राजनीति

रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै

सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ । जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले लामिछाने, छविलाल जोशीसहित अदालतमा उपस्थित गराइएका पाँच जना प्रतिवादीको बयान सुरु जानकारी दिए । “गोलामार्फत इजलासको टुङ्गो लागेपछि प्रतिवादीहरुको बयान सुरु… पुरा पढौ

सूर्य दर्शन सहकारी प्रकरणमा जिवी, रवि, छविसहित ६३ प्रतिवादी, रविमाथि करीब २८ करोड गैरकानूनी रुपमा आर्जन गरेको आरोप

पोखरा, पुस ७ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि करीब २८ करोड रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोपमा मुद्धा दर्ता भएको छ । सहकारी ठगीको आरोपमा पक्राउ परेर दुई महिना लामो अनुसन्धानपछि जिल्ला सरकारी वकील कार्यालय कास्कीले लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा मुद्धा दर्ता गरेको हो । सरकारी वकीलको कार्यालयले लामिछाने पत्नी पौडेलबिरुद्धपनि मुद्दा दायर गरेको छ । गोर्खा मिडिया नेटवर्क प्रालिमा सहकारीको रकम लगेर अपचलन गरेको आरोपमा पक्राउ… पुरा पढौ

पूर्वगृहमन्त्री लामिछानेसहित चार जनाविरुद्ध मुद्दा दायर

गण्डकी । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध आज सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरिएको जनाकारी दिए । पूर्वगृहमन्त्री लामिछानेमाथि रु २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबीसहित मुद्दा दर्ता गरिएको उनले ताए । यस्तै जोशीविरुद्ध रु ७४ करोड ३४… पुरा पढौ

सभापति लामिछानेविरुद्ध अदातलमा अभियोगपत्र पेस

गण्डकी । सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आज अभियोगपत्र पेस भएको छ । जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सभापति लामिछानेसहित सहकारी ठगीका आरोपित अन्य व्यक्तिविरुद्ध पनि अभियोगपत्र पेस भएको जानकारी दिए । “अहिले अभियोगपत्र रुजुको काम भइरहेको छ, लामिछानेलगायतविरुद्ध आजै मुद्दा दर्ता हुन्छ, अदालतले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ”, उनले भने । पोखराको सूयदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम… पुरा पढौ

समृद्ध र शान्त समाज निर्माणका लागि ध्यान अभ्यासलाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले समृद्ध र शान्त समाज निर्माणका लागि ध्यान अभ्यासलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । विश्व ध्यान दिवसका अवसरमा शनिबार मन्त्रालयले पोखरा रंगशालामा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै मन्त्री थापाले ध्यानले व्यक्तिको मानसिक स्वास्थ्य, आत्मविश्वास र समग्र जीवनशैलीमा सकारात्मक प्रभाव पु¥याउने बताए । “ध्यान, योग र मानसिक स्वास्थ्यले हाम्रो जीवनमा पु¥याउने योगदान आज मात्र होइन मानव सभ्यताकै इतिहासदेखि नै महत्वपूर्ण रहँदै आएको छ । ध्यान केवल व्यक्तिगत शारीरिक… पुरा पढौ

सर्वोच्चको आदेशपछि दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा

पुस ५ काठमाण्डौं । साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई सर्वाेच्च अदालतको आदेशपछि हाजिर जमानीमा आज रिहा गरिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वाेच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सारङ्गा सुवेदीको संयुक्त इजलासले निजलाई रिहा गर्न आदेश दिएको हो । उक्त आदेशअनुसार प्रसाईँलाई हाजिर जमानीमा उपस्थिति हुने गरी छाडिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । प्रसाईँमाथि अनुसन्धान भने जारी रहेको छ । अदालतको आदेशपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट रिहा भएका प्रसाईँले… पुरा पढौ

गुणस्तरमा कुनै सम्झौता हुँदैन : जिसस प्रमुख पौडेल

पुस ५ पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले विकास निर्माणमा तोकिएको समय र गुणस्तरमा कुनै सम्झौता नहुने बताएका छन् । कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउ सिक्लेसमा शुरु भएको संस्कृतिक ग्राम पर्यटन पूर्वाधार निर्माण योजनाको स्थलगत अध्ययन अवलोकनका क्रममा उनले सम्झौता अनुसार निर्माण व्यवसायीले काम गर्नु पर्ने आवश्यकता औल्याए । विकास निर्माणमा डिला सुस्ति र गुणस्तर नहुना जनतामा नैरास्यता पैदा हुँदै गएको बताउँदै उनले योजना सम्पन्न गर्न तीनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्ने बताए ।संस्कृतिक ग्रामको योजनाले… पुरा पढौ

पूर्वराष्ट्रपति भण्डारी स्याङ्जामा

वालिङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आज स्याङ्जाका विभिन्न स्थानमा स्वागत गरिएको छ । कालीगण्डकी गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल आलमदेवीको दर्शन तथा अवलोकनका लागि आज स्याङ्जा आइपुग्नुभएकी पूर्वराष्ट्रपति भण्डारीलाई स्याङ्जा र कास्कीको सिमाना फेदीखोलादेखि पुतलीबजार, भिरकोट, वालिङ, गल्याङ र कालीगण्डकीमा स्थानीयलगायतले स्वागत गरेका हुन् । सडकमार्ग हुँदै त्यहाँ पुगेकी पूर्वराष्ट्रपति भण्डारीलाई जिल्लाका विभिन्न स्थानमा नागरिकले फूलमाला, बाजागाजासहित स्वागत तथा सम्मान गरेका थिए । भण्डारीले आज दिउँसो शाह वंशको कुलदेवताको रुपमा रहेको आलमदेवी मन्दिरमा पूजाआजा र अवलोकन गर्ने कार्यक्रम रहेको कालीगण्डकी गाउँपालिका… पुरा पढौ

रबिको हिरासतको फोटो खिच्ने सामाजिक अभियन्ता निकोलस, खिच्न दिनु प्रहरीको गम्भीर गल्ती

पुस ४ पोखरा । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रबि लामिछानेको हिरासत भित्र सुतिरहेको तस्बिर पार्टीकै समर्थकले खिचेको खुलेको छ । सहकारी ठगी, संगठित अपराध र सम्पती शुद्धिकरण सम्बन्धि मुद्धामा अनुसन्धानका लागि हिरासतमा रहेका लामिछानेको हिरासत भित्रको तस्बिर उनकै पार्टी रास्वपा समर्थक तथा सामाजिक अभियन्ता डा.निकोलस भुसालले खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । जुन फोटोमा लामिछाने टोपी लगाई सिरक ओढेर सुतिरहेका छन् । उनी सुतिरहेको नजिकै सानो टेबल र त्यसमाथि पुस्तकहरु देखिन्छ । लामिछाने हिरासतमा सुतिरहेको… पुरा पढौ

‘पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनुपर्छ’ : पुर्वराष्ट्रिपति भण्डारी

गण्डकी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउँदै लैजानुपर्नेमा जोड दिए । त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालयअन्तर्गत चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा आजदेखि पोखरामा सुरु भएको ‘फेवा संवाद’ को उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले मुलुकको अर्थतन्त्र वृद्धि गर्दै विकास, निर्माणमा लगानी बढाउँदै जानुपर्ने उल्लेख गरे । उनले विदेशी र स्वदेशी लगानीका क्षेत्र बढाउँदै स्वदेशी उत्पादनमार्फत राजस्वमा वृद्धि गर्नुपर्ने बताए। पूर्वराष्ट्रपति भण्डारीले नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कृषिलाई व्यावसायिक बनाउनुका… पुरा पढौ