समाचार

रत्नज्योतिमा स्वागत तथा सम्मान कार्यक्रम

पोखरा । पोखरा–८ रत्नचोकस्थित रत्नज्योति माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ ।शनिबार परेको बालदिवसको अवसर पारेर कक्षा १२ का विद्यार्थीहरुद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ साहित्यकार प्राज्ञ सरूभक्त श्रेष्ठ, विद्यालयका शिक्षक तथा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले उनीहरुलाई स्वागत गरेका हुन् । कार्यक्रममा बोल्दै प्राज्ञ सरुभक्तले विद्यार्थीमा अन्तिरनिहित प्रतिभाको खोजी गर्न सक्ने विद्यालय, विश्व विद्यालय तथा अग्रजहरूको जरुरी रहेको बताए । उनले भने, ‘अहिलेको प्रबिधिको दुनियामा ज्ञानको खाजी गर्न विद्यालय तथा विश्वविद्यालय धाउन नपरेपनि विद्यार्थीमा… पुरा पढौ

मार्गदर्शन कृषि सहकारीमा बालाकृष्ण त्रिपाठी

भदौ २९ पोखरा । मार्गदर्शन कृषि सहकारी संस्थाको अध्यक्षमा बालाकृष्ण त्रिपाठी चयन भएका छन् ।पोखरा–२६ कालिकाचोकस्थित सहकारीको शनिबार सम्पन्न नवौं साधरणसभा तथा तेश्रो अधिवेशनले त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । संस्थाको उपाध्यक्षमा हरिकृष्ण बजगाईं, सचिवमा विश्वज्योति सुवेदी, कोषाध्यक्षमा सुजन अधिकारी र सहसचिवमा केदारनाथ बजगाईं चयन भएका छन् । यस्तै सदस्यहरुमा रामचन्द्र भुर्तेल, शिवानी बजगाईं, लक्ष्मी दाहाल र गीता बजगाईं छन् । यस्तै अधिवेशनले बिष्णुहरि तिवारीको संयोजकत्वमा ३ सदस्यी लेखा समितिपनि गठन गरेको छ । समितिको सदस्यहरुमा सुवास… पुरा पढौ

पोखराको प्रतिभामा ‘प्रतिभा प्रस्फुटन’

पोखरा । राष्ट्रिय बाल दिवसको अवसरमा नदीपुरस्थित प्रतिभा मा.वि पोखराले ‘प्रतिभा प्रस्फुटन कार्यक्रम–२०८१’ सम्पन्न गरेको छ । शनिबार विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीकाविचमा नृत्य र गायन प्रतियोगिता आयोजना गरिएको हो । नृत्य प्रतियोगितामा कक्षा १ बाट आरुश दाहालको समूहले प्रथम स्थान प्राप्त गर्दा प्रज्ञा सापकोटा र सहना शाही द्वितिय र सचिता सुवेदीको समूह तृतिय भयो । कक्षा २ बाट शासम र ओशनी गुरुङको जोडी प्रथम, रानी थापा र प्रभास सुनारको जोडीले द्वितिय र आरुसी भुजेलको समूह तृतिय भयो… पुरा पढौ

विद्यालय स्तरिय ब्याडमिन्टन प्रतियोगितामा मैत्रिय पाठशाला च्याम्पियन

भदौ २९ पोखरा । पोखराको रंगशालामा सम्पन्न स्व.इन्द्र बहादुर गुरुङ स्मृति विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगितामा मैत्रिय पाठशाला च्याम्पियन बनेको छ । शनिबार सम्पन्न प्रतियोगितामा १२ अंक बटुल्दै मैत्रिय पाठशाला च्याम्पियन बनेको हो । ११ अकं सहित मदरल्याण्ड दोस्रो र १० अंक बटुल्दै प्रतिभा माध्यमिक विद्यालय तेस्रो बन्यो । प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका छात्र सिंगलतर्फ मैत्रिय पाठशालाका मिजास उदास प्रथम, मैत्रिय पाठशालाकै प्रसिद दुरा द्वितिय,सेन्ट फ्रान्सिसका उज्वल थापा र न्यू मिलिनियमका साइमन भण्डारीले तृतिय स्थान प्राप्त गरे । यस्तै… पुरा पढौ

सुनास कास्कीको अध्यक्षमा सिरोज कोइराला निर्विरोध

पोखरा, २८ भदौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग आवद्ध सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीको अध्यक्षमा सिरोज कोइराला शुक्रबार निर्विरोध चयन भएका छन् । सुनासको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले कोइरालाको नेतृत्वमा निर्विरोध दुई वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको हो ।कार्यसमितिको उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, सचिवमा शान्तिकुमारी गुरुङ, सहसचिवमा विष्णुप्रसाद पौडेल र कोषाध्यक्षमा शिवहरि आचार्य निर्विरोध चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मञ्जु गौतम, इन्दिरा भण्डारी, घनश्याम पौडेल र ईन्दिरा दाहाल रहेका छन् । बाँकी दुई सदस्य पछि… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको मतगणना भोलि, कति मत खस्यो हेर्नुहोस्…..

पोखरा, भदौ २९ पोखरा उद्योग वाणिज्य संघको नया नेतृत्वका लागि शनिबार मतदान भएको छ । संघको ३५ औं महाधिवेशन अन्तर्गत शनिबार मतदान भएको हो । जसमा २ हजार २ सय २७ मत खसेको निर्वाचन समितिले जनाएको छ । संघमा कुल २ हजार ६ सय ७६ जना मतदाता रहेकोमा ४ सय ४९ जना मतदाता अनुपस्थित रहे । मतदान सकिएपछि मुचुल्का गरिएको छ । मतदान सकिएलगत्तै उम्मेदवारहरुसहितको सर्वपक्षीय बैठकले मतगणना भोलि मात्रै गर्ने निर्णय गरेको छ । यसअघिका वर्षहरुमा मतदान सकिएलगत्तै मतगणना… पुरा पढौ

सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताएका हुन । शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले भने, “कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएका छन् । यस अवस्थाबाट मुक्त गर्नका लागि हामीले २०८१ भित्रै बालबालिकालाई सडकमा बस्नुपर्ने परिस्थितिबाट मुक्त गर्ने अठोट गरेका छौँ ।” प्रधानमन्त्री ओलीले बालबालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल अवस्था सिर्जना गर्न… पुरा पढौ

आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलरको मूल्य घट्यो

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैङ्कका अनुसार शुक्रबारको तुलानामा आज अमेरिकी डलरको मूल्यमा कमी आएको छभने युरो र र युके पाउन्ड स्टर्लिङको मूल्य बढेको छ । त्यसैगरी, साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङ्कङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्तन आएको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएकामा आज… पुरा पढौ

स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय

स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय स्थापना हुने भएको छ । सरकारले हुलाकको पुनः संरचनाअन्तर्गत एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने नीति लिएसँगै स्याङ्जामा कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो । स्याङ्जाका ११ पालिकामा एक जिल्ला हुलाक र अन्य १२ वटा इलाका हुलाक कार्यालय छन् । प्रत्येक पालिकामा एउटा हुलाक कार्यालय रहने व्यवस्था भएबमोजिम एउटा पालिकामा एकभन्दा धेरै भएका हुलाक हटाइने भएको छ । एउटा पनि हुलाक कार्यालय नभएका पालिकामा कार्यालय स्थापना गरी सेवा दिने तयारी भइरहेको जिल्ला हुलाक कार्यालय… पुरा पढौ

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ । सो पार्टीको पहिलो राष्ट्रिय भेलाको अन्तिम तयारीबारे छलफल गर्न केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा जिल्ला भेला, जिल्ला समिति गठन र प्रस्तावित नियमावली र कार्यविधिका सम्बन्धमा छलफल हुनेछ । त्यसैगरी आजको बैठकमा विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुतगरी र आवश्यक छलफल गरिनेछ । साथै राष्ट्रिय भेलामा सहभागिताका लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले अद्यावधिक… पुरा पढौ