राजनीति

राजनीतिक कोर्ष बदल्ने बेला आएको छः अध्यक्ष प्रचण्ड

मंसिर २२ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक कोर्ष बदल्नुपर्ने बेला आएको बताएका छन् । माओवादी केन्द्र गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिको आज दोस्रो अधिवेशनको उद्घाटन गर्दै शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्ष बदल्न सकिने धारणा राखे । अध्यक्ष दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद नभई विज्ञ व्यक्ति मन्त्री बन्ने व्यवस्थामा गए मात्रै आफ्नो पार्टीले उठाउँदै आएको जनताको गणतन्त्र सुदृढ गर्न सकिने बताए ।… पुरा पढौ

सयपत्री सहकारीमा आर्थिक अनुशासन कायम छ : वडाध्यक्ष कर्माचार्य

मंसिर २२ पोखरा । पोखरा महानगरपालिका वडा नं ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले सयपत्री सहकारीमा आर्थिक सुशासन कायम रहेको बताएका छन् । सयपत्री सहकारीको १५ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै अध्यक्ष कर्माचार्यले सवै सुविधा प्रदान गरेको सयपत्री सहकारीबाट नियमित आर्थिक कारोबार गर्न सेयर सदस्यलाई आग्रह गरे । वार्षिकरुपमा उत्कृष्ठ आर्थिक कारोबार गर्ने सेयर सदस्यबाट सम्मानितसमेत भएका प्रमुख अतिथि कर्माचार्यले विश्वासलाई कायम राख्नु पर्ने बताएका उनले पछिल्लो समय सहकारीहरुमा देखिएको राष्ट्रिय समस्या नआउने बताए । पोखरा ११ रानीपौवामा रहेको सहकारीको… पुरा पढौ

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

मंसिर २१ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका छन् । प्रधानमन्त्री ओलीले आज अस्पताल पुगेर राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गरे । प्रोस्टेटसम्बन्धी समस्याका कारण केही दिनदेखि अस्पतालमा उपचाररत राष्ट्रपति पौडेलको उपचारमा सङ्लग्न चिकित्सकसँग प्रधानमन्त्री ओलीले उपचारको सम्पूर्ण विवरणबारे जानकारी लिएका थिए ।यही मङ्सिर १९ गते अस्पताल भर्ना भएका राष्ट्रपति पौडेलको आधुनिक प्रविधिबाट शल्यक्रिया गरिएको थियो भने… पुरा पढौ

आइतबारदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न सकिने

काठमाडौँ । निर्वाचन आयोगले आइतबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता सुरु गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएकामा सो उपनिर्वाचन सम्पन्न भई परिणामसमेत प्राप्त भइसकेकाले नियमित मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुरु गर्न लागिएको आयोगले जनाएको छ । कुनै व्यक्ति पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै जिल्लामा बसोबास गरिरहेको भए पनि निजले मतदाता… पुरा पढौ

नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्धः मन्त्री पौडेल

मंसिर १९ काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै यसका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताएका छन् । इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको बैठकमा सम्बोधन गर्दै मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपालले आगामी माघ २२ गतेदेखि दुई सातासम्म किशोरीहरुलाई खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । “यो खोप अभियान नेपालका लागि मात्र होइन सर्भाइकल क्यान्सर अन्त्यको वैश्विक रणनीतिमा महत्वपूर्ण उपलब्धि हुनेछ”, मन्त्री… पुरा पढौ

गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन पहल गरिनेछ : गृहमन्त्री लेखक

मंसिर १९ बारा । गृहमन्त्री रमेश लेखकले गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन सरकारले पहल गर्ने बताएका छन् । बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा पूजाअर्चना गर्दै गृहमन्त्री लेखकले विश्वप्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पु¥याएको उल्लेख गरे । उनले गढीमाई मन्दिरको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताए । गढीमाई मेलालाई व्यवस्थित बनाउन सुरक्षाको दृष्टिकोणले कुनै कसर बाँकी नराख्ने र यसका लागि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उनले बताए । गृहमन्त्री लेखकले मेलामा दर्शनार्थीको चाप बढी भएमा आवश्यक परेको… पुरा पढौ

प्रधानमन्त्री ओलीद्वारा नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह

मंसिर १९ चीन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका उनले बेइजिङमा आज आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानी वातावरण बन्दै गएको र धेरै क्षेत्र अझै पनि पर्याप्त लगानी भइनसकेकाले लगानीका लागि आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनमा उनले भने, “नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका काम भइरहेका… पुरा पढौ

पचास वर्षका लागि उपयुक्त शिक्षा नीति तय गर्नुपर्छ : सभापति देउवा

मंसिर १९ ललितपुर । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४० देखि ५० वर्षका लागि प्रभावकारी हुने शिक्षा नीति तय गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागद्वारा आज यहाँ आयोजित ‘शिक्षा नीति बहस’ विषयक कार्यक्रममा बोल्दै सभापति देउवाले शिक्षा र स्वास्थ्य पहिलो आवश्यकता भएको भन्दै नेपाललाई उच्च शिक्षाको गन्तव्य बनाउनुपर्ने बताए । “शिक्षा प्रणालीको गुणात्मक विकासदेखि विश्वविद्यालय तहसम्मको शिक्षालाई समयसापेक्ष र विश्वस्तरीय बनाइनु आवश्यक छ, सबै तह र क्षेत्रका उत्कृष्ट शिक्षा नीति तय गर्न यो बहस… पुरा पढौ

आर्थिक अभावमा पोखरामा १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेट खेलाउन रोकिदैन : खेलकुद मन्त्री चौधरी

पोखरा, मंसिर १९ युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आर्थिक अभावका कारण पोखरामा १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेट खेलाउन नरोकिने बताएका छन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानको निरीक्षणपछि पत्रकारसँग बोल्दै मन्त्री चौधरीले रकम अभावका कारण १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेट खेलाउन नपाईने हो कि भन्ने चिन्ता नलिन पोखरेलीलाई आग्रह गरे । १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेट सन २०२७ मा नेपाल र बंगलादेशले संयुक्त रुपमा आयोजना गर्दैछन् । प्रत्येक आयोजक राष्ट्रले कम्तिमा दुई वटा रंगशालामा खेल खेलाउनुपर्ने हुन्छ… पुरा पढौ

नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा आज सम्झौता भएको छ । बेइजिङमा आज भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका हुन । चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा रहेको तेस्रो दिन यो सम्झौता भएको हो । रासस पुरा पढौ