समाचार

पोखरामा च्याङ्ग्रा सकियो, सस्तिएला र किनौंला भनेर पुगेका उपभोक्ता रित्तै फर्किन बाध्य

पोखरा, असोज २५ पोखरा–२७ भण्डारढीकका हेमराज आचार्य र उनका साथी बडादशैंको नवौं दिन अर्थात महानवमीका दिन शुक्रबार च्याङ्ग्रा लिन पोखराको हरिचोक पुगे । अघिल्ला वर्षहरुमाजस्तै यस वर्षपनि शुरुमा महङ्गो र नवमीदेखि सस्तो हुने आशामा उनीहरु यस दिन च्याङ्ग्रा लिन महानवमीको दिन हरिचोक पुगेका हुन् । तर उनीहरुले त्यहाँ च्याङ्ग्रा देखेनन् । त्यसपछि च्याङ्ग्रा खोज्दै सिमपानी, याम्दीहुँदै हेमजा मिलनचोकसम्मै पुगे तर कतैपनि च्याङ्ग्रा भेटेनन् । च्याङ्ग्रा नभेटेपछि रित्तै फर्किदै गरेका उनले भने,‘घरमा च्याङ्ग्रा लिएर आउँछु भनेर आएँ, तर यहाँ त भेटिएन… पुरा पढौ

मर्दी हिमालमा सुदीपको शालिक

कास्कीमा अवस्थित प्रख्यात मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका प्रवर्द्धक सुदीप गौतमको शालिक राखिएको छ । सोही पदमार्गको बादलडाँडामा पार्कसहित उहाँको शालिक निर्माण गरिएको हो । तत्कालीन समयमा फाट्टफुट्ट भकारी र चित्राले बारिएका भेडीगोठ मात्रै रहेको मर्दीमा पदयात्रा पर्यटनको विकासको लक्ष्यका साथ गौतमले गरेको निरन्तरको प्रयासले नै मर्दी हिमाल पदयात्रा विश्वमाझ प्रख्यात बनेकाले उहाँको शालिक निर्माण गरिएको माछापुच्छे« गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताए । गौतमको विसं २०७९ असोज १४ गते बादलडाँडामै भिरबाट लडेर ३५ वर्षको उमेरमा निधन भएको… पुरा पढौ

दशैमा पाएनन ११ जिल्लाका शिक्षकले तलव भत्ता

पोखरा । नेपालीहरुको महान् पर्व दशै भित्रिसक्दापनि विभिन्न ४ प्रदेशका ११ जिल्लाका सामुदायिक विद्यालयका शिक्षकहरुले तलव भत्ता नपाएको गुनासो गरेका छन् । मधेश, बागमती, कर्णाली र सुदुरपश्चिमका ११ वटा जिल्लाका ३८ वटा स्थानिय तहका सामुदायिक विद्यालयका शिक्षकहरुले तलव भक्ता नपाएको जनाइएको छ । सोही सम्बन्धमा नेपाल राष्ट्रिय शिक्षक संगठनले एक प्रेस विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका महासचिव हंसबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तीमा विभिन्न जिल्लाका स्थानीय तहहरूले शिक्षकहरूको चाडपर्व खर्च तथा नियमित तलब भत्ता निकासा नगरिँदा आम… पुरा पढौ

आश्विन शुक्ल नवमी: सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष आज एकैदिन आश्विन शुक्ल अष्टमी र नवमी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान पहिले आश्विन शुक्ल अष्टमीका दिन गरिने कर्म गरेर केही समयको विश्रामपछि आश्विन शुक्ल नवमीका दिन गर्ने कर्म गर्नुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले… पुरा पढौ

आश्विन शुक्ल अष्टमीः महागौरी देवीको पूजा आराधना गरिँदै

बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गर्नुभएछ । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको… पुरा पढौ

अर्घौं पौवा नेवा खलःको शुभकामना आदान प्रदान

असोज २४ पोखरा । पोखरा महानगरपालिका वडा नं २६/२७ स्थित अर्घौं पौवा नेवा खलः कास्कीले विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । बिहीबार संस्थाले नेपालीहरुको महान् पर्व विजया दशमी, शुभ दिपावली,नेपाल संवत् ११४५ , छठ एवंम् ल्होसार पर्वको अवसर पारेर सामुहिक रुपमा शुभकामना आदान प्रदान तथा भैरव मन्दिरमा वलि पूजा गरेको हो । कार्यक्रममा बोल्दै नेवा खलः कास्कीका महासचिव श्रीकृष्ण श्रेष्ठले नेपालको मौलिक संस्कृतीका रुपमा रहेका संस्कार र कलाको संरक्षण गर्नु सबैको कर्तव्य भएकोले यसलाई जोगाई राख्नु पर्नेमा… पुरा पढौ

दुर्गा मन्दिरमा क्षत्री समाजको कलश यात्रा र महाआरती

असोज २४ पोखरा । क्षत्री समाज नेपाल पोखरा– १६, ले धार्मिक विधी पुर्वक वडाभित्र रहेका शक्तिपिठमा कलश यात्रा सहित महाआरती गरेको छ । बाटुलेचौरमा रहेका चण्डीका, कालिका र अम्विका मन्दिरमा विहीवार फुलपातीको दिन विहान कलश यात्रा सहित शुभकामना आदान प्रदान, चियापान र साझँ महाआरती गरिएको समाजका निवर्तमान अध्यक्ष सन्दीप थापाले जानकारी दिए । विभिन्न जातजाति र समुदायको समवन्यमा चण्डीका मन्दिरवाट शुरु भएको कलश यात्रा गणेश मन्दिर, अम्विका मन्दिर,राजँपधेरा हँुदैं कालिका मन्दिरमा पुगेर शुभकामना तथा चियापान कार्यक्रममा परिणत भएको थियो ।… पुरा पढौ

२० जिल्लाका ७१ पालिका विपद् संकटग्रस्त क्षेत्र

असोज २४ काठमाण्डौं । सरकारले २० जिल्लाका ७१ पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। सुरूमा ११ जिल्लाका ४१ पालिकालाई घोषणा गरिए पनि विभिन्न क्षेत्रबाट माग भइ आएअनुसार हाल ७१ पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ ९१० बमोजिक यही असोज १८ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि बाढीपहिरो प्रभावित ७१ पालिकालाई सङ्कटग्रस्त घोषणा गरी हालै राजपत्रमा प्रकाशित… पुरा पढौ

गोरखाको च्याङ्लीमा युवतीको हत्या

असोज २४ गोरखा । गोरखामा एक युवतीको हत्या भएको छ । जिल्लाको पालुङटार नगरपालिका–७, च्याङ्लीस्थित घरमा गए राति २८ वर्षीया रश्मी कुमालको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सरोज कार्कीले जानकारी दिए । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी उनको तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको हो । कुमाल सुतिरहेको अवस्थामा घरभित्र आक्रमण गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरी निरीक्षक कार्कीले बताए । मृतक कुमालको दाहिने गर्धन, बाँयातर्फको कानको भागमुनि र टाउकोमा धारिलो… पुरा पढौ

‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन एमालेको आह्वान

असोज २४ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन सबैलाई आह्वान गरेको छ । पार्टी मुख्यालय च्यासलमा आज बसेको केन्द्रीय सचिवालय बैठकले समाजमा वैरभाव र निराशा फैल्याउने प्रवृत्ति बढिरहेको निष्कर्षसहित त्यसविरुद्ध एकजुट हुनसमेत पार्टी पङ्क्तिलाई आह्वान गरेको छ । बैठकबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले समाजमा निराशा, हतास र नकारात्मक मनस्थिति, विद्वेष फैलाउने प्रवृत्ति छिटफुट देखापरेकाले त्यसविरुद्ध एकताबद्ध भएर उभिने निर्णय गरिएको बताए । “देश बनिरहेको छ भन्ने सकारात्मक सन्देश, देश… पुरा पढौ