समाचार

संविधान संशोधन अग्रगमन र समृद्धिका लागि : प्रधानमन्त्री ओली

साउन २० काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र नेकपा (एमाले) सहितको वर्तमान सत्ता समीकरणले अग्रमगन र समृद्धिका लागि संविधान संशोधन गराउने बताएका छन् । नेकपा (एमाले)ले हालै मनोनीत गरेका उपाध्यक्ष र केन्द्रीय सदस्यहरुको सपथ ग्रहणका लागि आज पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधन गरेर प्रतिगमन ल्याउन खोजेको भन्ने भ्रम फैलाउने कोशिस भएको उल्लेख गर्दै मुलुक र जनताको आवश्यकताबमोजिम संविधान संशोधनीय दस्तावेज भएको बताए… पुरा पढौ

काभा महिला भलिबल : नेपाल इरानसँग पराजित

साउन २० काठमाण्डौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल इरानसँग पराजित भएको छ । प्रतियोगितामा यो नेपालको पहिलो हार हो । यसअघि नेपालले श्रीलङका र भारतलाई पराजित गरेको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा इरानले नेपाललाई ३–२ ले पराजित गरेको हो । इरानविरुद्धको खेलमा नेपालको सुरुआत भने राम्रो हुन सकेन । नेपाल पहिलो सेटमा इरानसँग १६–२५ ले पराजित भयो । उक्त सेटमा इरानले १६–१० को अग्रता बनाएपछि नेपाल… पुरा पढौ

बीमाको लोभले पोखराको लेकसाईडको सपिङ सेन्टरमा आगो लगाउने प्रहरी फन्दामा

पोखरा, साउन २० पोखरामा एक पसल सञ्चालकले वीमाको लोभमा परेर आफ्नो पसलमा आफैले आगो लगाएका छन् । स्याङ्जा जिल्ला आँधिखोला गाउँपालिका वडा नम्बर(४ घर भई पोखरा(१७ विरौटा बस्ने सुजन विकले वीमा रकम पाउने लोभमा परेर आफ्नै मदिरा, कस्मेटिक र ग्रोसरी पसलमा आफैले आगो लगाएको प्रहरी अनुसन्धानमा खुलेको हो । उनले साथी पवन नेपालको सहयोगमा आगो लगाएको प्रहरी अनुसन्धानले पुष्टि गरेको कास्की प्रहरीले आइतबार अपराह्न पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । विकले पोखरा(६ लेकसाईडमा सञ्चालन गरेको मुक्तिनाथ सपिङ सेन्टर साउन… पुरा पढौ

राष्ट्रपतिद्वारा भोटोजात्रा अवलोकन

साउन २० पाटन । राष्ट्रपति रामचन्द्र पौडेलले परम्परागत रुपमा मनाइँदै आएको भोटोजात्रा अवलोकन गरेका छन् । उनले ललितपुरको जावलाखेलमा आज अपराह्नमा ४ बजे आयोजित कार्यक्रममा भोटोजात्रा अवलोकन गरेका हुन् । राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भोटोजात्रा अवलोकन गरे । उनीहरुलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरेका थिए । हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर… पुरा पढौ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शाह नियुक्त

साउन २० सुदूरपश्चिम । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा शाहलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शाहलाई नागरिक उन्मुक्ति पार्टीको पनि समर्थन रहेको छ । यसअघि आजै बसेको कांग्रेस संसदीय दलको बैठकले दलका नेता शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो । मुख्यमन्त्रीका लागि कांग्रेसभित्र दलका नेता शाहलगायत बहादुरसिंह थापा, प्रकाशबहादुर… पुरा पढौ

विद्युत् प्राधिकरणको सञ्चालक समितिमा कार्की र गुरुङ

साउन २० काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्रिस्तरीको निर्णयबाट दोलखा तामाकोशी गाउँपालिका–२ का कार्की र ओखलढुङ्गा रुम्जाटार गाउँपालिका–७ गुरुङलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको हो । उनीहरुलाई नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (च) बमोजिम विद्युत् क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैरसरकारी व्यक्तिबाट कार्की र विद्युत् उपभोक्तामध्येबाट गुरुङलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ । ऊर्जा… पुरा पढौ

एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित

साउन २० बाग्लुङ । निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो । विसं २०७८ मा गाउँका अगुवा किसानले परीक्षणका लागि स्याउखेती सुरु गरेका थिए । हाल गाउँका धेरै किसान यसप्रति आकर्षित भएका छन् । पोखराबाट इटिलियन गालाफुजी जातका बिरुवा ल्याएर लगाएको एक वर्षमा फल लागेपछि किसान उत्साहित भएका हुन् । पहिलो वर्ष गाउँमा किसानले… पुरा पढौ

एक वर्षमा गण्डकी प्रदेशमा बने २० वटा पुल

साउन २० पोखरा । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा २० वटा पुल निर्माण गरेको छ । ती पुलबाट बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । गत आवमा गोरखा र तनहुँमा आठ, नवलपुर र बागलुङमा छ, म्याग्दी र कास्कीमा चार, लमजुङ र मनाङमा दुईवटा पुल निर्माण भएका हुन् । गत वर्ष गोरखा नगरपालिकाको दरौदी, बेनीघाट–आरुघाट–रुल्डी सडकअन्तर्गत आरखेतखोला, जरेबर–नारेश्वर–गोरखाबजार सडकअन्तर्गत दरौदी–जरेबर, लाप्राक–गुम्दा–लापु सडकको मुग्लाङ खोलामा मोटरेबल पुल निर्माण भएका हुन् ।… पुरा पढौ

तामाङ बौद्ध सेवा समितिद्वारा डा.दिनेश तामाङ सम्मानित

साउन १९ पोखरा । तामाङ बौद्ध सेवा समिति संगमटोल–१३ पोखराले डा. दिनेश स्याङबो तामाङलाई सम्मान गरेका छ । इटालीको सियाना विश्वविद्यालयबाट ‘फाइभ जी’ प्रविधि विषयमा विद्यावारिधी गरि नेपाल आएका उनलाई एक कार्यक्रमका विच सम्मान गरिएको हो । उनलाई गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डा.गणेशमान गुरुङ, नेपाल तामाङ संघीय घेदुङका उपाध्यक्ष दीपक तामाङ, संस्थाका अध्यक्ष विष्णु योञ्जन तामाङ लगायतले सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले नाताबाद र कृपावाद हावी हुँदा सक्षम व्यक्ति स्वदेशमै अडिरहने वातावारण सृजना नभएको गुनासो गरे… पुरा पढौ

फोनिज रजत वर्षमा सरसफाई कार्यक्रम

साउन १९ पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले रजत वर्ष मनाउने क्रममा नेपाल पत्रकार महासंघ गण्डकी/कास्की शाखा सरसफाई गरेको छ । फोजिज गण्डकीको आयोजना र कास्कीको सह–आयोजनामा शनिबार महासंघ परिसरमा घाँस काट्दै, गोडमेलसहित सरसफाई गरेको हो । कार्यक्रम फोनिजका संघिय सल्लाहकार हुमबहादुर तमुले रजत वर्षलाई भव्य बनाउनका लागि फोनिजले आफ्ना शाखा रहेको जिल्ला प्रदेशहरुमा रचनात्मक कार्यक्रम गरिरहेको बताए । गण्डकी प्रदेश र कास्की जिल्ला शाखाले सांकेतिक रुपमा सरसफाई कार्यक्रम गरेको सुनाए । ‘देशैभरी रजत वर्षको उत्सव चलिरहेको… पुरा पढौ