नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पोखरा रङ्गशाला परिसरमा वृक्षरोपण गरेको छ । पोखरा रङ्गशालामा सञ्चालन भइरहेको हरियाली तथा वृक्षरोपण अभियानमा ऐक्यबद्धता जनाउँदै फोनिज कास्कीले २७ औँ फोनिज स्थापना दिवस तथा ३२औँ विश्व आदिवासी दिवसको अवसरमा शनिबार लिच्ची, आँप, जामुन, एभोकाडो, कपुर लगायतका बिभिन्न प्रजातिका बोटबिरुवा रोपिएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले वृक्षरोपणले वातावरण संरक्षणसँगै पोखरा रङ्गशालाको सौन्दर्य अभिवृद्धिमा सहयोग पुग्ने बताए । उनले फोनिज स्थापना दिवस तथा विश्व आदिवासी दिवसको…
पुरा पढौ