समाचार

जनप्रिय क्याम्पसको शिक्ष अभिभावक संघमा पुष्पराज सिग्देल

असोज ६ पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको शिक्षक अभिभावक संघको अध्यक्षमा पुष्पराज सिग्देल र सदस्यमा लक्ष्मी थापा निर्विरोध निर्वाचित भएका छन् । आइतबार क्याम्पसमा आयोजित पदस्थापन कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्र नारायण विजुक्छेले क्याम्पसको शैक्षिक गुणस्तर र विकास लागि प्राध्यापनरत शिक्षक र अध्ययनरत विद्यार्थीका अभिभावकलाई प्रतिनिधित्व गराउने उद्धेश्यले गठित शिक्षक अभिभावक संघको छुट्टै महत्व रहेकाले क्याम्पसको हितमा काम गर्न आग्रह गर्दै बधाइ ज्ञापन गरे । निर्वाचन समितिका संयोजक अधिवक्ता कृष्णप्रसाद तिमिल्सिनाले निर्वाचित अध्यक्ष र सदस्यलाई शपथ खुवाएर प्रमाणपत्र दिएका… पुरा पढौ

लेउवा संघका व्यवसायिलाई यतिको टिकटमा १० प्रतिशत छुट

असोज ६ पोखरा । लेखनाथ उद्योग बाणिज्य संघका ब्यवसायि सदस्यहरुलाई यती एयरलाइन्सले १० प्रतिशत छुट दिने भएको छ ।यती एयरलाइन्सको जुन सुकै ठाउको यात्रा गर्दा ब्यवसायि सदस्यहरुलाई १० प्रतिशत छुटको ब्यवस्था हुने गरि आईतवार दुई सस्थाका विच सम्झौता भएको छ । लेखनाथ उद्योग बाणिज्य संघको तर्फबाट अध्यक्ष विनोद श्रेष्ठ र यती एयरलाइन्सको तर्फबाट पोखराका स्टेशन प्रमुख राम लामिछानेले छुटको सम्झौता पत्रमा हस्ताक्षेर गरि कार्यन्वय गर्ने सहमति भएको हो । सम्झौता अनुसार लेउव संघका एक हजार छ सय सदस्यहरुलाई परिचय पत्रका… पुरा पढौ

सहकारी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी जोशीलाई पोखरा ल्याइँदै

असोज ६ पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीको कसुरमा पक्राउ परेका पूर्व डिआइजी छविलाल जोशीलाई पोखरा ल्याइँदैछ । आज दिउँसो काठमाण्डौंबाट पक्राउ परेका उनलाई सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर हवाईजहाजमार्फत पोखरा ल्याउन लागिएको हो । प्रहरी स्रोतका अनुसार उनलाई राती ८ बजेको बुद्ध एयरबाट पोखरा ल्याउन लागिएको हो । उनलाई हिरासतमा राख्नका लागि आवश्यक पर्ने मेडिकल रिर्पोटपनि पोखरामा नै गराउने प्रहरीले आन्तरिक तयारी गरिरहेको प्रहरी श्रोतले बताएको छ। सहकारी संस्था बचत दुरुपयोग सम्बन्धी संसदीय विशेष समितिले प्रतिवेदनका आधारमा उनी… पुरा पढौ

केयर मार्क हस्पिटलले आयोजना गरेको रक्तदान कार्यक्रममा १०१ यूनिट रगत संकलन

पोखरा ६, असोज, केयर मार्क हस्पिटल लेकसाईड पोखराको रक्तदान कार्यक्रममा १०१ यूनिट रगत संकलन भएको छ । हस्पिटलको प्रथम बार्षिकोत्सवको अवसरमा आईतबार आयोजित रक्तदान कार्यक्रमको पोखरा–६ का वडाध्यक्ष बिष्णुबहादुर भट्टराईले पहिलो रक्तदाता सृष्टि शाही ठकुरीलाई व्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष भट्टराईले हस्पिटलले रक्तदान कार्यक्रम आयोजना गरेर सामाजिक उत्तरदायित्वप्रति जवाफदेही बनेको बताए । उनले हस्पिटलको सेवापनि गुणस्तरिय रहेको भन्दै प्रशंसा गरे । हस्पिटलका मेडिकल डाईरेक्टर डा.शंकर पोखरेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको… पुरा पढौ

महिला उद्यमी संघ कास्कीको साधारण सभामा महिला उद्यमीहरु सम्मानित

पोखरा, असोज ६ महिला उद्यमी संघ नेपाल,कास्कीले सफल महिला उद्यमीहरुलाई सम्मान गरेको छ । संघको नवौं साधारण सभाको अवसरमा संघले सफल महिला उद्यमीहरुलाई सम्मानपत्र र सल तथा खादा ओढाएर सम्मान गरेको हो । संघले नेपाली ढाका उद्योगकी सञ्चालिका मनमाया सुवेदीलाई उत्कृष्ट सफल महिला उद्यमी घोषणा गर्दै सम्मान गरेको छ । त्यस्तै, गण्डकी प्रदेश सभाकी संस्थापक सदस्यसमेत रहेकी पोखराको सबैभन्दा पुरानो हङकङ व्यूटी ईन्ष्टिच्यूटकी सञ्चालिका मीना गुरुङ, विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालिका सविता श्रेष्ठ रञ्जित, स्वस्तिक हस्तकला उद्योगकी सञ्चालिका… पुरा पढौ

राधिकाको हत्यारालाई सजाय घटाउन चलखेल भइरहेको पीडित परिवारको आरोप

पोखरा, असोज ६ पोखराका श्रीमती हत्याको अभियोग लागेका जहरसिंह कुँवरलाई उन्मुक्ति दिन खोजिएको पीडित परिवारले आरोप लगाएको छ । पीडित परिवारले व्यूटीपार्लर एशोसियसन गण्डकी, कास्की शाखा र लेखनाथ शाखाको आयोजनामा पोखरामा पत्रकार सम्मेलन गर्दै पद र पैसाको प्रभावमा पारेर श्रीमती हत्या अभियोग लागेका कुँवरलाई सजाय कम गर्न खोजेको आरोप लगाएको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भई हाल पोखरा–८ कुँवरटोलमा डेरागरी बस्ने अन्दाजी ४२ वर्षीय कुँवरले गत भदौ २६ गते आफ्नै श्रीमती ४० वर्षीया राधिका कुँवरका हत्या गरेका थिए… पुरा पढौ

तमु साँस्कृत्क प्रतिष्ठान नेपाल द्वारा लमजुङ र गोर्खामा छात्रवृत्ति वितरण

पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा यही असोज ५ गते शनिबार समितिका सदस्यहरु दुई समूहमा विभाजित भइ लमजुङ र गोर्खामा तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । संस्थाका द्वितीय उपाध्यक्ष डमरबहादुर तमुको नेतृत्वमा सचिव कन्चन तमु, कोषाध्यक्ष श्यामबहादुर तमु, विद्यार्थी समितिको सदस्य तारा तमु र कार्यालय सचीव गंगामाया तमु लमजुङ जिल्लाको सदरमुकाम बेसीशहर स्थित तमु संग्रहालयको सभाहलमा १६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरियो । तमु प्ये ल्हु संङ्घ क्ल्हेप्री समितिका केन्द्रीय अध्यक्ष सन्तोष टु तमुले समुदायमा सह्रानिय कार्य गरेको यस… पुरा पढौ

देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको हो : सञ्चारमन्त्री गुरुङ

असोज ५ लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई आर्थिक सङ्कटबाट जोगाउनको लागि नेपाली कांग्रेस– एमालेको संयुक्त सरकार गठन भएको बताएका छन् । लमजुङ–बेँसीसहर नगरपालिका– ७ मा आज एमाले लमजुङको तेस्रो बैठक सरकारले देशलाई विकासको बाटोमा अघि बढाउन नसकेपछि दुई ठूला दलले सरकारको नेतृत्व लिएका बताए । उनले भने, “वर्तमान सरकारले मुलुकको अर्थतन्त्रको विकास तथा राष्ट्र निर्माणमा केन्द्रित भएर काम गर्नेछ । सञ्चारमन्त्री गुरुङले कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारले नै संविधान संशोधन… पुरा पढौ

प्रत्यक्ष निर्वाचित राष्ट्रपति समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष प्रचण्ड

असोज ५ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको ‘एजेण्डा’लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । अखिल नेपाल ट्रेड यूनियन महासङ्घले आज आयोजना गरेको ‘राजनीतिक वैचारिक प्रशिक्षण’ मा अध्यक्ष दाहालले संविधान निर्माणका क्रममा फरक मतका रुपमा प्रस्तुत पार्टीको प्रस्तावलाई नै अघि सारिने बताए । वर्तमान संविधानमार्फत जनताले पाएका अधिकार केही शक्तिलाई मननपरेको टिप्पणी गर्दै अध्यक्ष उनले संविधान संशोधनका नाममा जनताका अधिकार खोस्न खाजेको आरोप लगाए ।… पुरा पढौ

पर्वतीय दौडलाई पोखराका पर्यटन व्यवसायीले सघाउने

भदौ ५ पोखरा । पोखरा २२, पुम्दीभुम्दीमा आगामी शनिबार (असोज १२ गते) हुने प्रथम पर्वतीय खुला दौड प्रतियोगिता–२०८१ तयारी तीव्र पारिएको छ । आयोजक पोखरा क्लिकले कार्यक्रम कसरी सभ्य र भव्य बनाउने भन्नेबारे पोखराका पर्यटन व्यवसायीसँग सुझाव संकलन गरेको छ । शनिबार पोखरामा आयोजित छलफलमा पर्यटन व्यवसायीले विश्व पर्यटन दिवस सन्दर्भमा हुने उक्त दौड प्रतियोगिता सफल पार्न सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पर्यटनको राजधानी पोखरामा पुम्दीभुम्दीस्थित शान्ति स्तुप, विशाल महादेवको मूर्ति र बुद्ध पार्क पर्यटकीय गन्तव्य हुन् । ती… पुरा पढौ