समाचार

प्रेस काउन्सिलका चार सदस्यको शपथ

प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार सम्हालेका छन् । सञ्चारग्रामस्थित काउन्सिलमा आज आयोजित एक कार्यक्रमबीच अध्यक्ष उमेश श्रेष्ठले सदस्यहरू नम्रता शर्मा, प्रकाशभक्त माथेमा, रविराज बराल र उपासना घिमिरेलाई शपथ ग्रहण गराउँदै काउन्सिलका ऐन, कानुन, विनियमावली तथा कार्यविधिलगायत सामग्री प्रदान गरे। अध्यक्ष श्रेष्ठले पत्रकारिता क्षेत्रका दिग्गज सदस्य पाइएको बताउँदै अब आफूहरूले केही न केही नयाँ परिवर्तन गरेरै जानुपर्ने बताए । काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलको संस्थागत संस्कारका बारेमा संक्षिप्त जानकारी गराएका थिए । रासस पुरा पढौ

पोखरा २० मा वडा स्तरिय समिति गठन

पोखरा महानगरपालिका वडा नंं. २० मा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण वडा स्तरिय समिति गठन भएको छ । वडा कार्यालयमा बुधबार आयोजित स्थानीयको भेलाले मीना पौडेलको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको हो । समितिका सदस्यमा रुपा नेपाली,बिष्णु वि.क, माया जिसी, सुजिता तामाङ, मणिराज परियार, विलासचन्द पौडेल, प्रहरी सहायक हवल्दार वुध्दिराज मजाकोटी, रेशम खत्री, दामोदर आचार्य र सदस्य सचिवमा वडा सचिव राम प्रसाद तिवारी रहेका छन् ।यसअघि कार्यक्रममा बोल्दै वडाध्यक्ष गंगाबहादुर खत्रीले देशका बिभिन्न भागमा अझै पनि मानव बेचबिखनका घटना… पुरा पढौ

शुक्लाद्वारा ज्ञानु–नरहरि राष्ट्रिय साहित्यिक पुरस्कार स्थापना

शुक्ला साहित्य प्रतिष्ठान, पोखराले ज्ञानु – नरहरि राष्ट्रिय साहित्यिक पुरस्कार स्थापना गरेको छ । नेपाली साहित्यको विकास, प्रवद्र्धन र विस्तार गर्ने उद्धेश्यले आज बाटुलेचौरमा आयोजित कार्यक्रममा सो पुरस्कार स्थापना गरिएको हो । पुरस्कार संचालनका लागि स्थापना गरिएको कोषमा साहित्यकार नरहरि भट्टराईले नगद २ लाख ५१ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरे । आफ्नो ८४ औं जन्मोत्सवका अवसरमा नेपाली साहित्यको श्रीवृद्धि गर्ने हेतुले पुरस्कार संचालनका लागि रकम प्रदान गरिएको उनले बताए । श्रीमती ज्ञानु र परिवारका सदस्यसहित साहित्यकार भट्टराईले गण्डकी… पुरा पढौ

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा यही साउन १३ मा विद्युत् महसुल दरको पुनरावलोकन गर्न समिति गठन गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृहकार्य अगाडि बढाएको हो । यसैबीच प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक आज बस्दैछ । अपराह्न ४ः०० बजे मन्त्रालयमा बस्ने बैठकमा बिजुलीको महसुल घटाउने उपायबारे छलफल हुने जनाइएको छ । संयोजक शाहीले हाल वर्षायाममा उत्पादित… पुरा पढौ

लगातारको बर्षाले पोखरामा फिर्के पुल भत्कियो, मादीमा निर्माणाधिन हाइड्रोपावरमा क्षति

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा पुल भत्किनुका साथै सडक समेत अवरुद्ध भएका छन् । बर्षाले पोखराको वडा नं. ५ र ८, आलुमाईला चोक जोड्ने फिर्के पुल गएराती भत्किएको छ । रेडियो नेपाल प्रादेशिक कार्यालय नजिकैको सो पुल पेर्ण स्पमा भत्किएर खोलामा पुगेको छ । पुल भत्किएसँगै आवतजावतमा समेत कठिनाई भएको छ ।पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले पुल भत्किएको क्षेत्रमा तत्काल प्राविधिक टोली खटाएर पैदल यात्रुका लागि सुरक्षित आवतजावतको वैकल्पिक व्यवस्था गर्ने तयारी गरिएको जानकारी दिए । पुल भत्किएर… पुरा पढौ

माझकोटमा दोस्रो खेम गुरुङ स्मृति कप हुँदै

पोखरा, २ भदौ । कास्कीको रुपा गाउँपालिका–२ माझकोटमा दोस्रो खेम गुरुङ स्मृति कप हुने भएको छ। शान्तिदीप युवा क्लब र खेम स्मृति समितिको संयुक्त आयोजनामा भदौ २८ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।‘खेलौँ एकता, बढाऔँ भ्रातृत्व’ भन्ने नारासहित आयोजना हुने प्रतियोगितामा साविक वडास्तरीय पुरुष भलिबलसँगै महिलातर्फ रस्साकसी र पुरुषतर्फ छेलो फाल्ने प्रतियोगिता समेत हुनेछ। भलिबल प्रतियोगिता स्थानीय शिवालय माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ।भलिबलको विजेताले ४५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले २५ हजार रुपैयाँ नगद,… पुरा पढौ

खेलकुद पदक वितरणमा चरम लापरवाही र गम्भीर त्रुटी देखिएको छानविन समितिको निश्कर्ष

सन्देश श्रेष्ठपोखरा, भदौ २ गण्डकी प्रदेश खेलकुद पदक वितरणमा गम्भीर त्रुटी र चरम लापरवाही देखिएको निश्कर्षसहित छानविन समितिले प्रतिवेदन बुझाएको छ । गण्डकी खेलकुद परिषद (गखेप)ले गरेको पदक वितरण विवादमा परेपछि बनाइएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव शेषनारायण पौडेलको संयोजकत्वमा रहेको पदक वितरण छानविन समितिले पदक वितरणमा गम्भीर त्रुटी भएको निश्कर्षसहितको प्रतिवेदन बुझाएको हो । समितिले प्रतिवेदन मन्त्रीलाई सोमबार अपराह्न बुझाइसकेको छ । पदक सिफारिस समितिको सिफारिस (निर्णय) बिना नै पदक वितरण भएको देखिनुका साथै पदक वितरणमा चरम… पुरा पढौ

सिटीवानले भदौंको चौंथो साता पाँचौ संस्करणको तीज गीत मेला गर्ने

पोखराको सिटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर गर्दै यस वर्ष पनि सास्कृतीक तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । “तीजको वेला सिटीवानको सास्कृतीक मेला, प्रदेश स्तरीय पाँचौ खुल्ला तीज गीत प्रतियोगिता–२०८३” नाममा टेलिभिजनले तीजका सास्कृतीक पक्षहरुको संरक्षण गर्ने उद्धेश्यले मेला आयोजना गरेको टेलिभिजनले जनाएको हो ।प्रतियोगिता यही भाद्र २३ र २४ गते गण्डकी प्रज्ञा प्रतिष्ठानमा हुने टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले जानकारी दिईन् । उनले पछिल्लो समयमा डिजिटल प्रविधिको प्रयोगका कारण नेपालीहरुका कतिपय संस्कृतीहरु लोप हुन लागेको भन्दै… पुरा पढौ

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गरेका छन् । रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गरेका हुन् । उक्त भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आएका हुन् । पाँच सदस्यीय भ्रमण दलमा उनकी धर्मपत्नी कोमल सेठ पनि सहभागी छन् । सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको… पुरा पढौ

विजयपुर खोलामा बेपत्ता एक बालकको शव फेला

कास्कीको विजयपुर खोलामा तर्ने क्रममा बेपत्ता भएका दुई बालकमध्ये एक जनाको शव फेला परेको छ। गत शनिबार विजयपुर खोला तर्ने क्रममा बेपत्ता भएका २ बालकहरू मध्ये १४ वर्षीय निक्सन गुरुङको शव फेला परेको हो । उनको शव घटनास्थल भन्दा डेढ किलोमिटर तल गोरखा भिलेज पछाडि भत्किएको पर्खालको रडभित्र फेला परेको प्रहरीले जनाएको छ ।पोखरा –१४, छिनेडाँडा बस्ने गुरुङको शव उनका आफन्तले पहिचान गरेका हुन्।फेला परेको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।बेपत्ता भएका अर्का बालक १५ वर्षीय ओमन राईको खोजी… पुरा पढौ