राजनीति

नवलपुरको नमूना सदरमुकाम निर्माणमा देखिएका समस्या समाधान गर्छु : उपप्रधानमन्त्री सिंह

मंसिर २९ नवलपरासी । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणमा देखिएका समस्या समाधान गर्ने विश्वास दिलाएका छन् । नवलपुरको कावासोतीमा जिल्ला समन्वय समिति नवलपुरले आज आयोजना गरेको नमूना सदरमुकाम निर्माणसम्बन्धी अन्तरक्रियामा मन्त्री सिंहले सदरमुकाम निर्माणका लागि बजेटको व्यवस्था भए पनि रूख कटानको विषयले गर्दा काम अघि बढ्न नसकेको भए पनि यसको गाँठो फुकाउन आफूले पहल गर्ने बताए । रूख कटानको विषय र भूमिको विषयमा सम्बन्धित मन्त्रीसँग समन्वय गरी सदरमुकाम निर्माणमा देखिएको प्राविधिक समस्या समाधानमा… पुरा पढौ

माओवादी केन्द्र रुपाको अध्यक्षमा खनाल

पोखरा । नेकपा माओवादी केन्द्र रुपा गाउँपालिकाको दोश्रो सम्मेलनले अध्यक्षमा उमाकान्त खनाल निर्वाचित भएका छन् । आज सम्पन्न सम्मेलनले खनालको अध्यक्षतामा २७ सदस्यीय नयाँ कमिटी चयन गरेको हो । कमिटिको उपाध्यक्षमा एस बहादुर गुरुङ, सचिवमा विश्व अधिकारी र कोषाध्यक्षमा प्रशान्त न्यौपाने चयन भएका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका महासचिव देबप्रसाद गुरुङ , पोलिटब्युरो सदस्य राजकाजी गुरुङ , केस गङ्गा पोख्रेल, जिल्ला संयोजक बिश्व प्रकाश लामिछाने , प्रदेश सचिबालयका निर्मला सुबेदी लगायतको उपस्थिती रहेको थियो । पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि राजदूत नियुक्त गरेका छन । नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरुलाई नियुक्त गरेका हुन। राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार प्रकाशमणि पौडेललाई गणतन्त्र पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको हो । रासस पुरा पढौ

विपद् व्यवस्थापनमा सहकार्य आवश्यक : गृहमन्त्री लेखक

मंसिर २७ काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले अपराध नियन्त्रण, कानुन कार्यान्वयन र विपद् व्यवस्थापनमा तीनै तहका सरकार समन्वयात्मक ढङ्गबाट अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । बाग्मती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज आयोजित ‘शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी अन्तरप्रदेशस्तरीय कार्यशाला गोष्ठी’मा उनले संविधानले दिएको जिम्मेवारी र दायित्व कार्यान्वयन गर्न मिलेर काम गर्नुपर्नेमा जोड दिए । “यी काम हामीले समन्वयात्मक ढङ्गले गर्न सक्यौ भने मात्रै उद्देश्य हासिल गर्न सक्छौँ”, उनले भने । गृहमन्त्री लेखकले संविधानतः सहकारिता, समन्वय र… पुरा पढौ

परराष्ट्रमन्त्री डा देउवासँग युरोपियन युनियनका उच्च अधिकारीको भेट

मंसिर २७ पोखरा । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्राले भेटवार्ता गरेकी छन् । बेल्जियमको ब्रसेल्समा आज भएको सो भेटका अवसरमा नेपाल–यूरोपियन यूनियन सम्बन्ध, नेपालको आर्थिक सामाजिक क्षेत्रमा युरोपियन युनियनले पु¥याउँदै आएको सहयोग र आगामी दिनमा निरन्तर रहने साझेदारिताका बारेमा कुराकानी भएको थियो । नेपाल र युरोपियन युनियनले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्ष मनाइरहेको बारेमा उनीहरुबीच कुराकानी भएको थियो । नेपाल र युरोपियन युनियनबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको… पुरा पढौ

औषधि विधेयक अन्तिम चरणमा छ : स्वास्थ्यमन्त्री पौडेल

मंसिर २७ काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले औषधि विधेयक अन्तिम चरणमा रहेको बताएका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘औषधिको उत्पादन, वितरण, गुणस्तर तथा मूल्यका सम्बन्धमा’ भएको छलफलमा उहाँले आगामी संसद् अधिवेशनमा औषधि विधेयक प्रस्ताव गर्ने गरी तयारी अन्तिम चरणमा रहेको बताए । उनले भने, “यो विधेयकमा औषधिका विभिन्न पाटोहरु छन् । उत्पादनको सन्दर्भमा हाल नेपालमा एक सय ७३ औषधि उद्योगले औषधी उत्पादन गरिरहेका छन् । ती उद्योगबाट करिब ५० प्रतिशत हाराहारीमा उत्पादन हुन्छ ।… पुरा पढौ

नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि विश्वसनीय र तटस्थस्थलको रूपमा स्थापित गर्न सकिन्छः प्रधानमन्त्री ओली

मंसिर २७ ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक विश्वसनीय र तटस्थ स्थलका रूपमा स्थापित गर्न सकिने बताएका छन् । अन्तर्राष्ट्रिय वैकल्पिक विवाद समाधान केन्द्रद्वारा आयोजित उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधान सम्मेलनमा उदघाटन गर्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विवाद समाधानका लागि आफूहरु प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्रीले नेपालको एडीआर प्रतिबद्धता र अन्तर्राष्ट्रिय कन्भेन्सनमा नेपालको सक्रियता उल्लेख गर्दै भने, “नेपालले न्यूयर्क कन्भेन्सन र सिङ्गापुर कन्भेन्सनमा हस्ताक्षर गरी एडीआरका मापदण्डमा आफ्नो प्रतिबद्धता प्रकट गरेको छ… पुरा पढौ

सय दिने अभियानका लागि कास्की काँग्रेसले खटायो प्रतिनिधि

पोखरा । नेपाली काँग्रेस कास्कीले कास्कीमा पार्टीको एक सय दिने विशेष अभियानका लागि प्रतिनिधि खटाएको छ । कास्की काँग्रेसले कास्कीका ७२ वटा इकाइमा संयोजक सहित प्रतिनिधि खटाएको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । सहसचिव एवं प्रवक्ता सिग्देलका अनुसार, अभियानका क्रममा गर्नुपर्ने कामका बारेमा सोमबार कार्यक्रम गरी अभिमुखीकरण गरिएको छ । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं अभियानका कास्की प्रतिनिधि गोविन्द भट्टराईले पार्टी विचार र सिद्वान्तले चल्ने बताए । काँग्रेसले मात्र देश र जनताको हितमा काम गर्ने उनको भनाइ… पुरा पढौ

सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : अध्यक्ष नेपाल

मंसिर २२ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारी कामकाजमा तथा कार्यालयमा स्वदेशमा उत्पादित वस्तुको प्रयोग अनिवार्य गर्नुपर्ने बताएका छन् । सोफा उत्पादक सङ्घको आज प्रथम साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष नेपालले स्वदेशी वस्तुलाई देशमा खपत गर्न सकेमा आयात प्रतिस्थापनमा सहयोग पुग्ने र विदेशिने अर्थतन्त्रलाई स्वदेशमै परिचालन गर्न सकिने बताए । रोजगारी तथा राष्ट्रिय उत्पादन वृद्धि गर्न सरकारले कृषि, पर्यटन तथा पूर्वाधारलगायत उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने उनको भनाई थियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले अन्तर्राष्ट्रिय बजारमा… पुरा पढौ

वर्तमान राजनीतिक समीकरण चलिरहन्छ : सभापति देउवा

मंसिर २२ विराटनगर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक स्थिरता र सुशासनका निम्ति बनेको वर्तमान सरकार निरन्तर अगाडि बढ्ने बताएका छन् । कांग्रेस कोशी ‘प्रथम प्रदेश सम्मेलन’ को आज विराटनगरमा उद्घाटन गर्दै उनले सम्झौताअनुसार नै यो सरकार अगाडि बढ्ने स्पष्ट पारेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट महत्त्वपूर्ण उलब्धि हासिल भएको चर्चा गर्दै उहाँले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिए । नेपालले ऋणको भार बढ्न नदिन विआरआई सम्झौताबाट विभिन्न परियोजनाका लागि चीन सरकारबाट अनुदान पाएको… पुरा पढौ