राजनीति

पोखरामा माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरीय परामर्श बैठक

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गण्डकी प्रदेशस्तरीय परामर्श बैठक आजदेखि पोखरामा सुरु भएको छ । यही भदौ १० गतेसम्म सञ्चालन हुने उक्त बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी सहभागी रहेका पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्निप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्तिबहादुर बस्नेत, दीननाथ शर्मालगायत पार्टीका पदाधिकारीको… पुरा पढौ

‘बालअधिकार संरक्षणमा सरकार प्रतिबद्ध छ’:शिक्षामन्त्री भट्टराई

मध्यविन्दु । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बालबालिकाहरूको समग्र विकास र संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा आज आयोजित ‘बालिका अधिकार संरक्षणमा सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री भट्टराईले अधिकार स्थापित गर्न गुणस्तरीय शिक्षा आवश्यक पर्ने भएकाले राज्यका तर्फबाट निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्य सुरु गरिएको बताए । “विद्यालयमा खुवाउने गरेको दिवाखाजाको गुणस्तरीयता र पोषणका लागि स्थानीय सरकार, विद्यालय र समुदायसँग मिलेर काम गरिने छ”, उनले भने, “परम्परागत र स्थानीय खाद्य सामग्रीको… पुरा पढौ

सरकारसँग आस गर्नुहोस्, भर पनि पर्नुहोस् : प्रधानमन्त्री

भदौ ८ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारसँग देश विकासको आशा गर्न र भर पनि पर्न आग्रह गरेका छन् । फिनिक्स कलेज र युनिभर्सल कलेजद्वारा आज आयोजित ‘काठमाडौँ युथ कन्क्लेभ २०२४’ मा युवा सहभागीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यो सरकार केही गर्ने र परिवर्तन ल्याइछाड्ने सङ्कल्पका साथ आएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले युवा सचेत नभएसम्म सोचे जसरी देशमा विकासको गति अघि बढाउन नसकिने उल्लेख गर्दै युवा नै देश निर्माणका सम्पूर्ण शक्ति भएको बताए । अनुकूल… पुरा पढौ

नेपाली समाज मर्यादित समाज हो, अश्लिलता फैलाउन सम्भव छैनः प्रधानमन्त्री ओली

भदौ ८ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज मर्यादित समाज भएकाले अश्लिलता र सामाजिक घृणा फैलाउन सम्भव नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापा–काठमाडौँ सम्पर्क मञ्चद्वारा तीजका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल फरक कला, संस्कृति र सभ्यताको देश भएकाले यहाँ अश्लिलता फैलाउन सम्भव नहुने बताएका हुन् । “हामीले एकापसमा घृणा फैलाउने होइन, परस्पर माया फैलाउनुुपर्छ । देश, समाज, परिवार र आफैँलाई माया गर्नुपर्छ,” प्रधानमन्त्रीले भने, “मायाले निद्रा र थकाइ बिर्साउँछ । दिदीबहिनी र दाजुुभाइमा… पुरा पढौ

सबै वामपन्थी एवम् माओवादी शक्तिहरू एक ठाउँमा आउनेगरी वार्ता चलिरहेको छः अध्यक्ष प्रचण्ड

भदौ ८ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आन्दोलनबाट फुटेर गएका सबै शक्ति एकै ठाउँमा आउने विश्वास व्यक्त गरेका छन् । नुवाकोट काठमाडौँ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै वामपन्थी एवम् समाजवादी र विगतमा फुटेर गएका माओवादी शक्तिहरू एक ठाउँमा आउनेगरी निरन्तर एकता वार्ता चलिराखेको बताए । उनले यसको परिणाम छिट्टै आउने दाबीसमेत गरे । अध्यक्ष प्रचण्डले पार्टीका सबै तह र तप्काले सार्थक प्रयास गरेमा २०६४ सालमा जस्तै… पुरा पढौ

अखिल क्रान्तिकारी पोखरा महानगरमा थापा मगर

पोखरा । अखिल क्रान्तिकारी पोखरा महानगरको अध्यक्षमा मिराज थापा मगर चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न प्रथम ऐतिहासिक सम्मेलनबाट थापा मगरको अध्यक्षतामा ३५ कार्यसमिति चयन भएको हो । यस्तै उपाध्यक्षमा दीपेश ढकाल, सचिवमा विशाल पुरी, सह–सचिव विद्या उपाध्याय, प्रभात सुनार, कोषाध्यक्षमा पूजा थापा मगर चयन भएका छन् । यस्तै छात्रा विभागमा रोशनी गिरी, अनुशासन विभाग सुवास अधिकारी र संस्कृति विभागमा साजन परियारलाई चयन गरिएको संयोजक मनिष तामाङले जानकारी दिए । पुरा पढौ

व्यवसायमा गुणस्तरका लागि स्वच्छ प्रतिष्पर्धा हुनुपर्छ : अधिकारी

भदौ ८ पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले व्यवसायमा गुणस्तरका लागि स्वच्छ प्रतिष्पर्धा हुनुपर्ने बताएका छन् । शनिबार पोखरामा फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घ कास्कीले आयोजना गरेको वार्षिक साधारण सभा एवम् १२ औँ अधिवेशनको उद्घाटन गर्दै उनले व्यवसायमा अस्वस्थ प्रतिष्पर्धा भने गर्न नहुनेमा सचेत गराए ।‘व्यवसायमा गुणस्तरका लागि स्वच्छ प्रतिष्पर्धा हुनुपर्छ, अस्वस्थ प्रतिष्पर्धा गर्नुहुँदैन’ उनले भने । स्वदेशी उत्पादनको उपयोगमा जोड दिएका उनले त्यसको प्रयोग गर्नको लागि ऐन नियमावली मार्फत परेका समस्या फुकाउन… पुरा पढौ

मन्त्रिपरिषद् निर्णय सार्वजनिक, द्रुतमार्गको जग्गा प्राप्ति गर्न स्वीकृति

भदौ ७ काठमाण्डौं । सरकारले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाका लागि मकवानपुर जिल्लामा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोजनाका लागि करिब ३३ हजार नौ सय ७५ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सरकारले नेपाल आयल निगम लिमिटेडलाई जितपुर सिमरा उपमहानगरपालिकामा करिब पाँच बिघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ । बैठकले ललितपुर महानगरपालिकालाई गणतन्त्र… पुरा पढौ

गण्डकी प्रदेश : कांग्रेस–एमाले सत्ता सहकार्यमा अझै सहमति जुटेन

गण्डकी । गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्यमा ढिलाइ भइरहेको छ । नयाँ सत्ता समीकरण अनुसार सङ्घ सरकार गठन भएको डेढ महिना बितिसक्दा यहाँ भने सत्ता गठबन्धनको मुख्य घटक एमाले सरकारबाहिर छ । सत्ता साझेदारीका विषयमा पटकपटक गरिएका छलफल निष्कर्षविहीन भएका दुवै दलका नेताले जनाएका छन् । कांग्रेसका प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले दलहरुबीच मन्त्रालयको बाँडफाँटमा सहमति जुट्न बाँकी रहेको बताए। “मुख्यमन्त्री र एमाले संसदीय दलका नेताबीच र दुवैतर्फको कार्यदलस्तरमा छलफल भइरहेको छ”, उनले भने, “छिट्टै सहमति जुट्ने… पुरा पढौ

शान्ति प्रक्रियाको जग:सिक्लेस

गण्डकी । “तुल, ब्यानर र झण्डाले गाउँ नै राताम्मे थियो, तत्कालीन जनमुक्ति सेनाले पहरा दिएको थियो”, शिक्षक गेहेन्द्र गुरुङले विगत सम्झँदै भने, “सिक्लेस गाउँमा माओवादी शीर्षनेता शिविरमा बसेका थिए ।” यो विसं २०६३ जेठको अन्तिम साताको कुरा हो । कास्कीको उत्तरपूर्वी गाउँ सिक्लेसमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को केन्द्रीय प्रशिक्षण चलिरहेको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराईलगायत उच्च तहका नेताहरु प्रशिक्षणमा सहभागी थिए । “अध्यक्ष दाहाललगायत नेताहरू अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको भवनमा बसेका थिए, अन्य नेता, कार्यकतासहित… पुरा पढौ