समाचार

फुर्सेखोलामाथिको झोलुङ्गे पुल हालसम्म मर्मत नहुँदा सास्ती

पोखरा । दुुई वर्षअघि जग भत्किएको मालेपाटनबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्ने फुर्सेखोलामाथिको झोलुङ्गे पुल हालसम्म मर्मत नहुँदा सो पुलबाट आवतजावत गर्ने सर्वसाधारण समस्यामा परेका छन् । उक्त पुलको जग भत्किँदा मालेपाटनसहित तनहुँको सेराबेँसीलगायत ठाउँका सर्वसाधारण समस्यामा परिरहेका स्थानीय तारानाथ रिजालले बताए । नौलो घुम्ती नेपालको प्राविधिक सहयोगमा विसं २०७४ मा निर्मित एक सय १९ मिटर लम्बाइको उक्त पुल कूल रु ४१ लाख २५ हजार पाँच सय २८ लागतमा बनेको थियो । संरक्षणको अभावमा बर्सेनि फुस्रेखोलामा वर्षासँगै आउने बाढी र… पुरा पढौ

मालेपाटन र मालमूलघारी जोड्ने ताल खोलामाथिको झोलुङ्गे पुल सञ्चालनमा

गण्डकी । पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन र मालमूलघारी जोड्ने ताल खोलामाथिको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । वर्षौंदेखि पुलको आशामा रहेका स्थानीयमा पुल बनेसँगै खुसियाली छाएको छ । मालेपाटनसँगै यहाँका बडहरे, देउराली, खड्का गाउँ, डोटेल कुनालगायत स्थानका बासिन्दालाई वडा कार्यालयका साथै गण्डकी विश्वविद्यालयसँगको पहुँच सहज बनाएको हो । पुल निर्माणले मालेपाटन क्षेत्रका बालिबालिकालाई ब्रम्हरुपा माध्यमिक विद्यालयसम्म पुुग्न सहज भएको स्थानीय ब्रम्हरुपा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गालाल पण्डितले बताए । झोलुङ्गे पुल निर्माणले मालेपाटन र आसपासका सर्वसाधारणलाई पृथ्वीराजमार्गअन्तर्गतको तल्लो गगनगौडा… पुरा पढौ

रुपा गाउँपालिकाले डढेलोबाट जोगाउने वन समूहलाई २० हजार पुरस्कार दिने

गण्डकी । कास्कीको रुपा गाउँपालिकाले डढेलोबाट वन जोगाउन सफल सामुदायिक वन समूहलाई रु २० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ । सामुदायिक वन दिवसका अवसरमा ठूलो वन समूहद्वारा निर्मित हरियाली पार्कमा आयोजित वृक्षरोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ओझाले वन जोगाउन सफल सामुदायिक वन समूहलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेका हुन् । वन क्षेत्रमा आगो लगाउँदा जैविक विविधता, वनमा रहेका वनस्पति, जीवजन्तुसहित वातावरणीय असर पर्ने हुँदा त्यस्तो आपराधिक काम रोक्न पालिकाले चालु आर्थिक वर्षदेखि पुरस्कृत गर्ने अध्यक्ष ओझाले जानकारी दिए… पुरा पढौ

एभरेस्टकर्मी दीपेन्द्र श्रेष्ठ कञ्चन पत्रकारिता पुरस्कारबाट सम्मानित

एभरेस्टकर्मी दीपेन्द्र श्रेष्ठ कञ्चन पत्रकारिता पुरस्कार–२०८१ बाट सम्मानित भएका छन्। नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित सो पुरस्कारबाट एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमका सम्पादक श्रेष्ठ सम्मानित भएका हुन्। सो अवसरमा नवलपुरकी पत्रकार कमला रानामगरपनि सम्मानित भइन्। फोनिजको स्थापना दिवसको अवसरमा आईतबार सुईखेतको रिभर भ्याली रिसोर्टमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, तमुधीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष कर्मकुमारी गुरुङ लगायतले सम्मान गरेका थिए । पुरस्कारको राशी जनही २५ हजारसहित दोसल्ला र सम्मान पत्र छ । पोखराका… पुरा पढौ

पोखरामा सम्पन्न लाखे नाच प्रतियोगितामा मोहरिया सिंहनाथ टोल प्रथम

पोखरामा भएको लाखे नृत्य प्रतियोगीताको उपाधि मोहरिया सिंहनाथ टोल समितीले जितेको छ । नेवाः खल पृथ्वीचोक कचा:को आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा मोहरिया सिंहनाथ टोल प्रथम भएको हो । प्रतियोगितामा रामकृष्ण टोल ल्याम्ह पुच दोस्रो भएको छ भने समाज कल्याण नेवा खल राजाको चौतारा तेस्रो भएको छ । प्रतियोगितामा गैह्रापाटन नेवा समाजले सान्त्वना स्थान प्राप्त गर्यो । प्रतियोगितामा २० टिमले सहभागिता जनाएका थिए । पुरा पढौ

शुक्लेश्वर महादेव मन्दिर सेवा समितिको साधरणसभा तथा ट्रस ब्रीज उद्घाटन

पोखरा । शुक्लेश्वर महादेव मन्दिर सेवा समितिको दशौं साधरण सभा तथा ट्रस ब्रीज उद्घाटन गरिएको छ । शनिबार पोखरा–१५ अलकापुरस्थित शुक्लेश्वर महादेव मन्दिरमा आयोजित कार्यक्रमको पोखरा महानगरपालिका–१५ का वडाध्यक्ष तोरणबहादुर बाँनियाले उद्घाटन गरे । उनले समितिले वडामा प्रंशसायोग्य कार्य गरेको बताए । मन्दिर परिसरमा पुजा पाठ सहित भजनकृतनबाट वडावासीहरुमा सकारात्मक प्रभाव परेको आफूले महशुस गरेको बताए । उनले सोही अवसरमा समितिले निर्माण गरेको ट्रस्ट व्रिजको पनि उद्घाटन गरेका थिए । सो अवसरमा समितिका विभिन्न गतिविधिमा सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई… पुरा पढौ

स्याङजामा कृषि सहकारीद्वारा ६७ लाखको सागसब्जी बिक्री

वालिङ । जिल्लाको वालिङमा रहेको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारीले एक वर्षमा रु ६७ लाख बढीको सागसब्जी बिक्री गरेको छ । वालिङ नगरपालिका–१ त्रियासीमा रहेको सहकारीले गत आर्थिक वर्ष २०८०/८१ मा रु ६७ लाख २५ हजार दुई सय ९९ सागसब्जी बिक्री गरेको हो । सहकारीमा आबद्ध भएका कृषक शेयर सदस्यहरुले आ–आफ्नो खेतबारीमा उत्पादन भएका सागसब्जी सहकारीले सङ्कलन गरी बिक्री गर्दै आएको सहकारीका अध्यक्ष अर्जुनप्रकाश अर्यालले बताए। “यहाँका कृषकले ठूलो परिमाणमा विभिन्न प्रजातिका सागसब्जी र फलफूल उत्पादन गरी सहकारीमा… पुरा पढौ

नब्बे जनाको दरबन्दी भएको पोखरा स्थित हुलाक निर्देशनालयमा ४२ मात्रै कर्मचारी

लेखनाथ । पोखरास्थित हुलाक निर्देशनालयमा पर्याप्त जनशक्ति र यातायातका साधनको अभावमा पनि हुलाकका कर्मचारीले सेवा प्रवाह गरिरहेका का प्रमुख कीर्तनराज पौडेले बताएका छन् । आज हुलाक निर्देशनालय निरिक्षणमा पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष उनले उक्त जानकारी दिएका हुन् । प्रखुम पौडेलले नब्बे जनाको दरबन्दी भएको निर्देशनालयमा ४२ कर्मचारीबाट काम भइरहेको बताए । सोही अवसरमा मन्त्री गुरुङले हुलाक सेवालाई प्रभावकारी एवं प्रविधिमैत्री बनाउन आग्रह गरेका छन् पोखरास्थित हुलाक निर्देशनालयको निरीक्षणपछि मन्त्री गुरुङले हुलाकसम्बन्धी पुराना नीति, नियमलाई परिमार्जन गर्दै… पुरा पढौ

म्याग्दीको तीन गाउँपालिकाका नौसय ५० घरधुरीमा निजी धारा जडान

म्याग्दी । म्याग्दीको मालिका, मंगला र धवलागिरी गाउँपालिकाका नौसय ५० घरधुरीमा निजी धारा जडान गरेर खानेपानी पहुँच विस्तार गरिएको छ । नेपाल स्वास्थ्यको लागि पानी (नेवा), स्थानीय तह र समुदायको लागत साझेदारीमा निर्माण भएका आयोजनाहरुबाट सात हजार सात सय ६२ जनसंख्या लाभान्वित भएका छन् । कुल रु. पाँच करोड ९१ लाख ४५ हजार आठ सय २९ को लागतमा खानेपानी आयोजनाहरु निर्माण भएका नेवाको गण्डकी प्रदेश कार्यालयले जनाएको छ । नेवाका प्रदेश प्रमुख रमेश दाहालका अनुुसार आयोजनाको कार्यक्षेत्रका सबै घरधुुरीमा निजी… पुरा पढौ

आजको मौसम: देशभर मनसुनी वायुको प्रभाव

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा आज पनि सरदर स्थान आसपास रहेको छ । मनसुनी वायुको प्रभावका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेश र… पुरा पढौ