समाचार

श्रीमदवीतक चर्चामा भक्तजनको भीड

साउन १९ पोखरा । श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनहरुको भीड दिन प्रतिदिन बढ्दै गएको छ । गत श्रावण १० गते देखि पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रजचनको १० औ दिन शनिवार सम्म आइपुग्दा भक्तजनहरुको भीड दिन प्रतिदिन बढ्दै गइरहेको श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए । अध्यक्ष ढकालका अनुसार प्रवचनमा भक्तजनहरुको भीड वढेसंगै सहयोग रकम र प्रसादका लागि समेत सहयोग… पुरा पढौ

पोखरा महानगरमा सञ्चालित सार्वजनिक बसको प्रदूषण जाँच

साउन १९ पोखरा । पोखरा महानगरपालिका भित्र सञ्चालित सार्वजनिक यातायातको प्रदूषण जाँच सुरुआत गरिएको छ । यातायात व्यवस्था कार्यालयले आज पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालित बसहरुको प्रदूषण परीक्षण गरेको हो । मापदण्ड भन्दा बाहिर रहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सवारी साधनहरुको प्रदूषण जाँच सुरु गरिएको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख अशोक गौतमले जानकारी दिए । उनका अनुसार अन्य दिनमा प्रदूषण परीक्षका लागि भीडभाड हुने भएकाले सार्वजनिक बिदाका दिनमा समेत सेवा सञ्चालन गरिएको हो । पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालनमा… पुरा पढौ

मनसुनजन्य विपद्मा परी देशभर एक सय ५० को मृत्यु

साउन १९ काठमाण्डौं । बाढी, पहिरोलगायत मौसमजन्य विपद्मा परी आजसम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ । विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा आठ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । विपद्मा ४९ जना बेपत्ता तथा एक सय ७७ जना घाइते भएका छन् भने विपदमा फसेका एक सय आठ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।बाढीका कारण तीन सय ८४ घर… पुरा पढौ

गण्डकीमा मन्त्रालयको सङ्ख्या नबढाउने एमाले अडान कायमै

साउन १९ पोखरा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारमा एमालेको सहभागिताका विषयमा छलफल भइरहेको बताएका छन् । शनिबार पोखरामा नेपाल बुद्धिजीवी परिषद गण्डकी प्रदेश कमिटीद्वारा प्रकाशित स्मारिका ’गण्डकी दर्पण’को विमोचन समारोह बोल्दै अधिकारीले मन्त्रालयको सङ्ख्या लगायतका विषयमा कुरा मिल्न बाँकी रहेको बताए । एमालेले मन्त्रालयको सङ्ख्या ७ बाट बढाउन नहुने अडानमा कायम रहेको स्पष्ट पारे । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको जोडबल मन्त्रालयको सङ्ख्या बढाएर १२ सम्म पु¥याउनेमा रहेको देखिएको उनको सङ्केत थियो… पुरा पढौ

काभा महिला भलिबल : भारतलाई पराजित गर्दै नेपालको ऐतिहासिक जित

साउन १९ काडमाण्डौं । राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले एतिहासिक जित दर्ता गराएको हो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५–१८ ले जित्यो । खेलको दोस्रो सेट भारतले २५–१२ ले आफ्नो पक्षमा पा¥यो… पुरा पढौ

मज्र्याङ्गकोटका गुरुङ्ग परिवालाई तमु समाज सलालाह ओमानको सहयोग

साउन १९ तनहुँ । एकै परिवारका दुई सदस्य विरामी भएपछि आर्थिक समस्या झेलिरहेका कास्की रुपाकोट गाउँपालिका ५ मज्र्याङकोटका एक परिवारलाई तमु समाज सलालाह ओमनले आर्थिक सहयोग उपलब्ध गराएको छ । बैदेशिक रोजगारीका लागि ओमान पुगेका नेपालीहरुबाट संकलन गरिएको एक लाख २४ हजार तीन सय साठी रुपैयाँ तमु समाज सलालाहको सक्रियतामा प्रदान गरिएको हो । विगत ८ बर्ष अघिदेखि प्यारालाईसिसबाट पिडीत रहेकी ७७ बर्षीया तुलसी गुरुङ्ग दुई बर्ष अघिबाट छोरा चन्द्रबहादुर गुरुङ्गको समेत दुवै मृगौला फेल भएपछि चरम आर्थिक समस्यामा परेका… पुरा पढौ

महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिको संयोजकमा ईन्द्र

पोखरा । महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिको संयोजकमा ईन्द्र प्रसाद सुवेदी चयन भएका छन्। विन्ध्यवासिनी माध्यमिक विद्यालयको संरक्षण, व्यवस्थापन तथा स्वामित्वमा सञ्चालित गुफाको समग्र विकासका लागी विद्यालय व्यवस्थापन समितिले सदस्य सुवेदीलाई जिम्मेवारी दिएको हो । समितिको सदस्यमा भरत वहादुर वस्नेत, प्रेम तिमिल्सिना, ओममाया नेपाली, एक वहादुर नेपाली, विनोद पौडेल, मनकला नेपाली, विजय सापकोटा, पदेन सदस्यमा निवर्तमान संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरूदत्त भट्टराई, गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्था र समितिको सदस्य सचिवमा शिशिर पौडेल… पुरा पढौ

युवा रेडक्रस सर्कल विन्ध्यवासिनीमा कविता प्रतियोगिता

पोखरा । पोखराको बाटुलेचौर िस्थत विन्ध्यवासिनि माध्यमिक विद्यालयमा खुला कबिता वाचन प्रतियोगिता सम्पन्न भएको छ। युवा रेडक्रस सर्कल विन्ध्यवासिनी मा विको आयोजनामा भएको प्रतियोगितामा नम्रता सुनार प्रथम, एञ्जिला भट्टराई द्वितीय, नितिसा भट्टराई तृतीय र प्रतिक गौतम,कृतिका अधिकारी, अनिता थापाले सान्त्वना स्थान प्राप्त गरेका छन् । उत्कृष्ट विद्यार्थीलाई प्रअ एवम् संरक्षक शिक्षक कृष्णप्रसाद आचार्य , स प्रअ राम बहादुर बानियाँले पुरस्कार वितरण गरे ।कार्यक्रममा बोल्दै प्रधानाध्यापक आचार्यले विद्यार्थीको शैक्षिक तथा व्यक्तित्व विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । कार्यक्रममा… पुरा पढौ

बस्ती माथिका जमिन चिराचिरा, स्थानीयको बास त्रिपालमुनि

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–५ तल्लो चिप्ला गैरीगाउँका स्थानीय त्रिपाल टाँगेर बसेका छन् । यही साउन १२ गते परेको वर्षाले बस्ती माथिका जमिन चिराचिरा परेर पहिरो जाने जोखिम बढेपछि साउन १३ गतेदेखि यहाँका ४० घरपरिवार यतिबेला सोही गाउँ नजिकैको डाँडाँगाउँमा गएर त्रिपाल टाँगेर बस्दै आएका हुन् । वडाध्यक्ष घनश्याम घलेले बस्तीभन्दा करिब साढे एक सय मिटरमाथि जमिन अविरल वर्षाले १५÷२० मिटर धज्जा फाटेको र साना साना दर्जनौँ स्थानमा जमिन फाट्न थालेकाले बस्ती जोखिममा परेपछि गाउँका स्थानीय त्रिपाल टाँगेर बस्न थालेको बताए… पुरा पढौ

गलकोटमा डेङ्गी र स्क्रब टाइफसका ५८ बिरामी बढे

गलकोट । जिल्लामा साउनयता २६ जनामा डेङ्गी पुष्टि भएको छ । डेङ्गी पुष्टि भएकामध्ये गलकोट नगरपालिकामा मात्रै २४ जना छन् । बागलुङको मध्यभागमा रहेको गलकोट अहिले डेङ्गी र स्क्रब टाइफसको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए । साउनमा जिल्लाभर २६ जनामा डेङ्गी पुष्टि भएकामध्ये गलकोटमा मात्रै २४ जना बिरामी छन् । दुईजनाको धौलागिरि अस्पतालमा सङ्क्रमण पुष्टि भएको थियो । “गलकोट डेङ्गी मात्रै हैन स्क्रब टाइफसको समेत उच्च जोखिममा रहेको पाइएको छ”, जनस्वास्थ्य निरीक्षक घिमिरेले भने,… पुरा पढौ