राजनीति

स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान गर्नेक्रम जारी

काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । हेटौँडा उपमहानगरपालिका– १२ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । मतदाता उत्साहका साथ भोट खसाल्न उक्त उपमहानगरपालिका–१२ स्थित प्रतिभा आधारभूत विद्यालय र विष्णुज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा लामबद्ध भएका छन् । सो वडामा आठ हजार ५३ मतदाता रहेका बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । गत निर्वाचनमा वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान मकवानपुर जिल्ला समन्वय समितिको प्रमुख भएपछि उक्त पद रिक्त भएको… पुरा पढौ

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्रीको भेट

मंसिर १५ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन् । राष्ट्रपतिभवन शीतलनिवास पुगेर आज साँझ प्रधानमन्त्री ओलीले भेट गरेका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए । राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिनुभएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । भेटमा प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री डा आरजु राणा देउवा पनि सहभागी थिइन् । परराष्ट्रमन्त्री देउवाले आफूले हालै गरेको चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका… पुरा पढौ

बिआरआई सबै पक्षको सहमतिमा कार्यान्वयन गरिन्छ : परराष्टमन्त्री डा देउवा

मंसिर १५ पोखरा । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सम्बद्ध सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने बताएकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ भनिन्, “बिआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ । हाल यसको कार्यान्वयन योजनाबारे छलफल जारी छ । यो नेपाल र चीनबीचको सहमति र समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिका आधारमा कार्यान्वयन हुनेछ… पुरा पढौ

स्थानीय तह उपनिर्वाचनः सम्पूर्ण तयारी पूरा

स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका सहसचिव नीता पोख्रेल अर्यालले जानकारी दिए… पुरा पढौ

काठमाण्डौंमा रविको बयान शुरु, अब आइतबार फेरि हुने

मंसिर १४ काठमाण्डौं । स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा अनुसन्धानका लागि काठमाडौँ ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग शुक्रबारबाट बयान लिन सुरु भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग ६ घन्टा बयान लिइएको हो । बयानका लागि बिहान साढे ९ बजे सरकारी वकिलको कार्यालय उपस्थित गराइएका लामिछानेलाई दिउँसो साढे तीन बजे जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा फर्काइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले बताए। कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन… पुरा पढौ

अनुसन्धानको दायरा तथा क्षेत्र विस्तार गर्न आवश्यक छ : मन्त्री भट्टराई

मंसिर १४ भैरहवा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बौद्ध शिक्षा र दर्शनको प्रवर्द्धन गरेर अनुसन्धानका दायरा तथा क्षेत्र विस्तार गर्नुपर्ने बताएकी छन् । विश्वविद्यालयका सहकुलपति समेत रहेकी मन्त्री भट्टराईले लुम्बिनी बौद्ध विश्वविद्यालयको २०औँ स्थापना दिवस तथा तेस्रो विशेष दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै अनुसन्धानमा आधारित शिक्षा नै प्रभावकारी हुने भएकाले त्यसतर्फ लाग्न आग्रह गरिन् । अनुसन्धानको दायरा तथा क्षेत्र विस्तार गर्न बौद्ध विश्वविद्यालयले विश्लेषणका आधारमा आवश्यक जनशक्ति तथा संस्थागत क्षमताको विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री भट्टराईले दक्षमतामा आधारित… पुरा पढौ

‘कांग्रेस विधि र विधानअनुसार पार्टी चल्नुपर्छ’ : उपप्रधानमन्त्री सिंह

मंसिर १४ तनहुँ । नेपाली कांग्रेसका नेता एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टी विधि र विधान अनुसार चल्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको स्वागत एवं भेटघाटमा उनले पार्टी विधि र विधानअनुसार नचल्दा समस्या हुने गरेको बताए । सहरी विकासमन्त्री समेत रहनुभएका सिंहले विधि र विधानअनुसार चलाउन सक्ने नेता वडा, टोल, प्रदेश, क्षेत्र, जिल्ला हुँदै केन्द्रसम्म आवश्यक रहेको बताए । उनले भने, “पार्टीभित्रका हरेक समस्या समाधान गर्दै पार्टीलाई बलियो बनाउनुको विकल्प छैन । पार्टीभित्र समस्या छन्, त्यस्ता… पुरा पढौ

स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि, के गर्न पाइँदैन ?

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ । स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधि यही मङ्सिर १३ गते राति १२ः०० बजेदेखि सुरु भएको आयोगले जनाएको छ । निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता,… पुरा पढौ

प्रधानमन्त्रीको चीन भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

मंसिर १३ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हुने चीन भ्रमणलाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर १७ देखि २० गतेसम्म प्रधानमन्त्री ओली नेतृत्वको चीन भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डले जानकारी दिए । “प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डाबारेमा थप छलफल जारी छ, ऐजेण्डा तय भइसकेको छैन, भ्रमण दल र प्रधानमन्त्रीको भ्रमण स्वीकृत भएको छ, भ्रमणमा निजी क्षेत्रको ठूलो उपस्थिति छ, तर निजी… पुरा पढौ

दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छः मन्त्री अधिकारी

मंसिर १३ काठमाण्डौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) सुधारको प्रारम्भिक खाका तयार भएको बताएका छन् । राष्ट्रिसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको आजको बैठकमा मन्त्रालयको बजेट वक्तव्य कार्यान्वयनको अवस्थाबारे जानकारी दिँदै मन्त्री अधिकारीले सरकारी स्वामित्वको डिडिसीको व्यवस्थापकीय सुधारको काम सुरु भएको बताए । “मन्त्रालय डिडिसीलाई सुधार गर्न लागिपरेको छ”, मन्त्री अधिकारीले भने, “मन्त्रालयअन्तर्गत समिति गठन गरेर यसलाई कुन ढङ्गबाट सञ्चालन गर्न सकिन्छ भनेर प्रारम्भिक खाका तयार गरेका छौँ ।” संस्थानको चालु खर्चमा ३०… पुरा पढौ