समाचार

पोखरा १६ मा मानव बेचविखन विरुद्ध स्थानीय समिति गठन

पोखरा महानगरपालिका वडा नं. १६ मा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि वडास्तरीय समिति गठन भएको छ । बाल तथा महिला ससक्तिकरण समाज नेपाल, कास्कीको संयोजन र वडा कार्यालयको आयोजनामा भएको भेलाले वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाको अध्यक्षतामा ११ सदस्यीय स्थानीय समिति गठन गरेको हो । समितिको सदस्यमा महिला जनप्रतिनिधि राजकुमारी बानियाँ, विन्ध्यवासिनी माविका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, अर्मला प्राथामिक स्वास्थ्य केन्द्रका रेनुका पाण्डे, दलित अधिकारकर्मि ओममाया नेपाली, महिला समुहकी तारा भट्टराई, बाल क्लवका कृपन बास्तोला,लामाचौर सिआरभिका विदुर खत्री र मनोनित… पुरा पढौ

भोटेकोशीको बाढीमा परेर ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन, सबैभन्दा बढी भारतका

रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परेर १२७ नेपालीसहित ६४४ पर्यटक सम्पर्कविहीन भएका हुन् । पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ६४४ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिए । बेपत्ता हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । हालसम्म भारतका १७८, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अष्ट्रेलियाका ३५ जना, संयुक्त अधिराज्य बेलायतका ३३ जना,… पुरा पढौ

पोखरामा भदौ २० गते तायाःमचा नृत्य प्रतियोगिता हुने, यस वर्षको आयोजक लामाचौर कचाःखल गुठी

सन्देश श्रेष्ठपोखरा, भदौ ११ पोखरामा यहि भदौ २० गते शनिबार तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव आयोजना हुने भएको छ । नेवाःखल कास्कीको आह्वान तथा लामाचौर नेवाः खल गुठी कास्कीको आयोजनामा तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सवको २७ औं श्रृंखला पोखरा–१६ लामाचौर चोकमा हुन लागेको विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । तायाःमचा नाचको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि भन्दै हरेक वर्ष पोखरामा हुँदै आएको प्रतियोगिताको निरन्तरता स्वरुप यस वर्ष पनि प्रतियोगिता आयोजना गर्न लागेको आयोजक लामाचौर नेवाः… पुरा पढौ

भोटेकोशी बाढीमा परेर हालसम्म १७७ जनाको शव फेला

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ४१ महिला, ६९ पुरुष, १० जना बालिका, ७ जना बालक र ५० जनाको पहिचान खुल्न सकेको छैन ।प्रहरीका अनुसार रसुवामा २ जना पुरुषको शव भेटिएको छ । साथै नुवाकोटमा ४ महिला र ६ पुरुष र पहिचान नखुलेका २ जना, धादिङमा ९ महिला, ११ पुरुष, एक बालिका तथा पहिचान नखुलेको ६ जनाको शव भेटिएको छ । गोखरामा दुई महिला, १० पुरुष, एक बालक… पुरा पढौ

भोटेकोशी बाढीः तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो,खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले बगाएर तनहुँको त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका शवको व्यवस्थापन तथा परीक्षणको काम सुरू भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार पाँच पुरूष, एक महिला, एक बालक, एक बालिका र एउटा पहिचान खुल्न नसकेको शवलाई पोखरा ल्याइएको हो । “चितवनमा भेटिएका शव पनि त्यहाँ व्यवस्थापन गर्न नसकिएपछि पोखरा ल्याउन लागिएको जानकारी प्राप्त भएको छ”, उनले भने, “हामी अहिले… पुरा पढौ

सिटिजन फर्निचरका दिपक कार्कीले विपद् राहतका लागि प्रधानमन्त्री कोषमा दिए रु १ लाख ११ हजार १११

पोखरा, १० भदौ २०८३।रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिटिजन फर्निचर एण्ड फर्निसिङ, न्यूरोडका सञ्चालक युवा उद्यमी दिपक कार्कीले रु १ लाख ११ हजार १११ सहयोग गरेका छन्। कार्कीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। उनले हिमालयन बैंक लिमिटेड, प्रधान कार्यालयमा रहेको ‘PRIME MINISTER DISASTER RELIEF FUND’ को खातामा हस्तान्तरण गरेका हुन्। बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्र प्रभावित भएका… पुरा पढौ

बाढीपीडितका निम्ति राहत र पुनस्र्थापना अभियानमा सरिक हुने पोउवास संघको घोषणा

पोखरा,१० भदौ । पोखरा उद्योग वाणिज्य संघले बुधबार भोटेकोशीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार,राहत र पुनस्र्थापना कार्यमा खटिन उद्योगी, व्यवसायी एवं आम नागरिकसँग अपिल गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीबाट बुधबार जारी गरिएको अपिलमा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना, बेपत्ताहरुको यथाशीघ्र खोजी र उद्धार, खतरामा परेका मानिसहरूलाई स्थानान्तरण र पुनस्र्थापना एवं घाइतेहरूको तुरुन्तै उपचार प्रबन्धका निम्ति सरोकारवाला निकायहरुको ध्यानाकर्षण पनि गराइएको छ ।अध्यक्ष कार्कीबाट जारी अपिलमा विपत्ति… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघका सदस्यका ८ उमेदवारहरुले बनाए चुनावी परिचालन समिति

पोखरा ।आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन सदस्यका ८ आकाक्षी उमेदवारहरुले चुनाव परिचालन समिति गठन गरेका छन् ।सुर्यराज घिमिरे संयोजक रहेको समितिमा प्रचारप्रसार संयोजक मनोहरि पौडेल वस्तुगत समन्वय संयोजक नवीन नापित रूट व्यवस्थापन संयोजक अंमृत पोखरेल स्वयंसेवक परिचालन संयोजक भानुभक्त अधिकारी सचिवालय व्यवस्थापन संयोजक राम कडेल अर्थ व्यवस्थापन संयोजक दुर्गा बराल यातायात व्यवस्थापन संयोजक कमल सुनार रहेका छन ।पोखरा उद्योग वाणिज्य संघको विधान बमोजिम कार्यसमिति सदस्य खुलामा १० जना निर्वाचित हुने व्यवस्था रहेकोमा उक्त पदका इच्छुक… पुरा पढौ

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै नागरिकलाई उच्च मनोबलका साथ सुरक्षित गर्न तैनाथ हुने बताएका छन् । उनले प्रहरी र नागरिकको सहकार्यबाट मात्रै सभ्य तथा अपराधरहित समाज निर्माण गर्न सकिने बताए । जिल्ला प्रहरी कार्यालय बागलुङमा निर्माण सम्पन्न भएका चार ब्यारेक तथा आवास भवनको आज एक कार्यक्रमबीच उद्घाटन गर्दै महानिरीक्षक कार्कीले समुदायको अपनत्व र साथबिना प्रहरी सफल हुन नसक्ने बताए । अपराध कम गर्न तथा अनुसन्धानमा नागरिकको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो । दिनभर सुरक्षामा खटिएको… पुरा पढौ

बाढी पिडित राहत कोषमा पोखरा १३ का वडाध्यक्ष बरालको सहयोग घोषणा

पोखरा १३ का वडाध्यक्ष किरण बरालले बाढी पीडितको राहतका लागि सहयोगको घोषणा गरेका छन् । पछिल्लो समय मुलुकले सामना गरिरहेको ठूलो प्राकृतिक विपदबाट प्रभावित नागरिकको सहयोगका लागि उनले आफ्नो मासिक पारिश्रमिक सहयोगका लागि उपलब्ध गराउने निर्णय गरेका हुन् ।आफूले पाउने मासिक पारिश्रमिक बुधबारदेखि नै राहत कोषमा जाने उनले जानकारी दिए ।बुधबार मात्रै भोटेकोशी र त्रिशुलीमा आएको बाढीले जनधनको क्षति भएको भन्दै उनले विपद्का कारण धेरै परिवार प्रभावित भएको र उनीहरुलाई तत्काल राहतको आवश्यकता परेकाले पारिश्रमिक सरकारी राहत कोषमा जम्मा गर्ने… पुरा पढौ