समाचार

बाटुलेचौर ऐतिहासिक तीज मेलाको तयारीमा आमा समुह

पोखरा । पोखरा १६ स्थित बाटुलेचौरको ऐतिहासिक तिज मेला यस वर्ष स्थानिय आमा समुहहरुले सञ्चालन गर्ने भएका छन ।महिलाहरुको महान पर्व हरितालिका तीज पर्वको अवसरमा बाटुलेचौरमा हुँदै आएको ऐतिहासिक तीज मेला वडाका आमा समुहहरुले निरन्तरता दिने भएका हुन् । यसअघि हिमालय क्लबले गर्दै आएको मेलालाई यस वर्ष वडामा सक्रिय स्थानिय आमा समुहले सञ्चालन गर्ने भएका हुन् । साबिकको आयोजक संस्था हिमालय क्लबले मेला सञ्चालन गर्न नसक्ने जनाएपछि ऐतिहासिक तीज मेलालाई निरन्ता दिने गरिस्थानिय आमा समुहहरुलाई जिम्मेवारी दिइएको वडा नम्वर १६… पुरा पढौ

पाल्पाको लाखे नाच पोखरामा पनि हेर्न पाइने

साउन ३० पोखरा । पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा पनि देखाइने भएको छ । सिटिजन फर्निचर आयोजनामा आगामी भदौ १ गते उक्त नाच देखाइने तयारी छ । न्यूरोडस्थित सिटिजन फर्निचरको आँगनमा राति ८ देखि १० बजेसम्म उक्त नाच देखाउने तयारी भएको कम्पनी संचालक दीपक कार्कीले बताए । त्यसका लागि पाल्पा रिब्दीकोटस्थित श्री भीमसेन गुठी भैरवस्थान, हटियाको लाखे नाच–२०८१ टोली कलाकार, बाजागाजासहित यहाँ आउने छ । युवा व्यवसायी कार्की आफैं पनि भैरवस्थानका हुन् । उनकै पहलमा अघिल्लो वर्षसमेत सिटिजन फर्निचरको आँगनमा… पुरा पढौ

लायन्स क्लब नेतृत्व विकास गर्ने संस्था हो : मन्त्री देवकोटा

साउन ३० पोखरा । लायन्स क्लब इनटरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तरगत रिजन १२ मा रहेका पाँच वटा क्लबको संयुक्त पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा लेखनाथ, लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारी, लायन्स क्लब अफ पोखरा आरम्भ चौतारी, लायन्स क्लब अफ पोखरा उन्नति चौतारी र लायन्स क्लब अफ पोखरा भिजिटले संयुक्त पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम आयोजना गरेका हुन् । गण्डकी प्रदेश सरकारका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाको प्रमुख… पुरा पढौ

पर्वतमा कृषि र पशुपालनतर्फ रु १७ करोड बढी बजेट

पर्वत । चालु आर्थिक वर्षमा पर्वतमा कृषि र पशुपालनका क्षेत्रमा रु १७ करोड भन्दा बढी बजेट खर्च हुने भएको छ । कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चालु आवमा कृषि उत्पादकत्व वृद्धि र प्रवर्द्धन तथा व्यावसायिक पशुपालनका क्षेत्रमा रु १७ करोड १९ लाख ८५ हजार बजेट खर्च हुने भएको हो । खाद्यान्न, फलफूल, सागसब्जी, तेलहन, दलहन उत्पादन गरी जिल्लालाई आत्मनिर्भर बनाउनुका साथै निर्यात गरी किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले चालु आवमा… पुरा पढौ

साउनमा देवघाट मेलामा एक लाख भक्तजनले गरे स्नान

तनहुँ । प्रसिद्ध धार्मिकस्थल देवघाटमा यस वर्षको साउन महिनामा एक लाख ३० हजार भक्तजनले स्नान गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष भक्तजनको सङ्ख्या घटेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । अन्तिम सोमबारको उपस्थितिले भक्तजनको आवागमनमा वृद्वि गराएको समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए । उनका अनुसार अन्य सोमबारको तुलनामा अन्तिम सोमबार एकै दिन करिब ५० हजारको हाराहारीमा भक्तजनको आवागमन भएको थियो । हिन्दु धर्मप्रति आस्था राख्ने भक्तजनले साउनको महिनामा देवघाट आएर स्नान गर्दा मनोकाङ्क्षा पूरा हुने… पुरा पढौ

सिस्नोको पाउडर र गुन्द्रुकले बजार नपाएपछि बागलुङका महिला उद्यमी निराश

ढोरपाटन । बागलुङको जैमिनी नगरपालिका–३ दमेकका महिला उद्यमीले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, आलु चिप्सलगायतका उत्पादनले बजार नपाएपछि निराश बनेका छन् । रुद्रताल सामाजिक महिला सहकारी संस्थामार्फत गत वर्षदेखि उत्पादन सुरु गरेका महिलाहरुको उत्पादित सामग्रीले बजार नपाएपछि उनीहरु निराश भएका हुन् । गाउँको उत्पादनलाई ‘प्याकेजिङ र ब्राण्डिङ’ गरी उद्यममा लागेका महिलाहरु अहिले उद्योग सञ्चालन गर्ने वा बन्द गर्ने दोधारमा छन् । विभिन्न सरकारी सङ्घ संस्थाबाट अनुदान पाएर उत्साहित भएका उनीहरु बजार नपाएपछि अन्योलमा परेका हुन् । सहकारीमार्फत महिलालाई आयआर्जनसँग… पुरा पढौ

हाइकिङको ५० औं श्रृङ्खलामा पर्यटन विकासमा हाइकिङको योगदानको चर्चा

पोखरा । हाइकर्स क्लब नेपालको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. २३ को सहकार्यमा पर्यटन विकासमा हाइकिङको योगदानको चर्चा परिचर्चा कार्यक्रम तथा हाइकिङ भाग ५० शनिबार पोखरा २३ बाम्दी देखि तारेभिर हुँदै घाँटीछिनासम्म पदयात्रा गरी सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले कार्यक्रमको उद्घाटन गर्दै पर्यटन र स्वास्थ्यको लागि हाइकिङ भन्ने मूलनाराका साथ हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रमले आन्तरिक पर्यटनमा ठुलो योगदान गरेको वताउँदै पोखरा २३ वडामा हाइकिङ समुह आउँदा यहाँका वासिन्दामा हौसला… पुरा पढौ

चिकित्सा शिक्षा आयोगका परीक्षामा सहभागी हुन नसकेकाहरुको शुल्क फिर्ता हुन्छ:शिक्षामन्त्री भट्टराई

काठमाडौ । विज्ञान, प्रविधि तथा शिक्षामन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरुको शुल्क फिर्ता हुने जानकारी गराएका छन् । बुधबार सामाजिक संजाल फेसबूकमा एक स्टाटस मार्फत मन्त्री भट्टराईले कक्षा १२ को नतिजा नआउँदै प्रवेश परीक्षाका लागि फारम भरेका तर नतिजामा नन ग्रेड ९अनुत्तीर्ण०मा परेका विद्यार्थीहरुको शुल्क फिर्ता गर्ने बताएका हुन् । उनले भनेका छन्, चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा नन ग्रेडमा परेका विद्यार्थीले… पुरा पढौ

किसानलाई बागलुङका तीन चिस्यान केन्द्र ‘निल्नु न ओकल्नु’

गलकोट । सुन्तला र आलुको मूल्य दोब्बर बनाउने उद्देश्यले स्थापना गरिएका बागलुङका तीन चिस्यान केन्द्र सञ्चालनमा समस्या भएको किसानले गुनासो गरेका छन् । तीन वर्षअघि गण्डकी प्रदेश सरकारको सहयोगमा २० देखि ३० टनसम्मका तीनवटा चिस्यान केन्द्र निर्माण भएका थिए । ती चिस्यान केन्द्रले किसानलाई फाइदाभन्दा बढी घाटा पुर्‍याएपछि बन्द हुने अवस्थामा पुगेका हुन् । बागलुङ नगरपालिका–८ सिगाना र काठेखोला गाउँपालिका–६ बिहुँमा सुन्तलाका लागि र काठेखोला गाउँपालिका–३ धम्जामा आलु भण्डारणका लागि निर्माण गरिएका चिस्यान केन्द्र अहिले बन्द हुने अवस्थामा पुगेका छन्… पुरा पढौ

‘भैँसी ब्लक’ कार्यक्रमले स्याङजाका किसान पशुपालनतर्फ आकर्षित

वालिङ । भैँसी ब्लक कार्यक्रमले स्याङजा चापाकोट–८ मा रहेको रत्नपुर साना किसान कृषि सहकारी संस्थामा आबद्ध किसानको व्यावसायिक विकासका लागि सहयोग पुगेसँगै पशुपालनतर्फ आकर्षित भएका सहकारीका अध्यक्ष जीवन डोटेलले बताए । “भैँसी ब्लक कार्यक्रमले परम्परागत रुपमा पशुपालन गर्दै आएका किसानको आनीबानी तथा व्यवहारमा परिवर्तन ल्याएको छ”, उनले भने, “पशुका लागि दानापानी, घाँस, सामान्य औषधोपचार गर्ने तौरतरिकाका बारेमा ज्ञान पाएसँगै पशुपालनतर्फ आकर्षित हुनुभएको हो ।” भैँसी ब्लक कार्यक्रमबाट गोठलगायत पूर्वाधार निर्माण गरी यहाँका किसानले नयाँ पशु पनि थप गर्दै गएका छन्… पुरा पढौ