समाचार

पब्लिक फोरके टिभीले प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगिता गर्ने

बार्दली मिडिया प्रा.लिद्धारा सञ्चालित पब्लिक फोरके टेलिभिजन पोखराको आयोजनामा दशौँ संस्करणको गण्डकी प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । हरितालिका तीजको अवसर पारेर कृषि र कृषकका सम्भावना, महिला कृषकलाई उद्यम तथा पर्यटन का लागि प्रेरित गर्दै उनीहरुको आत्मसम्मान र संघर्षका कथालाई मौलिक तीज गीतमार्फत उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । गण्डकी प्रदेशका ११ जिल्लाबाट छनोट भएका उत्कृष्ट समूहबीच यही भदौ २२ गते सोमबार पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा ग्रान्ड फिनाले हुने कार्यक्रम संयोजक घनश्याम… पुरा पढौ

बलराम र सञ्जुको मौलिक तीज गीत ‘दिदी–भाइको गन्थन’ सार्वजनिक

नवोदित गायक बलराम खनाल र सञ्जु खनालले मौलिक तीज गीत सार्वजनिक गरेका छन् । नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसर पारेर उनीहरुले 'दिदी–भाइको गन्थन' भाग– २ बजारमा ल्याएका हुन् । गत बर्ष सार्वजनिक भएको भाग १ ले दर्शक स्रोताको मन जित्न सफल भएपछि भाग २ लाई पनि संगीत बजारमा ल्याईएको नवोदित गायक बलराम खनालले बताए । तीज पर्वका नाममा भड्किला गीतहरु आईरहेको बेला, ग्रामीण परिवेश र आफ्नै पाखा पखेरामा गाईने भाका र शब्दलाई टपक्क टिपेर प्रस्तुत गरिएको गायिका सञ्जु… पुरा पढौ

त्रिवेणी इन्टरनेशनलमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

पोखराको तालचोकमा रहेको त्रिवेणी इन्टरनेशनल कलेजमा विविएस प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उच्च शिक्षाको नयाँ यात्रामा प्रवेश गरेका विद्यार्थीलाई कलेजको शैक्षिक वातावरण, अध्ययन–अनुशासन, जिम्मेवारी, अवसर तथा भविष्यका चुनौतीबारे जानकारी दिने उद्वेश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको क्याम्पस प्रमुख डिल्लीराम पौडेलले वताए । कार्यक्रममा शिक्षा क्षेत्रमा सक्रिय, प्रेरणादायी र गतिशील व्यक्तित्व मिलन केसीले प्रमुख वक्ताका रूपमा विद्यार्थीहरूलाई सम्बोधन गर्दै विद्यार्थी जीवनलाई भविष्य निर्माणको सबैभन्दा महत्वपूर्ण चरणका रूपमा लिन आग्रह गरे । उनले बदलिँदो विश्व परिवेश, प्रविधिको… पुरा पढौ

पुस्तकालय दिवसमा दीपशिखाले त्रिदिवसीय कार्यक्रम गर्ने

पोखरा २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले १९ औं पुस्तकालय दिवसको अवसर पारेर त्रिदिवसीय कार्यक्रम गर्ने भएको छ । “बाल युवा र बृद्व ः पुस्तकालय सबैको गन्तव्य” भन्ने सन्देशसहित भदौ १५ मा मनाउन लागिएको १९ औं पुस्तकालय दिवसको अवसर पारेर संस्थाले त्रिदिवसीय कार्यक्रम गर्न लागेको जनाईएको छ । कार्यक्रम अन्तर्गत १३ गते पाठक अन्तकृया एवम् परिचर्चा, १४ गते प्रभातफेरी र पुस्तकालयको महत्व वारेमा मा.वि (९—१२) स्तरीय निबन्ध लेखन प्रतियोगिता तथा १५ गते दीप प्रज्ज्वलन कार्यक्रम गरी समापन हुने कार्यक्रम संयोजक… पुरा पढौ

गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्री फिर्ता हुँदैं

नेपाली कांग्रेसको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्रीहरु बाहिरिने भएका छन् । एमाले र नेपाली कम्युनिष्ट पार्टी बिच सत्ता सहकार्य गर्ने निर्णय भएपनि बिगत डेढ महिनादेखि गण्डकीमा कांग्रेस नेतृत्वको सरकारमा एमाले बसिरहेको थियो । मंगलबार बिहान बसेको एमाले गण्डकी प्रदेश संसदीय दलको बोर्ड बैठकले प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि औपचारिक रुपमै सरकारबाट बाहिरिन लागेको हो । बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई राजीनामा दिन लगाउने निर्णय गरेको दलका उपनेता लिलबहादुर थापा मगरले जानकारी दिए । “एमालेका मन्त्रीले राजीनामा… पुरा पढौ

गण्डकीमा सरकार छाड्न एमालेको आनाकानी

सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच सत्ता गठबन्धन भएको झण्डै डेढ महिना भयो । सम्झौता अनुसार गण्डकी र मधेश प्रदेशबाहेक अन्य ५ प्रदेशमा सरकार गठन भइसकेको छ । एमाले र नेकपाबीचको सहमति अनुसार कोशी, बागमती, लुम्विनी, कर्णाली र सुदूरपश्चिममा गठबन्धनको नया सरकार बनिसकेको छ । एमाले र नेकपाबीच गठबन्धन बने पनि गण्डकीमा भने एमाले लाज पचाएर सरकारमा बसेको छ । केन्द्रमा दुई पार्टीबीच गठबन्धन गरेर अगाडि बढ्ने भनेपछि त्यसको… पुरा पढौ

चरा हेर्न पदयात्रा : धम्पुसमा ६३ प्रजातिका चरा अभिलेख

पोखरा, ७ भदौपोखरा पंछी समाजको आयोजनामा पाँचौँ समर बर्ड हाइक भएको छ । पोखराबाट धम्पुस हुँदै पोथना, प्रितम देउराली तथा आसपासका क्षेत्रमा गरिएको हाइकिङ तथा पंक्षी अवलोकनमा पन्छी समाजका ३२ सदस्य सहभागी थिए ।धम्पुसबाट शनिबार बिहानै सुरु भएको कार्यक्रममा करिब ३ घन्टाको अवधिमा ६३ प्रजातिका चरा अभिलेख गरिएको छ । यस क्षेत्रमा पाइने विभिन्न प्रजातिका चरा प्रत्यक्ष अवलोकन तथा पहिचान गर्दै सहभागीले चराको बासस्थान, व्यवहार र संरक्षणका विषयमा समेत ज्ञान आदानप्रदान गरे । हाइकमा गएकाहरु आइतबार पोखरा फर्किएका छन् ।कार्यक्रममा… पुरा पढौ

पोखरा ट्रेड मलमा जिजी पोखरा र बीपी एथेनिक वेयर सञ्चालनमा

पोखरा, भदौ ७। पोखरा ट्रेड मलको दोस्रो तलामा महिलालाई लक्षित गरी जिजी पोखरा र बीपी एथेनिक वेयर सञ्चालनमा आएका छन्। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै जिजी पोखरामा चिनियाँ ब्रान्डका फेसनेबल पहिरन तथा बीपी एथेनिक वेयरमा भारतका ब्रान्डेड कुर्था–सुरुवाल र एथेनिक पोसाक उपलब्ध गराइएको छ। दुवै पसलको आइतबार एक समारोहबीच कल्पु कलेक्सन चितवनकी सञ्चालक कल्पना पौडेल (खड्का), टिकटकर शान्ति बराल र समाजसेवी शान्ति गिरीले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरे। उद्घाटन अवसरमा दुवै पसलले ग्राहकका लागि विशेष छुटको… पुरा पढौ

‘मिडिया फुटसल कप’मा कल्पलाई जीएमसीको साथ

पोखरा कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । उक्त प्रतियोगिताको हस्पिटल पार्टनरमा पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी) रहेको छ । शनिबार एक कार्यक्रमबीच मेडिकल कलेज र कल्प मिडियाबीच प्रतियोगिताका दौरान सेवा उपलब्ध गराउने उद्देश्यबीच सम्झौता भएको मिडियाका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए । सम्झौता अनुसार प्रतियोगितामा कलेजले मेडिकल सेवा उपलब्ध गराउने छ भने आकस्मिक सेवा प्रदान गर्न अस्पताल लैजान परे ५ हजार… पुरा पढौ

विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी स्कील टेष्ट सम्पन्न

पोखरा–१,मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी भाषको स्कील टेष्ट कार्यक्रम सम्पन्न भएको छ । मा.वि. तहमा अध्ययनरत विद्यार्थी बिच आयोजना गरिएको कार्यक्रममा हरियो सदनबाट कक्षा ९ का छात्रा मेहुली मन्ना प्रथम, हरियो सदन कै कक्षा १० का छात्रा प्रिस्किला तामाङ द्वितीय पहेँलो सदनबाट कक्षा १० का छात्रा मञ्जिसा भुजेल तृतीय र रातो सदनबाट कक्षा ९ का छात्रा अर्चना रत्नले सान्त्वना स्थान प्राप्त गरिन् । उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यालयका प्रिन्सिपल कृष्णकुमार श्रेष्ठले विद्यार्थीहरुमा रहेको क्षमतालाई प्रस्फुटन गर्न… पुरा पढौ