समाचार

तनहुँमा पहिरामा परी तीन बेपत्ता

असार २२ तनहुँ । शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरामा परेर आज तीनजना बेपत्ता भएका छन् । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो गएको पहिरामा परेर स्थानीय तीनजना बेपत्ता भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता हुनेमा स्थानीय ४० वर्षीय हीरा नेपाली, ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए । पहिरामा परेर बेपत्ता भएकाको खोजी भइरहेको उनले जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा बेपत्ता भएकाको खोजी… पुरा पढौ

सप्तकोसीमा जलसतह यो वर्षकै उच्च, ३४ ढोका खोलियो

सुनसरी । सप्तकोसी नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च भएको छ । दिउँसो ३ बजे कोसी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जलसतह मापन गरिएको मापन केन्द्रले जानकारी दिएको छ । अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३४ वटा ढोका खोलिएका छन् । आज बिहान ४ बजे एक लाख २४ हजार चार सय ६५ क्युसेक प्रतिसेकेन्ड जलसतह मापन गरिएको केन्द्रका कर्मचारी अमित यादवले बताए । उनले भने, “पहाडी क्षेत्रमा हिजोदेखि निरन्तर वर्षा भएसँगै कोसी नदीमा जलसतह उच्च भएको… पुरा पढौ

आइएचएफ ट्रफीमा सहभागिता जनाउने ह्याण्डबल टोलीको बिदाई

पोखरा । भारतको जयपुरमा सेन्ट्रल एसिया जोन २ अन्तर्गत आयोजना हुने पुरुष उमेर समुह (यू–२०) र (यू–१८) आई.एच.एफ ट्रफी २०२४ मा सहभागिता जनाउने खेलाडीहरुलाई बिदाई गरिएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई बिदाई गरेको हो । उक्त प्रतियोगिता यहि असार २६ गतेबाट ३० गते सम्म तय भएको छ । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघद्वारा आयोजित प्रतियोगितामा नेपालसहित, भारत, बंगालादेश, भुटान, श्रीलंका, मालदिभ्स, यमन, अफगानिस्तान गरी ८ राष्ट्रले सहभागिता जनाउने छन् । प्रतियोगितामा दुबै उमेर समुहमा गरी सहभागि… पुरा पढौ

गण्डकी प्रज्ञा–प्रतिष्ठानको सतप्रतिशत कार्य प्रगति, थपियो बजेट

असार २२ पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठानले चालु आर्थिक वर्ष ०८०÷०८१ मा तय गरेका सबै कार्यक्रम सम्पन्न गरेको दावी गरेको छ । यसरी सम्पन्न कार्यक्रमको असार २१ र २२ गते प्राज्ञ सभाको सातौं पूर्ण बैठक मार्फत समीक्षा गरिएको सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । पूर्ण बैठकले आगामी आर्थिक वर्ष गर्ने कार्यक्रम लगायतबारे विभिन्न महत्वपूर्ण निर्णय गरेको उनले सुनाए । ‘विशेषत आर्थिक वर्ष ०८०/०८१ को हामीले सम्पन्न गरेको कार्यक्रमको बारेमा समीक्षा गर्ने काम भयो । हामीले आर्थिक वर्ष ०८०÷०८१ मा ५४… पुरा पढौ

जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालय कास्कीको अनुरोध

पोखरा, असार २२ जिल्ला प्रशासन कार्यालय कास्कीले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबार अपराह्न एक सूचना जारी गर्दै अविरल वर्षाका कारण हुनसक्ने जोखिमबाट बच्नका लागि उच्च सतर्कता अप्नाउन कास्केली आम नागरिकलाई आग्रह गरेको हो । शुक्रबारदेखि निरन्तर वर्षा भइरहेको र जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले केहि दिन अझै वर्षा हुने अनुमान गरेको भन्दै प्रशासनले कास्की जिल्लास्थित नदी तथा खोलाका तटीय क्षेत्रमा बसोबास गर्ने एवम् पहिरोको उच्च जोखिमयुक्त स्थान… पुरा पढौ

सेती किनारका जोखिमयुक्त ५ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

पोखरा । पोखराको सेती नदीमा पानीको बाहाब बढेसँगै नदी किनारमा बसोबास गर्दै आएका पाँच घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । शुक्रबारदेखि अविरल वर्षाका कारण नदीमा पानीको बाहाब बढेसँगै पोखरा – १४ गोष्टी टोलस्थित नदी किनारमा बसोबास गर्दै आएका ५ घरपरिवारका २३ जनालाई सुरक्षित स्थानमा सारिएको हो । नदीमा पानीको बाहाब बढेसँगै सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै उनीहरुलाई सम्पुर्ण सामग्रीहरु सहित गोष्टी टोल बिकास संस्थाको भवनमा सारिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।… पुरा पढौ

डा.पुरन राईको ‘अस्तु’ कथा संग्रहको पोखरामा परिचर्चा

पोखरा, असार २२ डा.पुरन राईको कथा संग्रह ‘अस्तु’को पोखरामा शनिबार परिचर्चा गरिएको छ । पुछारसिटे अभियानको आयोजनामा पूर्व खोटाङमा जन्म भई काठमाडौंलाई कर्मथलो बनाएका राईको हालै प्रकाशित ‘अस्तु’ कथा संग्रहमाथि पोखरामा परिचर्चा गरिएको हो । बरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कथा संग्रह ‘अस्तु’माथि साहित्यकार सञ्जीप पौडेलले परिचर्चा गरेका थिए । उनले राईको कथा संग्रह ‘अस्तु’ मा ६ वटा कथा रहेको र ती कथाहरुमा विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)सँग मान्छेले गरेको संघर्ष र त्यो संघर्षमा मान्छे… पुरा पढौ

पहिरोले पोखरा–३२ का राजनको भान्सा क्षति

पोखरा । अविरल वर्षाका कारण पोखरा–३२ को डाडाँगाउँमा राजन विकको भान्साघर भत्किएको छ । शुक्रबारदेखि अविरल परेको वर्षाका कारण विकको कच्ची घरसँगै जोडिएको भान्साकोठामा पहिरोले क्षति पुर्याएको हो । माथिबाट खसेको पहिरोले भान्साकोठमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शुक्रबारदेखि पोखरासहित देशैभर वर्षा भइरहेको छ । शनिबार विहान ८ः४५सम्म पोखरामा १३०.५ मिमि वर्षा मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पुरा पढौ

पाोखरामा हुने तायाःमचा नाच प्रतियोगिता यस वर्ष नयाबजारले आयोजना गर्ने

पोखरा, असार २२ पोखरामा यस वर्ष भदौ ८ गते शनिबार तायाःमचा नृत्य प्रतियोगिता हुने भएको छ । हरेक वर्ष पोखरामा हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यस वर्ष पोखरा महानगरपालिका वडा नम्बर–९ नयाबजारस्थित शिव–गणेश मार्गमा हुने भएको हो । नेवाःखल कास्कीको आह्वानमा हुने प्रतियोगिता यस वर्ष नयाबजार सांस्कृतिक समितिको आयोजना तथा नेवा ल्याम्ह पुचः नयाबजार, नेवा मिसा पुचः नयाबजार र नेवाः कल्याणकारी गुठी सँगको सहकार्यमा हुने शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो । नेवार समुदायमा परिवारको सदस्यको मृत्यू भएको एक… पुरा पढौ

ब्रम्हा कुमारी लेकसाइडमा “सकारात्मक चिन्तनका लागि, राजयोग प्रशिक्षण शिविर” शुरु

पोखरा । पोखरामा शनिवारदेखि ५ दिने “सकारात्मक चिन्तनका लागि, राजयोग प्रशिक्षण शिविर” शुरु भएको छ । पोखरा ६ लेकसाइडमा अवश्थित ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको आयोजनामा शिविर शुरु भएको हो ।शिविरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग केन्द्र पार्दी शाखाका प्रमुख ब्र कु अमृत दिदीले प्रबचन दिनेछन् ।शिविरमा सकारात्मक चिन्तनका लागि आत्म दर्शन एवं परमात्मा दर्शन, तनावमुक्त जीवनका लागि जीवन र जगतको रहस्य, मूल्यनिष्ठ जीवनका लागि कर्मको गहन गति, मानसिक शान्तिका लागि मानव जीवनको वास्तविक लक्ष्य, खुशीयाली जीवनकालागि राजयोग मेडिटेशनको अभ्यास… पुरा पढौ