समाचार

पृथ्वीनारायण क्याम्पसका विद्यार्थी जटायु संरक्षण केन्द्रमा, जैविक विविधता जोगाउन सक्रिय

पोखराको पृथ्वीनारायण क्याम्पसका प्राणीशास्त्र तथा वनस्पतिशास्त्र विभागका विद्यार्थी गिद्ध संरक्षणसँगै जैविक विविधता र वातावरण संरक्षणका विविध गतिविधिमा सक्रिय भएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकस्थित जटायु संरक्षण तथा गाई संरक्षण केन्द्रमा पुगेर आइतबार विद्यार्थीले गिद्धको आहार व्यवस्थापन प्रत्यक्ष अवलोकन गर्नुका साथै संरक्षण क्षेत्रमा सरसफाइ र वातावरणीय व्यवस्थापनका विभिन्न गतिविधिमा स्वयंसेवकका रूपमा सहभागिता जनाएका हुन् ।पृथ्वीनारायण क्याम्सका ४० विद्यार्थी, स्थानीयवासी तथा संरक्षणकर्मीको सहभागितामा गिद्ध संरक्षण, जैविक विविधता संरक्षण र वातावरणीय सचेतनासम्बन्धी कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यार्थीले मरेका जनावरका हड्डी सङ्कलन… पुरा पढौ

सहारा एकेडेमीको सहयोगार्थ आउँदो शनिबार पोखरामा हाइकिङ हुने

पोखरा, २४ साउन । सहारा फुटबल एकेडेमीको सहयोगार्थ पोखरामा शनिबार ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ आयोजना हुने भएको छ। पोखरा महानगरपालिका-९ को समन्वय तथा सहारा क्लब पोखराको आयोजनामा हुने हाइकिङ स्वास्थ्य, पर्यटन र सामाजिक सेवाको सन्देशसहित आयोजना गर्न लागिएको हो। पोखरा–९ महेन्द्र पुलस्थित फल्चाबाट शनिबार बिहान करिब ७ बजे हाइकिङ सुरु भएर पर्यटकीय क्षेत्र काहुँडाँडासम्म पुग्ने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए। प्रकृतिसँग रमाउँदै शारीरिक व्यायाम गर्ने अवसरसँगै सामाजिक सेवामा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको उनले भने। हाइकिङमा सहभागी… पुरा पढौ

दिदी बहिनी एकता फाउन्डेसनद्वारा आर्वा विजयमा क्यान्सर सचेतना तथा निःशुल्क स्वास्थ्य शिविर, २१० जना सहभागी

पोखरा । पोखरा–१३, आर्वा विजयपुरस्थित विजय आधारभूत विद्यालयमा क्यान्सर सचेतना तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शनिबार २३ साउन २०८३ मा आयोजित शिविरमा स्थानीय बासिन्दासहित २१० जनाले स्वास्थ्य सेवा तथा क्यान्सरसम्बन्धी सचेतना प्राप्त गरेका छन्। दिदी बहिनी एकता फाउन्डेसन नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा मौजा विजयपुर समाज, यूकेको सहयोग र चरक मेमोरियल हस्पिटलले सहकार्य गरेको थियो। दिदी बहिनी एकता फाउन्डेसन नेपालकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका–१३ का वडा अध्यक्ष किरण बराल विशेष अतिथिका रूपमा सहभागी भई यस्ता… पुरा पढौ

सहारा एकेडेमीको सहयोगार्थ पोखरामा शनिबार हाइकिङ हुने

पोखरा, २४ साउनपोखराको सहारा फुटवल एकेडेमीको सहयोगार्थ पोखरामा हाइकिङ हुने भएको छ । पोखरा महानगरपालिका–९ को कार्यालयको समन्वय तथा सहारा क्लब पोखराको आयोजनामा पोखरामा आउँदो शनिबार स्वास्थ्य, पर्यटन र सामाजिक सेवाको सन्देशसहित सहारा फुटवल एकेडेमीको सहयोगार्थ ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ आयोजना हुने भएको क्लवले जनाएको छ ।पोखरा–९ स्थित फल्चाबाट बिहान करिब ७ बजे सुरु भई पर्यटकीय क्षेत्र काहुँडाँडासम्म पुग्ने गरी हाईकिङको यात्रा तय गरिएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताउनु भयो । प्रकृतिसँग रमाउँदै शारीरिक व्यायाम गर्ने अवसरसँगै सामाजिक सेवामा… पुरा पढौ

लायन्स साझा चौतारीको रक्तदानमा, ५५ युनिट संकलन

लायन्स क्लव अफ साझा चौतारीद्धारा आयोजित रक्तदान कार्यक्रमममा ५५ युनिट रगत संकलन भएको छ । बर्षासंगै पोखरामा रगतको अभाव हुने संकेत देखिएपछि रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो । लायन्स क्लव रक्तदान विभाग प्रमुख मिन वहादुर लामिछानेले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान जीवनदान, जीवनदान महादान बाट प्रेरित लायन्स क्लवहरुले रक्तदान कार्यक्रमलाई महत्वपूर्ण योगदान गर्दै आएको बताए । पोखरा महानगरपालिका वडा नं. १७ वडाअध्यक्ष राधिका शाही योगीले रक्तदातालाई प्रमाणपत्र वितरण गर्दै रक्तदान जस्तो पुण्य कार्यमा युवा वर्गलाई प्रेरित गर्नुपर्ने… पुरा पढौ

सामुदायिक वन दिवसका अवसरमा रातोपैह्रा वनमा वृक्षरोपण

सामुदायिक वन दिवसको उपलक्ष्यमा पोखरा १७ स्थित रातोपैह्रा सामुदायिक वन क्षेत्रमा बृक्षरोपण गरिएको छ । सो अवसरमा वन क्षेत्रको भिरालो पाखोमा २५० वटा बाँसका विरुवा रोपिएको हो । वडाअध्यक्ष राधिका शाही योगीले बाँसको विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै मानव जीवनको हरेक सुख, दुःखमा बाँसको महत्व रहेको बताईन् । पोखरा १७ मा रातोपैह्रा र कालजरुवा दुईवटा सामुदायिक वन समुह रहेको उल्लेख गर्दै उनले चितवन जिल्लाबाट एक लाख रुपैयाको लागतमा खरिद गरिएका ५०० बाँसका विरुवा रोप्नका लागि प्रोत्साहन गरिएको जानकारी दिईन् ।… पुरा पढौ

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पङ्क्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्ने कार्यक्रम तय गरेको छ । लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनुपर्ने भएकाले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न रास्वपाले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्न लागेको हो ।रास्वपाका सहमहामन्त्री असिम शाहले आज विज्ञप्तिमार्फत जारी गरेर भुइँमान्छेका आवाजलाई सिधै राज्यको नीतिनिर्माण र कार्यान्वयनको तहसम्म… पुरा पढौ

पोखरामा सार्वजनिक भयो टीभीएस ‘अरबिटर’ ईभी, १५८ किलोमिटर रेन्ज र ३४ लिटर बुट स्पेस

टीभीएस मोटर कम्पनीले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारलाई लक्षित गर्दै नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस अरबिटर ईभी पोखरामा सार्वजनिक गरेको छ। जगदम्बा मोटर्सको आधिकारिक बिक्री सञ्जालमार्फत सार्वजनिक गरिएको अरबिटरलाई कम्पनीले सहरी यात्राका लागि स्मार्ट, दिगो र सुविधाजनक विद्युतीय मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरेको छ।कम्पनीका अनुसार अरबिटरमा ३।१ किलोवाट–आवरको ब्याट्री जडान गरिएको छ, जसले १५८ किलोमिटरको आइडीएस रेन्ज प्रदान गर्छ। स्कुटरमा क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, पार्किङ असिस्ट, रिजेनेरेटिभ ब्रेकिङ तथा इको र पावर मोडजस्ता सुविधा उपलब्ध छन्। अरबिटरको प्रमुख विशेषतामध्ये १४ इन्चको… पुरा पढौ

महेन्द्र मावि, घार्मीको अध्यक्षमा पुर्व विद्यार्थी अधिकारी चयन

पोखरा १९ घार्मीस्थित महेन्द्र माध्यमिक विद्यालयको अध्यक्षमा नारायणप्रसाद अधिकारी चयन भएका छन् । विद्यालयमा आइतबार सम्पन्न अभिभावक भेलाले विद्यालयका पुर्व विद्यार्थी समेत रहेका अधिकारीको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । समितिको सदस्यमा जमुना पौडेल, शर्मिला सुनार,देउकुमारी खनाल,शिक्षक प्रतिनिधी शरदराज सापकोटा , वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक नन्दराज दाहाल चयन भएका हुन् । त्यस्तै भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा शोभा पौडेललाई चयन गरेको छ । संघको सदस्यहरुमा गंगाा सुनार, तारा सुनार,रामबहादुर सुनार, टेक… पुरा पढौ

म्याग्दीको फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल निर्माण हुने भएको छ । फापरखेतको पहिरोको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेर र २ सिमलचौर जोड्ने म्याग्दी नदीमाथि मोटरेबल पुल बनाउन चालु आर्थिक वर्ष २०८३÷८४ मा रु दुई करोड बजेट विनियोजन गरेसँगै गण्डकी प्रदेश सरकारले प्रक्रिया थालेको हो । गतवर्ष सङ्घीय सरकारले बेलिब्रिज उपलब्ध गराउने, प्रदेश सरकारले जडान गर्ने र पहुँचमार्ग बनाउने समझदारी जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण कार्यान्वयन नहुँदा… पुरा पढौ