राजनीति

प्रेस सेन्टर नेपाल महानगर समितिको अध्यक्षमा गुरुङ

पुस २४ पोखरा । प्रेस सेन्टर नेपाल पोखरा महानगर समितिको अध्यक्षमा हुम गुरुङ सर्वसम्वत चयन भएका छन् । बुधबार पोखरामा सम्पन्न दोस्रो अधिवेशनले गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै समितिको प्रथम उपाध्यक्षमा सपना रसाइली, द्वितीय उपाध्यक्षमा शिव जंग क्षेत्री, कोषाध्यक्षमा सरिता गायक, सचिवमा प्रकाश अधिकारी र सहसचिवमा दिलिप भण्डारी चयन भएका छन् । त्यसैगरी समितिको सदस्यमा गीता तिवारी, एलिसा थापा, रवि भण्डारी र दक्ष गुरुङ छन् । यसअघि समितिका अध्यक्ष शिव प्रसाद बस्ताकोटी ‘शिवदाई’ को… पुरा पढौ

मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा सरकार

पुस २२ काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्कघातको निःशुल्क उपचारको तयारी गरिरहेको बताएका छन् । कान्ति बाल अस्पतालको ६३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले यसका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको बताए । उनले कान्ति बाल अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचारको व्यवस्था बनाइसकेको समेत उल्लेख गरे । कान्ति बाल अस्पतालमा भौतिक पूर्वाधार र जनशक्तिको अभाव रहेको विषयमा आफू जानकार रहेको बताउँदै उनले मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । “अस्पतालले हाल सीमित स्रोत र साधनका बावजुद… पुरा पढौ

नेता तथा कार्यकर्ता श्रम अभियानमा क्रियाशील हुनुपर्नेमा जोड

पुस २२ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरुले पार्टीलाई उत्पादनसँग जोड्न अध्यक्षसहित सम्पूर्ण नेता कार्यकर्ता श्रम अभियानमा क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् । राजधानीमा जारी आठौँ केन्द्रीय समितिको छैटौँ बैठकको दोस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत राजनीतिक प्रस्तावमाथिको छलफलमा नेताहरुले प्रत्येक महिनाको कम्तीमा तीन दिन श्रम अभियानमा आबद्ध हुनुपर्नेमा जोड दिएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा आज ८० जनाले आफ्नो धारणा राखेका थिए । अधिकांश नेताहरुले कम्युनिष्ट पार्टीका नेताहरुको जीवनशैली… पुरा पढौ

सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउँछ : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् । राष्ट्रिय सूचना आयोगको आयोजना र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशको सहकार्यमा भएको प्रदेशस्तरीय अनुगमन इकाई प्रमुखसँग “सूचनाको अधिकार : कार्यान्वयनको चुनौती” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारी तथा सार्वजनिक निकायहरूको काममा उत्तरदायित्व, पारदर्शिता र लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात् गर्नका लागि नागरिकको सूचनामा पहुँच अपरिहार्य रहेको उल्लेख गरेका हुन् । मन्त्री थापाले सूचनाको हकसम्बन्धी ऐनको कार्यान्वयनमा… पुरा पढौ

रास्वपा सभापति लामिछानेका कानुन व्यवसायीको बहस जारी

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा गत मङ्गलबारदेखि जारी छ । शुक्रबारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सुरू भएकामा आज सभापति लामिछाने पक्षका कानुन व्यवसायीहरूको बहस सुरू भएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । उनका अनुसार आज अधिवक्ता सुशीलकुमार पन्तले लामिछानेका पक्षबाट बहस गरेकी छिन । यसअघि प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले बहस गरका थिए । सरकारी वकिल… पुरा पढौ

एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रमा सुधार, अपेक्षित गति लिन नसकेको स्वीकार

पुस २१ काठमाण्डौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठन भएयता मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार भइरहेको बताएका छन् । एमाले केन्द्रीय कमिटीको आजको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उनले देशको अर्थतन्त्रमा सुधारमा सकारात्मक सङ्केत देखिए पनि त्यसले अपेक्षित गति लिन नसकेको उल्लेख गरेका छन् । राजनीतिक स्थायित्व र सबल सरकार गठनसँगै निजी क्षेत्रको विश्वास बढेको, राजस्व, निर्यात, र पुँजीगत खर्चमा वृद्धि भएको तथा पुँजी बजारमा सुधार आएको प्रधानमन्त्रीले प्रतिवेदनमा उल्लेख… पुरा पढौ

माओवादी केन्द्रीय सदस्यले सम्पत्ति विवरण पेस गर्नुपर्ने

पुस २१ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट संविधान निर्माण गर्नेक्रममा आफ्नो पार्टीले राखेको फरक मतलाई नै संविधान संशोधनको विषय बनाउने बताएका छन् । पार्टी केन्द्रीय समितिको आज भएको विस्तारित बैठकमा उहाँले जातीय क्षेत्रीय मोर्चालाई सक्रिय पार्ने बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, “पहिचानका मुद्दा ओझेलमा पर्न गएकामा आत्मालोचनासहित उत्पीडित वर्गमा जानुपर्छ, जातीय क्षेत्रीय मोर्चालाई सक्रिय बनाएर लैजानुपर्छ ।” आगामी माघसम्ममा सबै स्थानीय सम्मेलन गर्ने तथा पार्टीका सङ्घ र प्रदेश सांसदको भूमिकालाई अझ प्रभावकारी बनाउन निर्देशन… पुरा पढौ

आधुनिक दासत्व र मानव तस्करी विरुद्ध एक होऔँः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्वसामु नयाँ चुनौतीका रूपमा देखापरेको आधुनिक दासत्व र मानव तस्करी अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । कोपिला नेपालको आयोजनामा पोखरामा आयोजित ‘दक्षिण एशियामा आधुनिक दासत्व र मानव ओसारपसारका विरुद्ध तीन दिवसीय क्षेत्रीय सम्मेलन’ को समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि भट्टले मानव बेचबिखन तथा ओसारपसार एक गम्भीर सामाजिक तथा मानवता बिरुद्धको विश्वव्यापी समस्या रहेको उल्लेख गरे। उनले शुरुमा मानव बेचविखन दास र बधुवा श्रमिक वा यौनदासीको रुपमा मात्र सीमित रहेको आजको युगमा… पुरा पढौ

संविधान संसोधन गरेर बहुमत नआए लोकप्रिय मतलेपनि पाँचै वर्ष सरकार चलाउन पाउने व्यवस्था गर्नुपर्छ : महामन्त्री थापा

पुस २० पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकप्रिय मतलेपनि पाँचै वर्ष सरकार चलाउन पाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संसोधन गरेर बहुमत नआए सबैभन्दा धेरै मत ल्याउने दलले पाँचै वर्ष सरकार चलाउने व्यवस्था गर्नुपर्ने बताएका हुन् । अहिलेको निर्वाचन प्रणालीले कसैको बहुमत आउने सम्भावना नरहेको बताउँदै उनले भने,‘यसले देशमा अस्थिरता मच्चियो । त्यसैले अब बहुमत आएन भनेपनि केहि छैन, जुन पार्टीले धेरै… पुरा पढौ

पर्यटकीय क्षेत्र सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

पुस २० सोलुखुम्बु । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिइरहेको सोलुखुम्बुको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा आयोजित ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विकासका पूर्वाधारलाई थप सबल बनाइने बताए । प्रधानमन्त्री ओलीले पर्यटन सडकको स्तरोन्नतिका लागि प्रदेश र सङ्घीय सरकारबीच सहकार्य कायम रहने बताए । “यो सडकलाई कालोपत्र बनाउने जिम्मा दुवै सरकारको हुनेछ । यस जिल्लाको विकास अभियानमा सरकारले कुनै कसर बाँकी राख्दैन”, उनले भने, “राष्ट्रिय विभूति… पुरा पढौ