पोखरा, असोज ३ नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुषालले गणतन्त्र नरुचाउने शासकलाई संविधानले पोलिरहेको टिप्पणी गरेकी छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को प्रथम अधिवेशनलाई विहीबार पोखरामा संबोधन गर्दै उनले गणतन्त्रमा गणतन्त्रकै विरोधी शासक बन्दा संविधानले पोलिरहेको बताएकी हुन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ईंगित गर्दै उनले भनिन्,‘वयलगाडा चढेर अमेरिका पुगिन्छ ? गणतन्त्र आउँदैन । भन्नेहरु अहिले गणतन्त्रको शासक बन्दा त्यो संविधानले पोलिराखेको छ । त्यसमा लेखिएका गणतन्त्र, संघीयता, समावेशी, समानुपातिकलगायतका अधिकारहरु नरुचाउनेलाई संविधानले पोलिराखेको छ…
पुरा पढौ