिन्न सडक दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न… पुरा पढौ

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह

सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावास बैंककले पुनःअनुरोध गरेको छ । कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र परेका र उद्धारका लागि कठिनाइ भइरहेको उल्लेख गर्दै दूतावासले प्रक्रियाअनुसार वैदेशिक रोजगारीमा जान पुनःआग्रह गरेको हो । अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरेको छ । सो दूतावासले सोमबार दुई नेपाली नागरिकलाई उद्धार गरेर नेपाल फिर्ता पठाएको हो । दूतावासले कसैको प्रलोभन परी छिटो, धेरै पैसा… पुरा पढौ

सुनको मूल्य हाल सम्मकै उच्च

स्थानीय बजारमा सुनको मूल्य हाल सम्मकै उच्च भएको छ आज सुन प्रतितोला रु पाँच सय बढेको हो । सोमबार प्रतितोला रु एक लाख ७० हजार आठ सयमा किनबेच भएको सुनको सुन आज बढेर प्रतितोला रु एक लाख ७१ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी, चाँदी प्रतितोला रु १५ घटेको छ । आज चाँदी प्रतितोला रु एक हजार नौ सय ७० मा कारोबार हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय… पुरा पढौ

बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जिल्लाको बागलुङ र जैमिनी नगरपालिका जोडेको छ । त्रिदेशीय सडकका रूपमा रहेको करिडोरले बागलुङलाई सिधैँ चीन र भारतसँग जोडेको हो । झण्डै १४ वर्ष अघि सुरु भएको करिडोर आयोजना निर्माणले अहिले तीव्रता पाएको छ । करिडोर विस्तारपछि पछिल्लो समय सडक छेउछाउमा बस्ती बस्न थालेका छन् । ग्रामीण क्षेत्रबाट झरेर करिडोरको आसपासमा व्यापार व्यवसाय गर्ने पनि बढ्दै गएका छन् । नवलपुरको गँैडाकोटबाट कोराला नाकासम्म चार सय ९५ किलोमिटर रहेको करिडोर बागलुङ खण्डमा मात्रै ३४… पुरा पढौ

पोखरा ३१ का कृषकहरुलाई लहरे बालीको बीउ बितरण

फागुन १२ पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३१ को कार्यलयले कृषकहरुलाई लहरे बालीको बीउ बितरण गरेको छ । कार्यलयले सोमबार एक कार्यक्रमका विच वडा कृषि संजाल मार्फत वडा भित्रका किसानहरुलाई लहरे तरकारी बालीको बिउ हस्तान्तरण गरेको हो । कार्यक्रममा वडा नम्बर ३१ मा रहेका ४८ वटा आमा समुह, टोल विकास संस्था र कृषि समुहलाई लहरे तरकारी बालीको बीउ हस्तान्तरण गरिएको कृषि संजाल पोखरा –३१ का अध्यक्ष केशबराज तिवारीले जानकारी दिए । उनका अनुसार न्यू नारायणी जातको घिरौला, भक्तपुरे लोकल… पुरा पढौ

‘समाजवादी व्यवस्था ल्याउने बाटोमा अघि बढ्नु पर्छ’ : नेता कार्की

पोखरा । नेकपा (माओवादी केन्द्र)का सचिव तथा लेखक/विश्लेषक राम कार्की ‘पार्थ’ले नेपाली परिवेशमा कम्युनिष्ट विचारलाई परिष्कृत गर्दै समाजवादी व्यवस्था ल्याउने बाटोमा अघि बढ्नु पर्ने आवश्यकता औंल्याएका छन् । नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिले आइतवार ३० औं जनयुद्ध दिवसको सन्दर्भमा गरेको ‘जनयुद्धको महत्व र अबको बाटो…’ विषयक विचार विमर्शमा उनले उक्त भनाई राखेका हुन् । ‘माओवादीले गरेको १० वर्षे जनयुद्धले सामान्ति राजतन्त्रको अन्त्य गरी नेपालमा गणतन्त्र ल्यायो’ कार्कीले भने, ‘गणतन्त्र आएपछि हामी केही अल्झिएका थियौं, अब भने… पुरा पढौ

परराष्ट्रमन्त्री डा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

फागुन १२ काठमाण्डौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबीच आज जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी मन्त्री डा देउवा र स्वीस विदेशमन्त्रीबीच साइडलाइन भेटवार्ता भएको हो । भेटका अवसरमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री डा देउवाले आर्थिक, सामाजिक क्षेत्रका साथै नेपालको शान्ति प्रक्रियामा स्वीस् सरकारको सहयोग र सद्भावका लागि धन्यवाद ज्ञापन गरिन् । उनले नेपालले… पुरा पढौ

सरकार फेर्ने पक्षमा लाग्दैनौँ : अध्यक्ष प्रचण्ड

फागुन १२ झापा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु नलाग्ने बताएका छन् । पार्टीले आज कचनकबलबाट सुरु गरेको ‘जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेकपा माओवादी केन्द्र अब जनतासँग जाने धारणा व्यक्त गरे । “सरकार फेर्ने पक्षमा लाग्दैनौँ, कसरत पनि गर्दैनौँ,” उनले भने, “हामीले संकल्प गरेर जनतासँगै सहकार्य गरेर अघि बढ्ने अठोट लिएका छौँ ।” विगतमा नेकपा एमाले र नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्दा पार्टीले… पुरा पढौ

एभरेस्ट मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङलाई एनटीएचएमसीको सम्मान

पोखरा । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटीएचएमसी)को २५ रजत वार्षिकोत्सवको अवसरमा तमु धिं नेपालका संस्थापक अध्यक्ष सञ्चार उद्यमी कर्मकुमारी गुरुङ सम्मानित भएकी छन् । एनटीएचएमसीले कलेजको स्थापना कालदेखि निरन्तर बोर्ड सदस्यमा रहेर कलेज सञ्चालनमा महत्वपूर्ण योगदान गरेको भन्दै एमरेस्ट एफएम र एमरेस्ट आवाज डटकम सञ्चालन गर्दै आएको एभरेस्ट मिडिया हाउसकी अध्यक्ष गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । सोही अवसरमा गुरुङसहित निरन्तर बोर्डमा रहेर योगदान गरेका जयराम हमाल, नारायणप्रसाद द्वा, विनोद वैद्य लगायतलाईपनि… पुरा पढौ