समाचार

पोखराका मेयर आचार्य र बङ्गलादेशका फोटो पत्रकार संघका टोली बिच भेटवार्ता

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष ए.के.एम. मोहसिनको नेतृत्वमा आएको टोलीले भेटवार्ता गरेको छ । भेटका क्रममा पोखराको पर्यटन प्रवर्द्धन, दुई पक्षीय हित तथा जनस्तरमा सांस्कृतिक आदानप्रदान लगायतका विषयमा छलफल भएको थियो । सो अवसरमा नगर प्रमुख आचार्यले अन्तर्राष्ट्रिय बजारमा पोखराको प्रवर्द्धनका लागि महानगरपालिकाले विभिन्न पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएको बताउँदै बङ्गलादेशमा समेत पोखराको प्राकृतिक सुन्दरता, जीवन्त संस्कृति, आतिथ्यता तथा साहसिक पर्यटनका गतिविधिको सकारात्मक प्रचारप्रसार गरिदिन आग्रह गरे । पोखरा फ्लाई दुबईमार्फत विश्वका चर्चित गन्तव्यहरूसँग जोडिने… पुरा पढौ

कवि दुर्गालाल श्रेष्ठको निधन, भोलि शोभाभवगतीमा दाहसंस्कार गरिने

नेपाली र नेवाः भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठको ९१ वर्षको उमेरमा निधन भएको छ । उनको आइतरबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारजनले बताएको छ । शव श्रद्धाञ्जलिका लागि आज नेपाल भाषा मंकाः खलः मा राखिएको छ । श्रेष्ठको पार्थिव शरिर भोलि शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार गरिने भएको छ । उनका श्रीमती, एक छोरी र दुई छोरा छन् । विसं १९९२ साउनमा जन्मिएका उनले लामो समय क्षेत्रपाटीस्थित कन्यामन्दिर विद्यालयमा अध्यापन गरेका थिए । कवि श्रेष्ठको पहिलो रचना सान्त्वना कविता धर्मोदय… पुरा पढौ

२७ औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुने

पोखराको बाटुलेचौरमा राष्ट्रिय श्री कृष्ण भजन प्रतियोगिता हुने भएको छ । शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६, बाटुलेचौरको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको दिन यहि भदौं १९ गते शुक्रबार प्रतियोगिताको २७ औं श्रृङ्खला आयोजना गर्न लागिएको संस्थाले जनाएको छ । प्रतियोगिता संचालनका लागि प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेत गौतमको संयोजकत्वमा मुल आयोजक समिति र बिभिन्न उपसमिति गठन भई तयारी तिब्र पारिएको प्रचार प्रसार उपसमितिका संयोजक सञ्जय थापाले जानकारी दिए । बाटुलेचौरको ऐतिहासिक खेल मैदानमा हुने प्रतियोगिताका लागि व्यवस्थापनको कार्य सुरु गरिएको छ । भजन समुहलाई… पुरा पढौ

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँयो

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँएको छ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराईले… पुरा पढौ

पोखरामा लाखेनाच संरक्षणमा मालेपाटन तायाःमचा समिति

सन्देश श्रेष्ठपोखरा, साउन ३१ पोखरामा लोपोन्मुख लाखेनाच संरक्षणको प्रयास भएको छ । मालेपाटन तायाःमचा नाच समिति पोखरा–५ ले नेवारी समुदायको अनुपम संस्कृति लाखेनाच संरक्षणको प्रयास गरेको हो । नेवाःखल कास्कीको संरक्षणमा लाखेनाच संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन र पुस्तान्तरणको प्रयास स्वरुप शनिबार पोखरा–५ मालेपाटनस्थित वाराही माविको खेल मैदानमा तेस्रो संस्करणको लाखेनाच प्रदर्शन सम्पन्न भएको छ । पोखरामा लाखेनाच लोपोन्मुख अवस्थामा पुगेपछि नया पुस्तामा लाखेनाचप्रति आकर्षण जगाउन तीन वर्षअघि शुरु भएको लाखेनाच प्रदर्शन यस वर्ष पनि भव्य रुपमा भएको हो । जहाँ एउटै… पुरा पढौ

खेलकुद पदक वितरण विवाद : छानविन प्रभावित पार्ने गखेप सदस्य सचिव शर्माको प्रयास

सन्देश श्रेष्ठपोखरा, साउन ३१ गण्डकी खेलकुद परिषद् (गखेप)को पदक वितरणमा भएको अनियमितताको छानबिनलाई प्रभावित पार्न गखेप सदस्य सचिव श्रीधर शर्मा सकृय भएका छन् । मन्त्री स्तरीय निर्णयका आधारमा गत साउन २४ गते गठन भएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.शेषनारायण पौडेल नेतृत्वको ३ सदस्यीय छानविन समितिले पदक वितरणको समग्र अवस्थाको छानविन गरिरहेका बेला सदस्य सचिव शर्मा छानविन प्रभावित गर्न लागिपरेका हुन् । पहिलो पटक दिइएको साउन २९ गतेसम्मको समयअवधीमा छानविन नसकिएपछि ३ दिन थपेर गखेप कार्यकारिणी सदस्यहरुसँग वयान… पुरा पढौ

हाइकर्स क्लबले गर्यो, काहुँखोलादेखि विजयपुर पोखरी गाउँसम्म हाइकिङ

हाइकर्स क्लब नेपालको आयोजनामा भएको नियमित हाइकिङ कार्यक्रम पोखराको विजयपुर पोखरी गाउँमा सम्पन्न भएको छ । विभिन्न प्राकृतिक, धार्मिक तथा ग्रामीण पर्यटन क्षेत्रको अवलोकन गर्दै आएको क्लबले यस पटकको ७३ औँ शृङ्खला उक्त क्षेत्रमा सम्पन्न गरेको हो । हाइकिङ कार्यक्रम पोखरा १३ को काहुँखोलाबाट आर्वा गाउँ, महाप्रभु धाम हुँदै विजयपुर पोखरी गाउँसम्म सञ्चालन गरिएको थियो । ५० भन्दा बढि सहभागीहरूले आर्वा र विजयपुर गाउँको ग्रामीण परिवेश, प्राकृतिक सौन्दर्य, स्थानीय जीवनशैली तथा धार्मिक महत्व बोकेका स्थलहरूको अवलोकन गरेका थिए । आर्वाका… पुरा पढौ

बडहरवोट आमा समुहमा पौडेलको नेतृत्व, जेष्ठ आमाहरु सम्मानित

पोखरा १६ स्थित बडहरवोट आमा समुहले ८० बर्ष पुरा भएका आमाहरुलाई सम्मान गरेको छ । समुहको २४औँ वार्षिक साधारण सभा तथा १२औँ अधिवेशनका अवसरमा पुर्व अध्यक्ष स्वर्गीय कमला तिमिल्सिनालाई मरणेप्रान्त सम्मानसहित त्यस क्षेत्रका आमाहरुलाई सम्मान गरेको हो । समुहको विकासमा योगदान पुर्याएको भन्दै समाजसेवी पुष्पराज तिमिल्सीना र लक्ष्मी तिमिल्सीना पनि सम्मानित भए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री कुमार खड्का र वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले सम्मान गरे । अधिवेशनले गीतादेवी पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति पनि चयन… पुरा पढौ

पोखरा २६ का नागरिकको गुनासो: गाउँमा बाँदर र शहरमा घरपालुवा कुकुरले आंतक मच्चाए

गाउँमा बाँदरले आंतङक मच्चायो, फलफुल तरकारी केही बाँकी राखेन, हाईवये पराकिलो भयो बाटो काट्न मुश्किल भयो, अन्डर पास र आकासेपुल हुन चाहियो, राती हिड्न सकिएन भित्री सडकमा बत्ती बाल्दीन पर्यो भन्दै नागरिकले स्थानीय वडा सरकारलाई प्रश्न गरेका छन् । पोखरा महानगरपालिका वडा नंं २६ ले शनिवार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक यत्तिमा मात्रै रोकिएनन् उनिहरुले कुकुरको विगविगी नियन्त्रण गर्न समेत माग गरे । घरपालुवा कुकुर डोराएर हिड्ने नागरिकले अर्काको घर अगाडी दिशा पिसाव गराउँदे गरेको भन्दै नियन्त्रणको माग गरेका… पुरा पढौ

शिक्षा ऐनबारे मन्त्रालयले थाल्यो प्रदेशगत छलफल, भदौं २ गते पोखरामा

शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित शिक्षा ऐन निर्माणअघि प्रदेशगत छलफल थालेको छ। सातै प्रदेशका शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यअन्तर्गत पहिलो दिन शनिबार मन्त्रालयले कोसी प्रदेशको विराटनगरमा ‘शिक्षा संवाद’ कार्यक्रम सम्पन्न गरेको छ। गण्डकी प्रदेशस्तरीय छलफल भने भदौं २ गते पोखरामा आयोजना हुने भएको छ । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा बिहान ११ बजेदेखि सुरु हुने प्रधानाध्यापक संघ नेपालले जनाएको छ । कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला, शिक्षा अभियन्ता अभिषेक घिमिरे, प्रधानाध्यापक एसोसिएसन नेपालका अध्यक्ष सुदाम गौतम तथा शिक्षा… पुरा पढौ