समाचार

मनसुन फोटो वाक गर्दै कास्कीका फोटो पत्रकारहरु पुगे ढिकीडाँडामा

पोखरा । भनिन्छ, हजार शव्दहरुको अर्थ पढ्न एउटै तस्विर हेरे पुग्छ । पर्यटकीय राजधानी पोखराका जुनसुकै स्थान पनि आकर्षक र रमणीय छन् । यीनै पर्यटकीय स्थानहरुलाई क्यामेरामा कैद गरेर प्रचार प्रसार गरि पर्यटन प्रवद्धन गर्नमा पोखराका फोटो पत्रकारहरुको योगदान अतुलनिय छ । यहि सन्दर्भमा नेपाल फोटो पत्रकार संघ कास्कीले मनसुन फोटो वाक २०२४ गरेको छ । पत्रकारहरु शनिबार पोखरा १६ अमला बिसौनीदेखि फोटो खिच्दै पैदल हिडेर ढिकीडाँडासम्मको करिब ६ किलोमिटरको दुरी पार गरेका हुन् । उनीहरुले लामाचौर, बाटुलेचौर, हेमजा, पुरुन्चौर,… पुरा पढौ

एसईई पास विद्यार्थीलाई तमु धिंको शैक्षिक परामर्श

पोखरा । तमु धिं नेपालले एसईई उत्तिर्ण तमु विद्यार्थीहरुलाई बधाई र शैक्षिक परामर्श दिएको छ । तमु धिंले शनिबार एक कार्यक्रम आयोजना गरी परामर्श दिएको हो । तमु धिं नेपालको प्रांगण भएको कार्यक्रममा एसईई उत्तिर्ण १ सय २० भन्दा बढि विद्यार्थीहरुलाई बधाई दिदैं सम्मानपत्रले सम्मान गरेको तमु धिं नेपालका अध्यक्ष हुम तमुले जानकारी दिए । यस क्षेत्रमा करिब १ सय ५० भन्दा बढि तमु विद्यार्थीहरुले एसईई पास गरेको उनको आँकलन छ । उच्च शिक्षामा कुन क्षेत्रमा जाँदा ठिक हुने र… पुरा पढौ

अन्नपूर्णमा विभिन्न माग राख्दै शिक्षक सङ्गठनले बुझायो ज्ञापनपत्र

साउन ५ पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन, अन्नपूर्ण गाउँपालिका समितिले शैक्षिक मुद्दामा आफ्ना मागहरु राख्दै अन्नपूर्ण गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिको आह्वान तथा गण्डकी प्रदेश समितिको निर्णय बमोजिम शुक्रबार गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, ११ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई एवम् ८५ वटै स्थानीय तहहरूमा ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत अन्नपूर्ण गाउँसमितिले विभिन्न शैक्षिक एवम् समसामयिक विषयहरूमा ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो । अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीलाई… पुरा पढौ

आलोचना गर्नेलाई कामबाट जवाफ दिनुपर्छ : स्थायी कमिटी सदस्य अधिकारी

साउन ५ पोखरा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले काम नगरी कुरा लगाएर मात्रै खानेका दिन गएको बताएका छन् । शनिबार ४६ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै उनले राष्ट्रिय एकतासँगै पार्टी भित्रको एकताको विषयमा जोड दिए । ‘हामी गुटबन्दीको विरोध गर्छौं, अराजकताको विरोध गर्छौं, एकताको पक्षमा छौं, राष्ट्रिय एकता, पार्टी भित्रको एकता, संगठनभित्रको एकताको पक्षमा छौं, जस्ले काम गर्दैनन् कुरा लगाएर खान चाहन्छन् तिनीहरूका दिन… पुरा पढौ

पोखरा–१३ को मोहरपानी आदर्श टोलमा टेवल टेनिस कोर्ट निर्माण

पोखरा ५ साउन । मोहरपानी आदर्श टोल विकास संस्था पोखरा–१३ मा निजी लगानीमा टेवल टेनिस कोर्ट निर्माण गरिएको छ ।आर्वा स्थित टोल विकास संस्थाको परिसरमा यूवा व्यवसायी रबि बरालसहितका यूवाहरुको सक्रियतामा टेवल टेनिस कोर्ट निर्माण गरिएको हो । झण्डै ४० हजारको लागतमा निर्माण गरिएको कोर्टमा स्थानिय मधु श्रेष्ठ, राजु सुनार, ईञ्जिनियर प्रकाश वाग्ले ,अमिन प्रकाश सिग्देल प्रशिक्षक दिपकराज गिरीले बराललाई साथ दिएको मोहरपानी आदर्श टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए । यसैविच उक्त नव निर्मित टेवल टेनिस कोर्टको… पुरा पढौ

प्रस्याङस्थित चिल्ड्रेन पार्कमा कांग्रेसको वृक्षरोपण

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङस्थित चिल्ड्रेन पार्क (शिवालय पार्क) मा वृक्षरोपण गरिएको । नेपाली कांग्रेस वडा कार्यसमिति पोखरा ५ ले महामहानव वीपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसर पारेर वृक्षरोपण गरेको हो । नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य जीवन बास्तोलाले पार्टीका युवा नेता एवं कार्यक्रमका सहजकर्ता रमेश श्रेष्ठलाई विरुवा हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए । सो अवसरमा विभिन्न प्रजातिका फल र फूलका १०० वटा विरुवा रोपिएको पार्टी सभापति प्रकाश कोइरालाले जानकारी दिए ।सो अवसरमा कृषिविज्ञ वीरेन्द्रबहादुर हमालले… पुरा पढौ

होटल प्रतिनिधि समाजको अध्यक्षमा माधव लम्साल

पोखरा । होटल प्रतिनिधि समाज पोखराको १४ औं अधिवेशनबाट माधव लम्साल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिनिधि समाजको बरिष्ठ उपाध्यक्षमा जीवराज उपाध्यय, प्रथम उपाध्यक्ष दिलबहादुर अधिकारी (निरज), द्वितीय उपाध्यक्ष वामन चौधारी (विजय), महासचिवमा शिव पौडेल सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य सचिव अधिवक्ता उज्ज्वल शंकर सापकोटाले जानकारी दिए । समाजको सचिवमा शिवप्रसाद अधिकारी, कोषाध्यक्षमा डिकबहादुर डाँगी र सहकोषाध्यक्षमा हरि ढकाल निर्वाचित भएका छन् । समाजको सदस्यहरुमा नरेन्द्रकुमार पोख्रेल, बोधराम ढकाल, रमेश अधिकारी, चन्द्रमणि चौधरी, विशाल सुवेदी, सुवास सुवेदी र… पुरा पढौ

युनाइटेड क्लवद्वारा विपदमा परेका चार परिवारलाई आर्थिक सहयोग

पोखरा । युनाइटेड क्लव पोखराले अविरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका चार परिवारलाई आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं ३२ चैनपुर, पोखरा २७ अर्चले र पोखरा १९ पुरनचौरमा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको हो । क्लवले तिहारको अवसरमा आयोजित देउसीभैलो कार्यक्रममा संकलन गरिएको रकमबाट स्थापित विपद ब्यवस्थापन कोष मार्फत विपदमा परेकाहरुलाई आर्थिक सहयोग गरेको हो । आर्थिक सहयोग अन्तर्गत पोखरा ३२ चैनपुर आरती ओझाको परिवारलाई १० हजार, पोखरा २७ अर्चलेका स्वर्गीय अनमोल सुनार… पुरा पढौ

पोखरा–१९ घार्मी मैदानबासीको पीडा : ‘पहिरो रोक्न ३ वर्षदेखि प्लाष्टिकको भर, जाग्राम बस्छन् रातभर’

पोखरा, साउन ५ पोखरा महानगरपालिका वडा नम्बर–१९ लामाचौर र ढिकीडाँडा जोड्ने अमलाबिसौनी–घार्मी–अम्बरेश्वर सडकखण्ड २०७७ सालमा स्तरोन्नती भयो । सडक बिस्तारसँगै स्तरोन्नती गरेको एक वर्ष नबित्दै घार्मी मैदान (भुमेश्वर आधार विद्यालय) अगाडिको सडकमा चिरा प¥यो । घरमाथिको सडक चिरा परेर पहिरो खस्न लागेपछि बस्ती जोगाउनका लागि स्थानियले वडा सरकार गुहा¥यो । वडाले तत्काल सडकलाई प्लाष्टिकले ढाकेर पहिरो जानबाट रोक्ने प्रयास ग¥यो । तर तत्कालका लागि प्लाष्टिकले ढाकेर पहिरो रोक्न गरेको प्रयास ३ वर्ष बित्यो । आज हुन्छ, भोलि हुन्छ भन्दाभन्दै ३… पुरा पढौ

पोखराको केदारेश्वरमा बोलबम तयारी पूरा

पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समितिको आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ । पोखरामा झण्डै साढे दुई दशकदेखि जारी यो कार्यक्रमले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्दै गएको छ । ‘बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ आयोजना हुने यो कार्यक्रम साउनका चार वटै सोमबार (साउन ७, १४, २१ र २८ गते) बगर शुक्लागण्डकी गाईघाटस्थित १०८ धारामा स्नान गरेर ८ किमी पैदलयात्रासहित बैदामस्थित केदारेश्वरमा १०८ शिवलिंगमा जलार्पण गरिनेछ । शनिबार पत्रकार सम्मेलनमा… पुरा पढौ