समाचार

रोकिएन कालीगण्डकी नदी दोहन

गलकोट । यही साउन १७ गते रातको १०ः१५ बजे कालीगण्डकी नदीको बागलुङतर्फ धमाधम नदीजन्य पदार्थको दोहन भइरहेको थियो । पाँच टिपरले धमाधम नदीबाट निकालिएको बालुवा ओसारेर जम्मा पारेका थिए भने एउटा स्काभेटरले नदीको मध्यभागमै पुगेर नदीबाट बालुवा निकाली रहेको थियो । नदीजन्य पदार्थको अवैध दोहन बिहीबार मात्रै होइन पछिल्लो समय नियमित जस्तै भइरहेको छ । दिनमा सुत्ने र रातमा जाग्ने कालीगण्डकी दोहन गर्ने प्रहरी तथा प्रशासनलाई चुनौती दिई अवैध रुपमा दोहनमा सक्रिय देखिएका छन् । नदीजन्य पदार्थ रातिमा सङ्कलन गरे… पुरा पढौ

अनलाइनमार्फत जीवनसाथी खोज्न ‘लमी म्याट्रिमोनी सर्भिसेस’

गण्डकी । पछिल्लो समय ‘स्टार्टअप’ व्यवसायमा युवा पुस्ताको आकर्षण बढ्दो छ । सिर्जनशील सोच भएका यहाँका केही युवाहरुले अनलाइनमार्फत जीवनसाथी खोज्न सघाउने ध्येयले ‘लमी म्याट्रिमोनी सर्भिसेस’ कम्पनी खोलेका छन् । कम्पनीका सामाजिक सञ्जाल व्यवस्थापक निशान सापकोटाले फेसबुक, इन्स्ट्राग्रामबाट उक्त सेवा सुरु गरिएको जानकारी दिए। “छिट्टै कम्पनीको एप र वेभसाइट सञ्चालनमा ल्याउँदैछौँ”, उनले भने, “अनलाइनमार्फत प्रेम जोडी र जीवनसाथी खोज्न सघाउने उद्देश्ययले यो व्यवसाय सुरु गरेका हौँ ।” उनका अनुसार फेसबुकमा रहेको ‘लमी–म्यारी फर रिजन’ र इन्स्ट्रागाममा ‘लमी–नेपाल’ पेजमार्फत उक्त व्यवसाय… पुरा पढौ

गोरखा धार्चे पहिरो : बेपत्ता थप एक युवकको सात दिनपछि शव फेला

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ता भएका थप एक जनाको शव सातदिनपछि फेला परेको छ । आरुघाट गाउँपालिका–८, लामागाउँका २४ वर्षीया रमेश परियारको शव आज विहान भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए। परियारको शव घटनास्थलदेखि करिब दुई किलोमिटर तल रेसे खोलामा फेला परेको प्रनाउ श्रेष्ठले बताए । ट्याक्टर चालक परियार घटनाको अघिल्लो दिन शनिबार साँझ रेसेमा पुगेर स्थानीय जीतबहादुर गुरुङको कृषि फार्ममा बास बस्ने क्रममा राती गएको… पुरा पढौ

म्याग्दे गाउँपालिकाको दोस्रो आवधिक योजना तयार

दमौली । जिल्लाको म्याग्दे गाउँपालिकाले दोस्रो आवधिक विकास योजना तयार गरेको छ । गाउँपालिकाले समृद्ध म्याग्दे निर्माण गर्ने लक्ष्यसहित विभिन्न पक्षलाई समेटेर आवधिक विकास योजना ९२०८१/८२–२०८५/८६० तयार गरेको हो । ‘आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास, कृषि, पर्यटन र पूर्वाधार’ नारासहित आवधिक योजना तयार गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार २०८१/८२–२०८५/८६ को पञ्चवर्षीय दोस्रो आवधिक योजनामा म्याग्देलाई समृद्ध गाउँपालिका बनाउने योजना प्रस्तुत गरिएको छ । दोस्रो आवधिक योजनालाई कार्यान्वयन गर्न चालु आवमा विकास निर्माण, पर्यटन प्रवर्द्धनलगायत… पुरा पढौ

काभा बिच भलिबल च्याम्पियनसिपः नेपाल फाइनलमा प्रवेश

काठमाडौँ । नेपालको महिला राष्ट्रिय बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ । कमला पुन र मनिषा चौधरीको जोडीले फाइनलको यात्रा तय गरेको हो । भुटानको राजधानी थिम्पुमा आज भएको सेमिफाइनल खेलमा पुन र चौधरीको जोडीले उज्वेकिस्तानका खेलाडीलाई २–० सोझो सेटमा पराजित गरेको हो । नेपालले उज्वेकिस्तानलाई २१–१३ र २१–१२ अङ्कले हराएको हो । यस्तै पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले आजै माल्दिभ्ससँग सेमिफाइनल खेल खेल्दै छ । उक्त प्रतियोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ… पुरा पढौ

राहदानी बाकसमा थन्क्याएर तरकारीखेतीबाट मनग्य आम्दाी गर्दै शर्मा

पर्वत । पछिल्ला समय केही भविष्य नदेखेरे दैनिक हजारौँको सङ्ख्यामा युवायुवती विदेशिन बाध्य भएका छन् । तर पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ मिलनचोकका युवा दीपक शर्माले भने व्यावसायिक तरकारीखेतीबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै आएका छन् । विदेश जानका लागि बनाएको राहदानी बाकसमा थन्क्याएर विगत २० वर्षदेखि व्यावसायिक रुपमा तरकारीखेतीमा लागेका शर्माले गाउँमै बसेर मनग्य आम्दानी गर्न सफल भएका हुन् । उमेरले ३८ वर्ष पुग्नुभएका दीपक र उहाँकी श्रीमती सीता शर्माले मौसमी तथा बेमौसमी तरकारीखेती गरेर वार्षिक रु १५ लाखसम्म… पुरा पढौ

नेपाली कांग्रेस कास्कीद्धारा पोखराको विकासबारे केन्द्रलाई ध्यानाकर्षण

गण्डकी । पर्यटन राजधानी पोखराको विकास र समुन्नतिका सन्दर्भमा नेपाली कांग्रेस कास्कीले काठमाडौँमा सङ्घीय मन्त्री तथा मन्त्रालयका कर्मचारीहरुसँग भेटघाट गर्नुका साथै परामर्शका साथ यहाँका समस्याबारे जानकारी गराएको छ । नेपाली कांग्रेस कांस्कीका सभापति किशोरदत्त बरालको नेतृत्वमा पार्टी पदाधिकारी, गण्डकी प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री, विज्ञहरू, उद्योगी, व्यापारी, काठमाडाँैमा रहेका पार्टी प्रतिनिधि सम्मिलित टोलीले सङ्घीय मन्त्रालयमा पुुगी पोखरा क्षेत्रको विकास र समुन्नतिका विषयमा ध्यानाकर्षण गराएको हो । गृह, शिक्षा, स्वास्थ्य, परराष्ट्र, सहरी विकास, संस्कृति तथा पर्यटन मन्त्रालयमा भएका भेटघाट र परामर्शमा मन्त्रीहरूले… पुरा पढौ

सिद्दि सेतुली स्मृति प्रतिष्ठानद्वारा बार्षिक छात्रवृत्ति कार्यक्रमको समीक्षा, अक्षय कोषमा रु १ करोड पुग्यो

पोखरा । सिद्दि सेतुली स्मृति प्रतिष्ठान पोखराले बार्षिक रुपमा बितरण गर्दै आएको छात्रवृत्ति कार्यक्रमको सरोकारवालाहरुसॅंग समीक्षा बैठक आयोजना गरेको छ । शुक्रबार कन्या क्याम्पसमा आयोजित बैठक छात्रवृत्ति बितरण गर्दै आएका १० वटा शैक्षिक संस्थाका प्रधानाध्यापकहरुलाई छात्रवृत्ति निर्देशिका बारे अभिमुखिकरण र कार्यक्रमको समीक्षा गरिएको प्रतिष्ठानका संस्थापक संरक्षक बिश्वरत्न शाक्यले बताए ।समीक्षा बैठकमा कन्या मा.वि. नदीपुर, कन्या क्याम्पस, नदीपुर, ज्ञानभूमि आधारभूत विद्यालय, महेन्द्र उच्च मा वि, नयाँबजार, नवप्रभात सेकेण्डरी स्कूल, कुँडहर आधारभूत विद्यालय, अमरसिंहमावि, सिर्जना बहिरा माध्यमिक विद्यालय लेखनाथ, सिद्दार्थ आधारभुत बिद्यालय… पुरा पढौ

परिणाम आउने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

साउन १८ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरुबीच आपसी समन्वय बढाई परिणाम आउने गरी काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज नवनियुक्त तीन राज्यमन्त्रीको सपथ ग्रहणपछि बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले राज्यमन्त्रीको मूख्य काम सम्बन्धित मन्त्रीहरुलाई सहयोग गर्ने भएकाले रचनात्मक भई आफ्नो कार्यक्षेत्रको सदुपयोग गर्न सुझाव दिए । प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रीहरुले पनि राज्यमन्त्रीलाई आवश्यक जिम्मेवारी दिने र परिणाम निकाल्ने विषयमा ध्यान दिन आग्रह गरे । अहिलेको विषम परिस्थितिलाई अनुकूलस्थितितर्फ लैजानका… पुरा पढौ

प्रधानमन्त्री ओलीद्वारा तीन राज्यमन्त्रीलाई शपथ

साउन १८ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन् । शपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ छन् । शपथ ग्रहण कार्यक्रममा उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, मुख्यसचिव, उच्चपदस्थ अधिकारीलगायत सहभागी थिए । योसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री ओली नेतृत्वको… पुरा पढौ