समाचार

शुद्ध खानेपानी पिउने पोखरेलीको सपना पूरा, अब सिधै धाराबाटै पानी पिउन सकिने

पोखरा, मंसिर १४ पोखरा महानगरबासीको शुद्ध खानेपानी पिउने सपना अब चाँडै पूरा हुने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा बनिरहेको पोखरा खानेपानी सुधार आयोजनाका अधिकांश संरचना निर्माण सम्पन्न भइसकेकाले पोखरेलीको उक्त सपना पूरा हुन लागेको हो । आयोजना अन्तर्गत निर्माण सम्पन्न भएका संरचनाहरुको शुक्रबार नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गरे । उद्घाटनसँगै जाईकाले सम्पूर्ण संरचना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरेको छ । आयोजना अन्तर्गत निर्माण सम्पन्न भएका संरचनाहरुको उद्घाटन भएपनि शुक्रबारदेखि नै पोखरेलीको घरघरमा जडान… पुरा पढौ

मदरल्याण्डमा सर्वोत्कृष्ट सदीक्षालगायत ११ विद्यार्थी नगदसहित सम्मानित

पोखरा, मंसिर १४यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) र कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविले शुक्रबार नगदसहित सम्मान गरेको छ । एसइइमा चार जिपिए ल्याउने १० जना विद्यार्थी र राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा नेपाल ‘टप’ गरेकी एकजना छात्रालाई नगदसहित सम्मान गरिएको हो ।विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार यसवर्षको एसइइमा नेपालभरबाट १८६ जनाले मात्र ४ जिपिए ल्याएका थिए । ती मध्ये १० जना मदरल्याण्ड माविका विद्यार्थी थिए । तिनै विद्यार्थीलाई जनही… पुरा पढौ

नवौं पर्वतीय महोत्सव मंसिर २३ गतेदेखि २७ गतेसम्म हुने

पोखरा, १४ मंसिर अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा यही मङ्सिर २३ गतेबाट पर्वतीय महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गर्ने महोत्सव मङ्सिर २७ गतेसम्म चल्ने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । महोत्सवमा संग्रहालयको सभाहलमा दैनिक विभिन्न विषयमा अन्तक्र्रिया हुने छन् भने संग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ जस्ता गतिविधि सञ्चालन गरिनेछ । महोत्सवको पहिलो दिन डिसेम्बर ८ अर्थात मंसिर २३ गतेका दिन पर्वतीय जीवन, अनुकूलन र भविष्यबारे अन्तक्र्रिया… पुरा पढौ

रामेछापमा जिप दुर्घटना: पाँचजनाको मृत्यु, तीन घाइते

रामेछापमा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालक रहेका छन् । काठमाडाँैबाट बेतालीतर्फ आउँदै गरको ना१ज ७१२३ नम्बरको जिप आज दिउँसो गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा दुर्घटना हुँदा गोकुलगङ्गा–४ बेतालीका वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेतसहित पाँचजनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए । दुर्घटनामा जिप चालक सिन्धुलीका ३० वर्षीय हिराबहादुर कार्कीको पनि मृत्यु भएको छ । यो समाचार तयार पार्दा सम्म मृतक अन्य तीनजनाको सनाखत हुन सकेको छैन ।… पुरा पढौ

स्काउट गण्डकीको सृजना बहिरा माबिमा जलवायु परिबर्तन सम्बन्धि अभिमुखिकरण

पोखरा । नेपाल स्काउट गण्डकी प्रदेशको आयोजनामा पोखरा २६ स्थित श्री सृजना बहिरा आवासिय माबिमा जलबायु परिबर्तन सम्बन्धि छलफल तथा अन्तरक्रीया सहित अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए। प्रमुख पौडेलले जलवायु परिबर्तनका कारण समग्र पृथ्वी न खतरामा परेको दिनानुदिन बढ्दो प्रदूषण नियन्त्रण गर्न सबै क्षेत्रका ब्यक्ती सचेत र जागरुक हुनुपर्ने बताए । पौडेलले अभिमुखिकरण मार्फत बिद्यार्थिहरूमा चेतना जगाउन कार्यक्रम फलदायी हुने बिश्वास व्यक्त गरे । कार्यक्रममा बिद्यालय ब्यबस्थापन… पुरा पढौ

अद्वितीय ध्यान विधि मानव जातिलाई सर्वव्यापी चेतनासँग जोड्ने सरल र सहज माध्यम : प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अद्वितीय ध्यान विधि मानव जातिलाई सर्वव्यापी चेतनासँग जोड्ने एक सरल र सहज माध्यम भएको बताएका छन् । हिमालय समर्पण ध्यान योग नेपालले गण्डकी प्रदेश सभा सचिवालयको व्यवस्थापनमा पोखरामा आयोजना गरेको ध्यान योग शिविरमा बोल्दै प्रदेश प्रमुख भट्टले शरीर र आत्मासँगको जोड नै योग भएकाले हामीलाई आफ्नो अन्तर आत्मासँग जोडिन योगले मद्धत गर्ने बताए । ‘आज मानिसहरू अशान्ति, तनाव, अंहकार जस्ता रोगहरूबाट पीडित छन् । यसबाट मुक्तिका लागि ध्यान र योगको आवश्यकता छ ।… पुरा पढौ

जोमसोमको सहायक गन्तव्य क्षमाताल

म्याग्दी । चारैतिर सल्लाको वनको बीचमा रहेको ठाउँमा गोलाकार र नीलो रङको ताल । पूर्वतर्फ उभिएको निलगिरि हिमाल । तालमा देखिने हिमालको छायाँ । शान्त र एकान्त वातावरण । चराहरूको चिरबिर–चिरबिर आवाज । नजिकैको खर्कमा रहेका भेडाच्याङ्ग्रा, चौँरीगाई र घोडाका गोठ । मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा रहेको क्षमातालको मनमोहक र सुन्दर छ । समुद्री सतहदेखि तीन हजार चार सय ५० मिटर उचाइमा रहेको क्षमाताल पुग्न जोमसोमबाट ठिनी हुँदै ४५ मिनेट सवारीसाधन र एक घण्टा पैदलयात्रा गर्नुपर्छ । निलगिरि हिमालको उत्तरपश्चिमी… पुरा पढौ

स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि, के गर्न पाइँदैन ?

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ । स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधि यही मङ्सिर १३ गते राति १२ः०० बजेदेखि सुरु भएको आयोगले जनाएको छ । निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता,… पुरा पढौ

सागसब्जीका बेर्ना बेचेर वार्षिक २६ लाख आम्दानी

वालिङ । स्याङ्जाका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गरेका छन् । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल भएका हुन् । उनले अघिल्लो वर्षको कात्तिकदेखि यस वर्षको कात्तिकसम्ममा उत्पादन भएका सागसब्जी बिक्रीबाट रु २० लाख र बेर्ना बिक्रीबाट रु छ लाख आम्दानी भएको बताए । उनले खेत तथा बारीमा काउली, बन्दा, गोलभेँडा, सिमी, बोडी, काक्रा, भण्टा, भिण्डी, मुला, खुर्सानी, प्याजलगायत… पुरा पढौ

खड्गदेवी मन्दिर पुनर्निर्माणका लागि जुट्यो १८ लाख

तनहुँ । बन्दीपुर गाउँपालिका–१ बेलभन्ज्याङस्थित खड्गदेवी मन्दिर पुनर्निर्माणका लागि रु १८ लाख जुटेको छ । मन्दिर पुनर्निर्माण समितिका सल्लाहकार टीकाराम गिरीका अनुसार उक्त रकम देउसीभैलो एवं दाताबाट प्राप्त भएको हो । मन्दिर निर्माणका लागि रु ३० लाख आवश्यक पर्ने उनले बताए । बन्दीपुर गाउँपालिकाले भने रु चार लाख विनियोजन गरेको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । अर्थ सङ्कलनमा सहयोग जुटाउने अभियानमा मन्दिर पुनर्निर्माण समिति र सल्लाहकार समितिका पदाधिकारी जुटेका छन् । हरेक वर्ष यो मन्दिरमा शारदीय अष्टमीको र चैत्राष्टमीका दिनमा… पुरा पढौ