समाचार

विश्वकप क्रिकेटः नेपालले भोलि बङ्गलादेशसँग खेल्ने

असार २ काठमाण्डौं । आइसिसी विश्वकप क्रिकेट २०२४ अन्तर्गत समूह डी को आफ्नो अन्तिम खेलमा नेपालले भोलि बङ्गलादेशको सामना गर्दैछ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ । अन्तिम आठमा स्थान बनाउने प्रतिस्पर्धाबाट बाहिरिसकेको नेपालका लागि उक्त खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । तर बङ्गलादेशका लागि भने निकै महत्वपूर्ण मानिएको छ । समूह डि बाट दक्षिण अफ्रिका आठ अङ्कका साथ शीर्ष स्थानमा रहँदै विश्वकपको दोस्रो चरणमा प्रवेश गरिसकेको छ ।… पुरा पढौ

‘एक निर्वाचन क्षेत्र एक सडक’ योजना प्रत्यक्ष निर्वाचित सांसदले रोज्ने

पोखरा, जेठ २ गण्डकी प्रदेश सरकारले सांसदलाई घुमाउरो बाटोबाट बजेट दिएको छ । सांसदलाई बजेट दिन अदालतले रोक लगाएपनि गण्डकी सरकारले घुमाउरो बाटोबाट सांसदलाई बजेट दिएको हो । यसअघि प्रदेश सरकारहरुले सांसद विकास कोषका नाममा सांसदहरुलाई बजेट दिने गरेका थिए । गण्डकी सरकारलेपनि केहि वर्ष यसको अभ्यास गरेको थियो । कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री भएका बेला तत्कालीन अर्थमन्त्री रामजीप्रसाद बरालले सो कार्यक्रम काटेपछि पार्टी र सांसदहरुले व्यापक विरोध गरेका थिए । सो बेला दवाब खेप्न नसकेपछि घुमाउरो बाटोबाट सांसदलाई बजेट… पुरा पढौ

पोखरामा पुल बनाउन जग खनेको खाल्डोमा परि बालकको मृत्यु

पोखरा । पोखरामा पुल बनाउन जग खनेको खाल्डोमा परेर बालकमो मृत्यु भएको छ । शनिबार साँझदेखि हराएका पोखरा ३३ भरतपोखरी बस्ने लक्ष्मण विकका ९ बर्षिय छोरा गणेश विक आज उक्त खाल्डोमा मृतअवस्थामा फेला परेका हुन् । बालक हराएको खवर पाउनासाथ प्रहरी चौकी भरतपोखरीबाट खटिएको प्रहरी टोलिले कदम बोटे सुरौती खोला पुरलिङ जोड्ने निर्माणधिन पुल बनाउन जग खनेको खाल्डोमा बालकले लगाएको चप्पल मात्रै फेला परेको थियो । साथै आज कालिका गण मालेपाटनबाट उद्दार टोली समेत परिचालन गरि खोजतलास गर्दा सोही खाल्डोमा… पुरा पढौ

भरतपोखरीको प्रादेशिक पुनर्स्थापना केन्द्र तत्काल संचालन गर्न आग्रह

पोखरा । लैङ्गिक हिंसा ब्यबस्थापन सल्लाहकार समिति कास्कीको बैठक आइतबार सम्पन्न भएको छ । बैठकले लैगिक हिंसा प्रभाबितहरूको लागि अल्पकालिन आवास गृह एबम प्रादेशिक पुनर्स्थापना केन्द्र तत्काल संचालन गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ। पोखरा महानगरपालिका वडा न ३३ भरतपोखरीको आमा चौरमा प्रदेश सरकारको लगानिमा भवन निर्माण सम्पन्न भए पनि केन्द्र संचालनमा आउन नसकेको प्रती समितिको गम्भीर ध्यानाकर्षण भएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा उक्त समितिका संयोजक लिलाधर पौडेललेजिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा उक्त समितिका संयोजक लिलाधर पौडेलले… पुरा पढौ

सास्तीमा छन् निसेलढोरवासी

ढोरपाटन । काठैकाठले बनेका घर, ढुङ्गाका पर्खालले घेरिएका आलु बारी, बीचबीचमा स्याउका बोट, आफ्नै खाम भाषा, आफ्नै रीतिरिवाज र परम्परा, भिरालो जमिनमा टक्क मिलेर बसेको बस्ती, यस क्षेत्रमा पुग्ने जो कोहीलाई टाढैबाट आकर्षित गर्ने गन्तव्य हो । बागलुङको निसेलढोर जति प्राकृतिक सुन्दरताले भरिएको छ, त्यति नै यहाँ बस्ने नागरिकको समस्या र सास्तीको दुर्दान्त कथा छ । सामान्यतः निसेलढोरवासीको समस्या कति छन् भन्ने यहाँ पुग्ने धेरैले सहजै अड्कल गर्न सक्दैनन् । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सुदूरपश्चिममा रहेको निसेलढोर नेपालको एक मात्र… पुरा पढौ

मनकामना केबुलकार ५० दिन बन्द हुने

मुग्लिन । नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ । केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। उनका अनुसार डिजिटल प्रणालीमा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबुल तार लट्ठा फेर्न लागिएको प्रालिका नायब… पुरा पढौ

खडेरीले नपसाउँदै बारीमै सुक्न थाले मकै,किसान चिन्तित

गलेश्वर । असार लागिसक्दा पनि वर्षा नभएपछि खडेरीका कारण बारीमा लगाएका मकै नपसाउँदै सुक्न थालेका छन् । मकै लगाउने समय (फागुन, चैत) मा पनि वर्षा नभएकाले ढिलो गरी बारीमा मकै रोपेका म्याग्दीका किसान असार लागिसक्दा पनि राम्रोसँग वर्षा नभएपछि चिन्तित छन् । “बारीका मकै नपसाउँदै सुक्न थालेका छन्, खेतमा राखेको धानको ब्याड पनि सुक्दै जान थालेको छ”, मालिका गाउँपालिका–४ का हिमबहादुर विकले बताए । हिउँद याममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदे बाली पनि राम्रोसँग उत्पादन नभएको मालिका–२… पुरा पढौ

अथार मगराँत भुमिका मगर समुदायको मुख्य पर्व भूमेको रौनक सुरु

घोराही । अथारा मगराँत भुमिका मगर समुदायको मुख्य पर्व भूमेको रौनक सुरु भएको छ । पर्व यही असार १ गतेदेखि रुकुम,रोल्पा,बागलुङ लगाएतका स्थानमा मगर समुदायको चाड सुरु भएको हो । मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँको भूमि र भूमि देवतालाई पूजा गर्ने चलन छ । सोही भूमि देवताको पूजा गर्ने प्रचलनलाई मगर जातिले आफ्नो मुख्य चाडका रुपमा मान्दै पनि आइरहेको पाइन्छ । यी स्थान मा यो पर्व विधिवत् रुपमा विसं २०४६ बाट मनाउन थालिएको नेपाल मगर सङ्घ दाङले जनाएको छ… पुरा पढौ

मनाङमा खाद्य उत्पादन वृद्धि

मनाङ । विकट जिल्ला मनाङमा खाद्य उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा खाद्य उत्पादनमा वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ । जिल्लाको तल्लो क्षेत्रमा खेती भित्र्याउने कार्य भइरहेको छ । यस क्षेत्रमा गहुँ, जौ, उवा, फापरखेती गरिन्छ । आर्थिक वर्ष २०७९÷८० मा भन्दा चालु आर्थिक वर्ष २०८०÷८१ मा खेती उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्रमुख मदन रेग्मीले जानकारी दिए । उनका अनुसार गहुँ उत्पादनको क्षेत्रफल नै वृद्धि भएको छ । गत वर्ष एक सय पाँच हेक्टर क्षेत्रफलमा गरिएको… पुरा पढौ

बेनी–पाखापानी सडक स्तरोन्नति सुरु

म्याग्दी । जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडक स्तरोन्नति सुरु भएको छ । बेनी नगरपालिका–९ किराखोरबाट नेप्टेचौर हँुदै तोरीपानीमा रहेको गलेश्वर मावि खण्डमा कालोपत्र थालिएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालयले चार किलोमिटर लामो यो सडक स्तरोन्नति सुरु गरेको हो । चालु आर्थिक वर्षमा रु चार करोड बजेट विनियोजन भएको यो सडकका लागि रु २० करोडको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का आह्वान भएको… पुरा पढौ